नहेम्याह 2:10

अनलक शाब्दिक बाइबल

कसैले इस्राएलीहरूलाई मदत गर्न खोज्दै छ भनी जब होरोनी सन्बलत र अम्मोनी अधिकारी तोबियाले यो सुने, तिनीहरू निकै बेखुसी भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 2:19 : 19 तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, “तिमीहरू के गर्दै छौ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ?”
  • नहे 4:7 : 7 तर यरूशलेमका पर्खालहरू मर्मत गर्ने काम अगाडि बढिरहेको थियो र पर्खालमा भत्किएका भागहरू टालिँदै थिए भनी जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदीहरूले सुने तिनीहरू रिसले आगो भए ।
  • नहे 6:1 : 1 ¶ मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको र टाल्नुपर्ने कुनै भाग नरहेको कुरो कुरो सन्बलत, तोबिया र अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने, यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ ।
  • नहे 13:4 : 4 अब योभन्दा पहिले पुजारी एल्यासीब हाम्रा परमेश्‍वरको मन्दिरका भण्डार-कोठाहरूका जिम्मावाल नियुक्त भएका थिए । तिनको तोबियासित सम्बन्ध थियो ।
  • नहे 4:1-3 : 1 ¶ हामीले पर्खाल निर्माण गरिरहेका थियौँ भनी जब सन्बलतले सुने तिनी डाहले जले र अत्यन्तै क्रोधित भए, अनि यहूदीहरूको खिसी गरे । 2 तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, “यी निर्बल यहूदीहरू के गर्दै छन्? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन्? के तिनीहरूले बलिदानहरू चढाउने छन्? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन्? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन्? 3 तिनीसँगै भएका अम्मोनी तोबियाले भने, “तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने छ!”
  • नीति 27:4 : 4 झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र?
  • यहे 25:6-8 : 6 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ । 7 यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' । 8 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्‍तै छ ।”
  • प्रेरि 19:26-27 : 26 तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ । 27 त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”
  • मीका 7:9-9 : 9 मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु । 10 अनि मेरो शत्रुले त्यो देख्‍नेछ, र “परमप्रभु तेरो परमेश्‍वर कहाँ छ?” भनेर भन्‍नेलाई शर्मले ढाक्‍नेछ । मेरा आँखाले त्यसलाई हेर्नेछन् । सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे ।
  • मीका 7:16-17 : 16 जाति-जातिहरूले यो देख्‍नेछन् र आफ्ना शक्तिमाथि लज्‍जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् । 17 तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।
  • प्रेरि 4:2 : 2 पत्रुस र यूहन्‍नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो ।
  • प्रेरि 5:24 : 24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे ।
  • नीति 30:22 : 22 राजा भएको नोकर, खानाले टन्‍न अघाएको मूर्ख,
  • उप 10:7 : 7 मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
  • यशा 15:5 : 5 मेरो मनले मोआबको निम्ति पुकारा गर्छ । त्यसका भगौडाहरू सोअर र एग्लत-शलीशियाहतिर भाग्‍छन् । तिनीहरू लूहीतको उकालोमा रुँदै जान्छन् । आफ्‍नो विनाशको निम्‍ति होरोनैमको बाटोमा तिनीहरू ठुलो सोरमा विलाप गर्छन् ।
  • यिर्मि 48:5 : 5 तिनीहरू रुँदै लूहीतको डाँडामा जान्छन्, किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्दन सुनिन्छ ।
  • यिर्मि 48:34 : 34 तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।
  • गिन 22:3-4 : 3 मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो । 4 मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने, “यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन् ।” यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए ।
  • एज्रा 4:4-9 : 4 त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए । 5 यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे । 6 तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे । 7 अर्तासास्तको शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्‍त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो । 8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे । 9 रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे, 10 र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले । 11 तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्: 12 हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् । 13 यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस् । 14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं, 15 जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो । 16 यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।” 17 त्यसैले राजाले सामरियामा बस्‍ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने बाँकी सबैलाई एउटा जवाफ पठाए, “तिमीहरूलाई शान्ति होस् । 18 तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो र मेरो सामु पढियो । 19 त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो । 20 शक्तिशाली राजाहरूले यरूशलेममा राज्‍य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन् । तिनीहरूलाई करहरू र महसुलहरू तिरिएका रहेछन् । 21 अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्‍नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू । 22 यसलाई बेवास्ता नगर्न होसियार हुनु । यस खतरालाई बढ्न दिने र राजकीय हितको बढी क्षति हुन किन दिने? 23 जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्‍तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्‍न लगाए ।
  • भजन 112:10 : 10 दुष्‍ट व्यक्‍तिले यो देख्‍नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्‍ट मानिसहरूका इच्‍छा नष्‍ट हुनेछ ।
  • भजन 122:6-9 : 6 यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् । 7 तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।” 8 मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्‍नेछु, “तँभित्र शान्ति होस् ।” 9 परमप्रभु हाम्रा परमेश्‍वरको मन्‍दिरको खातिर, म तेरो भलाइ खोज्‍नेछु ।
  • नहे 13:1 : 1 ¶ त्यस दिन तिनीहरूले मानिसहरूले सुन्‍ने गरी मोशाको व्यवस्था पढे । कुनै अम्मोनी वा मोआबी कहिल्यै पनि परमेश्‍वरको सभामा आउनुहुँदैन भनी त्यसमा लेखिएको भेट्टाइयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 4:6-8
    3 पदहरू
    83%

