नहेम्याह 3:16

अनलक शाब्दिक बाइबल

बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदको चिहानको सामुन्‍ने भाग, कृत्रिम तलाउ र वीरहरूको घरसम्म मर्मत गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 20:20 : 20 हिजकियाका सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनका सबै शक्ति र कसरी तिनले पोखरी र सुरुङ बनाए अनि सहरमा पानी ल्याए भन्‍ने बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
  • प्रेरि 2:29 : 29 हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु∶ तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।
  • यहो 15:58 : 58 हलहूल, बेथ-सर, गदोर,
  • यशा 7:3 : 3 तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा ।
  • यशा 22:11 : 11 तिमीहरूले पुरानो पानीलो तलाउको निम्ति पर्खालहरूको बिचमा एउटा जलाशय बनायौ । तर तिमीहरूले सहरको निर्माणकर्तालाई विचार गरेनौ, जसले धेरै पहिले नै यसको योजना गर्नुभएको थियो ।
  • नहे 3:9 : 9 तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे । तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए ।
  • नहे 3:12 : 12 तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे ।
  • नहे 3:14 : 14 बेथ-हेक्‍केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
  • श्रेष्ठ 3:7 : 7 हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ । इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन् ।
  • १ इति 2:45 : 45 शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए ।
  • २ इति 11:7 : 7 बेथ सर, सोखो, अदुल्‍लाम,
  • २ इति 12:10-11 : 10 रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कमाण्‍डरहरूका जिम्‍मामा दिए । 11 जब राजा परमप्रभुको मन्‍दिरभित्र पस्‍थे, तब रक्षकहरू ती बोक्थे । अनि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती फर्काउँथे ।
  • २ इति 16:14 : 14 तिनको आफ्‍नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति खन्‍न लगाएका थिए । उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्‍न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो । अनि तिनीहरूले उनको सम्‍झनामा एउटा ठूलो आगो बाले ।
  • १ राजा 14:27-28 : 27 राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए, र राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए । 28 राजा परमप्रभुको मन्दिरमा प्रवेश गर्दा ती रक्षकहरूले ती ढालहरू बोक्थे । त्यसपछि तिनीहरूले ती रक्षक कोठामा ल्याएर राख्ने गर्थे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 3:17-32
    16 पदहरू
    83%

    17तिनीपछि बानीका छोरा रेहूमलगायत लेवीहरूले मर्मत गरे, तिनीपछि कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको मर्मत गरे ।

    18तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्‍नूईलगायत तिनीहरूका जनताले मर्मत गरे ।

    19तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्‍नेको भाग थियो ।

    20तिनीपछि जब्बैका छोरा बारूकले समर्पित भएर अर्को भाग अर्थात् प्रधान पुजारी एल्यासीबको घरको ढोकाको पर्खालको कुनासम्म मर्मत गरे ।

    21तिनीपछि उरियाहका चोरा, हक्‍कोसका नाति मरेमोतले अर्को भाग अर्थात् एल्यासीबको घरको कुनादेखि तिनको घरको कुनासम्म मर्मत गरे ।

    22तिनीपछि पुजारीहरू, यरूशलेम वरिपरिको क्षेत्रका मानिसहरूले मर्मत गरे ।

    23तिनीहरूपछि बेन्यामीन र हश्शूबले तिनीहरूको आफ्नै घरको सामुन्‍नेको भाग मर्मत गरे । तिनीहरूपछि मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नै घरको छेउ मर्मत गरे ।

    24तिनीपछि हेनादादका छोरा बिन्‍नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे ।

    25उज्‍जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्‍ने मर्मत गरे ।

    26ओफेलमा बसिरहेका मन्दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्‍नेको ठाउँसम्म मर्मत गरे ।

    27तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे ।

    28पुजारीहरूले अश्‍व ढोकामाथि आ-आफ्नो घरको सामुन्‍ने मर्मत गरे ।

    29तिनीहरूपछि इम्मेरका छोरा सादोकले आफ्नै घरको सामुको भाग मर्मत गरे । तिनीपछि द्वारपाल शकन्याहका छोरा शमायाहले पूर्वी ढोका मर्मत गरे ।

    30तिनीपछि शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे सन्तान हानूनले अर्को भाग मर्मत गरे । तिनीपछि बेरेक्याहका छोरा मशुल्लामले आफ्नो बासस्थानको सामु मर्मत गरे ।

    31तिनीपछि एक जना सुनार मल्कियाहले निरीक्षण ढोका सामुन्‍नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाको माथिपट्टिको कोठासम्म मर्मत गरे ।

    32सुनारहरू र व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा र भेडा ढोकाको बिच भाग मर्मत गरे ।

