नहेम्याह 4:22

अनलक शाब्दिक बाइबल

त्यस बेला मानिसहरूलाई मैले यो पनि भनेँ, “रातमा हाम्रा लागि पहरा दिन र दिनमा काम गर्न हरेक मानिस र त्यसको सेवकले यरूशलेमको बिचमा रात बिताओस् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 11:1-2 : 1 ¶ मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे । 2 तब राजीखुसीले यरूशलेममा बस्‍ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 23न मैले, न मेरा दाजुभाइहरूले, न मेरा सेवकहरूले, न मलाई पछ्याउने पहरेदारहरूले आफ्ना लुगाहरू बद्‌लियौँ । पानी पिउन जाँदा पनि हरेकले आ-आफ्नो तरवार बोक्थ्यो ।

  • नहे 4:8-21
    14 पदहरू
    82%

    8तिनीहरू सबै मिलेर षड्यन्त्र रचे, र तिनीहरू यरूशलेमको विरुद्धमा र यसमा भ्रम उत्पन्‍न गर्न आए ।

    9तर हामीले हाम्रा परमेश्‍वरलाई प्रार्थना चढायौँ, र तिनीहरूको धम्कीको कारणले दिनरात तिनीहरूको विरुद्धमा सुरक्षा दिने पहरेदार राख्यौँ ।

    10तब यहूदाका मानिसहरूले भने, “भारी बोक्‍नेहरूको ताकत घट्दै छ । कसिङ्गरहरू थुप्रै छन्, र हामी पर्खाल पुनर्निर्माण गर्न सक्दैनौँ ।”

    11हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउनुअगि र तिनीहरूले देख्‍नुअगि तिनीहरूका बिचमा आएर तिनीहरूलाई मारी काम रोकिदिन्छौँ ।”

    12त्यस बेला तिनीहरूको नजिक बस्‍ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए ।

    13त्यसैले मैले खुल्ला क्षेत्रहरूमा पर्खालका सबैभन्दा तल्लो भू-भागहरूमा मानिसहरूलाई बसाएँ । मैले हरेक परिवारलाई आ-आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍न लगाएँ ।

    14तब मैले हेरेँ, र खडा भएर अधिकारीहरू, शासकहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिनीहरूदेखि नडराओ । प्रभुलाई सम्झनुहोस् जो महान् र भययोग्य हुनुहुन्छ । आ-आफ्ना परिवाहरू, छोराछोरीहरू, पत्‍नीहरू र घरहरूका लागि लड्नुहोस् ।”

    15जब हामीले हाम्रा शत्रुहरूका योजनाहरू थाहा पायौँ र परमेश्‍वरले तिनीहरूका योजनाहरू विफल पारिदिनुभयो भनी तिनीहरूले सुने, हामी सबै आ-आफ्नो काम गर्न पर्खालमा फर्क्यौं ।

    16त्यस समयदेखि मेरा आधा सेवकहरूले केवल पर्खाल पुनर्निर्माण गर्थे भने आधा बाँकी सेवकहरू भाला, ढाल, धनुर्बाण र झिलम लाएर बस्थे । अगुवाहरूचाहिँ यहूदाका सबै मानिसहरूको पछाडि बस्थे ।

    17पर्खालको निर्माण गरिरहेका र भारी बोकिरहेका उही मजदुरहरूले पनि आ-आफैलाई सुरक्षा दिइरहेका हुन्थे । हरेकले एउटा हातले काम गर्थ्यो भने अर्को हातले आफ्नो हतियार समाउँथ्यो ।

    18हरेक निर्माणकर्ताले आफ्नो तरवार भिरेर काम गर्थ्यो । तुरही बजाउनेचाहिँ मेरो छेउमा बस्थ्यो ।

    19मैले अगुवाहरू, अधिकारीहरू र बाँकी मानिसहरूलाई भने, “काम विशाल र बृहत् छ, अनि हामी पर्खालमा एक-अर्कादेखि छुट्टिएका छौँ ।