    6यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्‍यौँ, किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो ।

    7तर यरूशलेमका पर्खालहरू मर्मत गर्ने काम अगाडि बढिरहेको थियो र पर्खालमा भत्किएका भागहरू टालिँदै थिए भनी जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदीहरूले सुने तिनीहरू रिसले आगो भए ।

    8तिनीहरू सबै मिलेर षड्यन्त्र रचे, र तिनीहरू यरूशलेमको विरुद्धमा र यसमा भ्रम उत्पन्‍न गर्न आए ।

  • नहे 2:16-20
    5 पदहरू
    82%

    16म कहाँ गएँ र मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्‍ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ ।

    17मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।”

    18मेरा परमेश्‍वरको असल हात ममाथि र राजाले मलाई भन्‍नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ । तिनीहरूले भने, “उठौँ, र निर्माण गरौँ ।” त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे ।

    19तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, “तिमीहरू के गर्दै छौ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ?”

    20तब मैले तिनीहरूलाई जवाफ दिएँ, “स्वर्गका परमेश्‍वरल हामीलाई सफलता दिनुहुने छ । हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्ने छौँ र निर्माणको काम गर्ने छौँ । तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन ।”

  • नहे 6:1-6
    6 पदहरू
    80%

    1¶ मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको र टाल्नुपर्ने कुनै भाग नरहेको कुरो कुरो सन्बलत, तोबिया र अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने, यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ ।

    2सन्बलत र गेशेमले मलाई यसो भनी खबर पठाए, “आऊ, हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ ।” तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए ।

    3मैले यसो भनी तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ, “मैले महान् काम गरिरहेकोले म आउन सक्दिनँ । मैले काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?”

    4तिनीहरूले मकहाँ उही खबर चार पटक पठाए, र मैले प्रत्येक पटक तिनीहरूलाई उही जवाफ दिएँ ।

    5उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए, जसको हातमा खोलिएको चिट्ठी थियो ।

    6त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ । त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ । तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन् ।

  • नहे 4:1-4
    4 पदहरू
    79%

    1¶ हामीले पर्खाल निर्माण गरिरहेका थियौँ भनी जब सन्बलतले सुने तिनी डाहले जले र अत्यन्तै क्रोधित भए, अनि यहूदीहरूको खिसी गरे ।

    2तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, “यी निर्बल यहूदीहरू के गर्दै छन्? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन्? के तिनीहरूले बलिदानहरू चढाउने छन्? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन्? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन्?

    3तिनीसँगै भएका अम्मोनी तोबियाले भने, “तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने छ!”