  • नहे 3:1-15
    15 पदहरू
    81%

    1¶ तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे ।

    2तिनीपछि यरीहोका मानिसहरूले काम गरे, र तिनीहरूपछि इम्रीका छोरा जक्‍कूरले काम गरे ।

    3हस्सेननाका छोराहरूले माछा ढोका बनाए । तिनीहरूले यसका लागि सत्तरीहरू बनाई यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।

    4मरेमोतले अर्को भाग मर्मत गरे । तिनी उरियाहका छोर, हक्‍कोसका नाति थिए । तिनीहरूपछि मशुल्लामले अर्को भाग मर्मत गरे । तिनी बेरेक्याहका छोर, मशेजेबेलका नाति थिए । तिनीहरूपछि सादोकले मर्मतको काम गरे । तिनी बानाका छोरा थिए ।

    5तिनीहरूपछि तकोका बासिन्दाहरूले मर्मत गरे, तर तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको काम गर्न तिनीहरूका अगुवाहरूले इन्कार गरे ।

    6पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे । तिनीहरूले यसका लागि सत्तरीहरू, यसका द्वारहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।

    7तिनीहरूपछि गिबोनी मलत्याह र मेरोनोती यादान जो गोबिन र मिस्पाका मानिसहरू थिए, तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल बस्‍ने ठाउँ मर्मत गरे ।

    8तिनीपछि एक जना सुनार हरयाहका छोरा उज्‍जीएलले मर्मत गरे, र तिनीपछि अत्तर बनाउने हनन्याहले मर्मत गरे । तिनीहरूले चौडा ढोकासम्म यरूशलेमको पुनर्निर्माण गरे ।

    9तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे । तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए ।

    10तिनीहरूपछि हरूमापका छोरा यदायाहले आफ्नो घरसित जोडिएको भाग मर्मत गरे । तिनीपछि हशबन्याहका छोरा हत्तूशले मर्मत गरे ।

    11हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे ।

    12तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे ।

    13हानून र जानोहका बासिन्दाहरूले बेँसी ढोका मर्मत गरे । तिनीहरूले यसको पुनर्निर्माण गरी यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे ।

    14बेथ-हेक्‍केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।

    15मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले फुहारा ढोका मर्मत गरे । तिनले यसको निर्माण गरी यसमाथि छाना लगाए, र यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनले राजाको बगैँचानेर भएको सिलोआमको तलाउको पर्खालसाथै दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्मै पुनर्निर्माण गरे ।

  • 14त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्‍चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्‍डरहरू पनि खटाइदिए ।

  • नहे 12:37-39
    3 पदहरू
    71%

    37तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सिधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए ।

    38धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,

    39र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेडा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अडिए ।

  • 9तिमीहरूले दाऊदका सहरका प्‍वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्‍लो तलाउबाट पानी जम्‍मा गर्‍यौ ।

  • 5हिजकियाले साहस गरे र भत्किएका सबै पर्खालको निर्माण गरे । तिनले धरहराहरू अग्‍लो बनाए, र बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे । दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे, र तिनले ठुलो सङ्‍ख्‍यामा हातहतियार र ढालहरू बनाए ।

  • 26तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।

  • 16त्यस समयदेखि मेरा आधा सेवकहरूले केवल पर्खाल पुनर्निर्माण गर्थे भने आधा बाँकी सेवकहरू भाला, ढाल, धनुर्बाण र झिलम लाएर बस्थे । अगुवाहरूचाहिँ यहूदाका सबै मानिसहरूको पछाडि बस्थे ।

  • नहे 1:1-2
    2 पदहरू
    69%

    1¶ हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा,

    2मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ ।

  • 15त्यसैले त्यस रात म उपत्यका भएर गएँ, र पर्खालको निरीक्षण गरेँ, अनि म फर्केर बेँसी ढोकाबाट भित्र प्रवेश गरेँ । यसरी म फर्किएँ ।

  • 33अनि अजर्याह, एज्रा, मशुल्लाम,

  • 3तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।

  • 6यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्‍यौँ, किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो ।

  • 1¶ सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्‍याहका छोरा राज्‍यपाल नहेम्‍याह, सिदकियाह,

  • 3तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, “यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो?”

  • 6मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”

  • 12अनि डकर्मीहरू र ढुङ्गा काट्नेहरू, परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाइएका ढुङ्गाहरू किन्‍नलाई र मन्दिरको पुनर्निर्माणको लागि आवश्‍यक सबै खर्च गर्नलाई त्‍यो लिएर तिर्थे ।

  • 4यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्: फारेसको परिवारका अतायाह, जो उज्‍जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्‍याहका छोरा, जो महलालेलका छोरा थिए ।