    20तिमीहरूले जहाँबाट तुरही बजेको सुन्छौ त्यहीँ भेला हतार गर । हाम्रा परमेश्‍वर हाम्रो पक्षमा लड्नुहुने छ ।”

    21यसरी हामीले काम गर्दै थियौँ । आधा मानिसहरूले सूर्योदयदेखि सूर्यास्तसम्म तरवार भिर्दै थिए ।

  • 3मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्‍नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्‍ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू ।”

  • 16मैले पर्खालको कामलाई पनि जारी राखेँ, र कुनै जग्गा जमिन किनिनँ, अनि मेरा सबै सेवक कामको लागि त्यहाँ जम्मा हुन्थे ।

  • 16हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन र रात दुवै समयमा पर्खाल नै भएका थिए ।

  • 6यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्‍यौँ, किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो ।

  • नहे 2:15-18
    4 पदहरू
    73%

    15त्यसैले त्यस रात म उपत्यका भएर गएँ, र पर्खालको निरीक्षण गरेँ, अनि म फर्केर बेँसी ढोकाबाट भित्र प्रवेश गरेँ । यसरी म फर्किएँ ।

    16म कहाँ गएँ र मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्‍ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ ।

    17मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।”

    18मेरा परमेश्‍वरको असल हात ममाथि र राजाले मलाई भन्‍नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ । तिनीहरूले भने, “उठौँ, र निर्माण गरौँ ।” त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे ।

  • नहे 13:19-22
    4 पदहरू
    73%

    19शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ ।

    20सबै किसिमका सामान ल्याउने र बेच्नेहरूले एक-दुई पटक यरूशलेमबाहिरै छाउनी हाले ।

    21तर मैले तिनीहरूलाई चेताउनी दिएँ, “तपाईंहरू किन पर्खालबाहिर छाउनी हाल्नुहुन्छ? तपाईंहरूले फेरि यसो गर्नुभयो भने म तपाईंहरूलाई कारबाही गर्ने छु ।” त्यस समयदेखि तिनीहरू शबाथमा आएनन् ।

    22तब मैले लेवीहरूलाई आ-आफूलाई शुद्ध पारी शबाथलाई पवित्र पार्न प्रवेशद्वारहरूको पहरा दिनू भनी आज्ञा दिएँ । हे मेरा परमेश्‍वर, मप्रति तपाईंको करारको बफादारीको कारणले यसको लागि पनि मलाई सम्झनुहोस्, र मलाई दया देखाउनुहोस् ।

  • २ राजा 11:6-7
    2 पदहरू
    73%

    6र एक-तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ ।”

    7शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।

  • १ इति 9:26-27
    2 पदहरू
    72%

    26तर ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना लेवी अगुवाहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइयो ।

    27तिनीहरू परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।

  • 12म र केही मानिसहरू रातमा उठ्यौँ । यरूशलेमको निम्ति परमेश्‍वरले मेरो ह्रदयमा हालिदिनुभएको बोझबारे मैले कसैलाई बताइनँ । म चढिरहेको पशुबाहेक त्यहाँ अरू कुनै पशु थिएन ।

  • नहे 11:2-3
    2 पदहरू
    71%

    2तब राजीखुसीले यरूशलेममा बस्‍ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए ।

    3यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।

  • 30मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ ।

  • 6मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”

  • 10म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए । तिनले भने, “हामी परमेश्‍वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन् । तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् ।”

  • 6ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।

  • 40यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्‍वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ ।

  • 7यसरी जस्‍तो मलाई आज्ञा गरियो त्‍यस्‍तै मैले गरें । निर्वासनको लागि मैले आफ्‍ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्‍वाल पारें । मैले आफ्‍ना सामानहरू अँध्‍यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्‍ना काँधमा बोकें ।

  • 15तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्,

  • 38धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,

  • 4त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।

  • 4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।

  • 4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।

  • 70यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।

  • 4तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन्?”

  • 4राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।”

  • 19यिनीहरू यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।

  • 7परमेश्‍वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्‍वरको मन्दिर बनाउनेछन् ।