    4हे हाम्रा परमेश्‍वर, सुन्‍नुहोस्, किनकि हामीलाई अपमान गरिएको छ । तिनीहरूका गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र तिनीहरू कैदीहरूको देशमा लुटका माल बनून् ।

  • 11यसरी म यरूशलेम आइपुगेँ, र त्यहाँ दिन रहेँ ।

  • नहे 13:7-8
    2 पदहरू
    75%

    7र म यरूशलेम फर्कें । परमेश्‍वरको मन्दिरका चोकहरूमा एल्यासीबले तोबियालाई भण्डार-कोठा दिएर तिनले गरेको दुष्‍टतालाई मैले बुझेँ ।

    8म सार्‍हैँ रिसाएँ, र मैले भण्डार-कोठाबाट तोबियाका सबै सरसामानहरू फालिदिएँ ।

  • नहे 6:12-14
    3 पदहरू
    75%

    12परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ । तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए ।

    13तिनले भनेझैँ गरेर पाप गर्न र मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे ।

    14हे मेरा परमेश्‍वर, तोबिया र सन्बलत अनि तिनीहरूले गरेका सबै कामलाई सम्झनुहोस् । साथै, मलाई डराउन खोज्ने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झनुहोस् ।

  • 9म यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ आइपुगेँ, र तिनीहरूलाई राजाका चिट्ठीहरू दिएँ । राजाले मसँगै सेनाका अधिकृतहरू र घोडचढीहरू पठाएका थिए ।

  • नहे 1:2-4
    3 पदहरू
    75%

    2मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ ।

    3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”

    4मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।

  • 1¶ यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।

  • एज्रा 5:3-4
    2 पदहरू
    73%

    3तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, “यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो?”

    4तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन्?”

  • नहे 6:16-17
    2 पदहरू
    72%

    16जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्‍वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो ।

    17यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिट्ठीहरू पठाए, र तोबियाका चिट्ठीहरू पनि तिनीहरूकहाँ आए ।

  • 15जब हामीले हाम्रा शत्रुहरूका योजनाहरू थाहा पायौँ र परमेश्‍वरले तिनीहरूका योजनाहरू विफल पारिदिनुभयो भनी तिनीहरूले सुने, हामी सबै आ-आफ्नो काम गर्न पर्खालमा फर्क्यौं ।

  • 19तिनीहरूले तिनका असल कार्यहरू पनि मलाई बताए, र मेरा कामहरू तिनलाई बताइदिए ।

  • 2त्यसैले राजाले मलाई सोध्‍नुभयो, “तिम्रो अनुसार किन यति उदास छ? तिमी बिरामीजस्तो त देखिँदैनौँ । यो ह्रदयको उदासी हुनुपर्छ ।” तब म सार्‍है डराएँ ।

  • नहे 4:11-12
    2 पदहरू
    71%

    11हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउनुअगि र तिनीहरूले देख्‍नुअगि तिनीहरूका बिचमा आएर तिनीहरूलाई मारी काम रोकिदिन्छौँ ।”

    12त्यस बेला तिनीहरूको नजिक बस्‍ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए ।

  • 28हे मेरा परमेश्‍वर, तिनीहरूलाई सम्झनुहोस्, किनकि तिनीहरूले पुजारीको पद, यसको करार र लेवीहरूलाई दुषित पारेका छन् ।

  • एज्रा 4:12-13
    2 पदहरू
    71%

    12हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् ।

    13यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस् ।

  • 4अब योभन्दा पहिले पुजारी एल्यासीब हाम्रा परमेश्‍वरको मन्दिरका भण्डार-कोठाहरूका जिम्मावाल नियुक्त भएका थिए । तिनको तोबियासित सम्बन्ध थियो ।

  • 6जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म सार्‍है रिसाएँ ।

  • 7तब मैले राजालाई भनेँ, “राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिट्ठीहरू पठाइऊन् ताकि म यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन् ।

  • 2तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।

  • 8हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।

  • 10म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए । तिनले भने, “हामी परमेश्‍वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन् । तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् ।”

  • 22बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'

  • 7तिनीहरूपछि गिबोनी मलत्याह र मेरोनोती यादान जो गोबिन र मिस्पाका मानिसहरू थिए, तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल बस्‍ने ठाउँ मर्मत गरे ।

  • 15सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।