नहेम्याह 8:9

अनलक शाब्दिक बाइबल

राज्यपाल नहेम्याह, पुजारीसाथै शास्‍त्री एज्रा र मानिसहरूलाई अर्थ खोलिदिने लेवीहरूले सारा मानिसलाई भने, “यो दिन परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि पवित्र दिन हो । शोक नगर र नरोओ ।” किनकि तिनीहरूले व्यवस्थाका वचन सुन्दा सारा मानिस रोएका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 7:65 : 65 पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।
  • नहे 7:70 : 70 परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए ।
  • नहे 8:2 : 2 सातौँ महिनाको पहिलो दिनमा पुजारी एज्राले सुनेर बुझ्न सक्‍ने पुरुष र स्‍त्रीहरू दुवैको समुदायको सामु पुस्तक ल्याए ।
  • व्यव 12:7 : 7 त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।
  • व्यव 12:12 : 12 तिमीहरू, तिमीहरूका छोराहरू, तिमीहरूका छोरीहरू, तिमीहरूका कमारा-कमारीहरू र तिमीहरूका सहरभित्र हुने लेवीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ । तिमीहरूका बिचमा बस्‍ने लेवीहरूसित कुनै हिस्सा वा सम्पत्ति हुँदैन ।
  • व्यव 16:11 : 11 परमप्रभु तिमीहरूका परमेश्‍वरले पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ ।
  • व्यव 16:14-15 : 14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ । 15 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ ।
  • लैव्य 23:24 : 24 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।
  • एज्रा 2:63 : 63 त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
  • उप 3:4 : 4 रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय ।
  • नहे 10:1 : 1 ¶ सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्‍याहका छोरा राज्‍यपाल नहेम्‍याह, सिदकियाह,
  • नहे 12:26 : 26 तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।
  • यशा 61:3 : 3 सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।
  • हो 4:6 : 6 मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।
  • मल 2:13 : 13 तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्‍न, न त त्योतिर ध्यान नै दिनुहुन्छ ।
  • रोमी 3:20 : 20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
  • रोमी 7:9 : 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।
  • २ कोरि 7:9-9 : 9 तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ । 10 किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ । 11 हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
  • एज्रा 7:11 : 11 राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,
  • गिन 29:1-6 : 1 ¶ “सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । यो तिमीहरूले तुरही फुक्‍ने दिन हुने छ । 2 तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ । 3 तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्‍नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, भेडाको निम्ति एक पाथी, 4 र हरेक सातवटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ । 5 तिमीहरूले आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ । 6 यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्‍त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्‍नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्‍नबलि र यसको अर्घबलिको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्‍नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।
  • नहे 8:7-8 : 7 लेवीहरू येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले मानिसहरूलाई तिनीहरूकै ठाउँमा व्यवस्था बुझ्नलाई मदत गरे । 8 तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्‍वरको व्यवस्था पढे र मानिसहरूले बुझ्न सक्‍ने गरी अर्थ खोलिदिए ।
  • व्यव 26:14 : 14 मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु । मैले परमप्रभु मेरा परमेश्‍वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु ।
  • २ राजा 22:11 : 11 जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते ।
  • २ राजा 22:19 : 19 तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो ।
  • २ इति 15:3 : 3 अब धेरै समयसम्‍म इस्राएल साँचो परमेश्‍वर, सिकाउने पुजारी र व्‍यवस्‍थाविना थियो ।
  • २ इति 30:22 : 22 परमप्रभुको सेवा बुझेका सबै लेवीलाई हिजकियाले उत्‍साहको वचनले बोले । यसरी मेलबलिका बलिदानहरू चढाउँदै, र परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरसँग आफ्ना पापहरू स्वीकार गर्दै र तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए ।
  • २ इति 34:19 : 19 यस्‍तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।
  • २ इति 34:21 : 21 “जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”
  • २ इति 35:3 : 3 तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 8:10-13
    4 पदहरू
    80%

    10तब नहेम्याहले तिनीहरूलाई भने, “आ-आफ्नो बाटो लाग, पुस्टाइएको पशु मारेर खाओ, मिठो पेय पदार्थ पिओ अनि आफ्ना निम्ति तयार पार्न नसक्‍नेहरूका निम्ति पनि थोरै भाग पठाइदेओ किनकि परमप्रभुको आनन्द नै तिमीहरूको शक्ति हो ।”

    11त्यसैले लेवीहरूले यसो भन्दै मानिसहरूलाई शान्त गराए, “चुप लाग, किनकि यो दिन पवित्र छ । शोक नगर ।”

    12तब सारा मानिस खानपान गर्न, पिउन, भोजन बाँडचुँड गर्न र बडो आनन्दसाथ उत्सव मनाउन आ-आफ्नो बाटो लागे किनकि तिनीहरूलाई बताइएका वचनहरू तिनीहरूले बुझेका थिए ।

    13दोस्रो दिनमा सारा मानिसका परिवार-परिवारका मुख्य-मुख्य मानिसहरू, पुजारीहरूसाथै लेवीहरू व्यवस्थाका वचनहरूबाट अन्तर्ज्ञान प्राप्‍त गर्न शास्‍त्री एज्राकहाँ आए ।

  • नहे 8:1-8
    8 पदहरू
    79%

    1¶ सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्‍ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्‍त्री एज्रालाई भने ।

    2सातौँ महिनाको पहिलो दिनमा पुजारी एज्राले सुनेर बुझ्न सक्‍ने पुरुष र स्‍त्रीहरू दुवैको समुदायको सामु पुस्तक ल्याए ।

    3तिनी पानी ढोकाको सामुन्‍नेको खुला क्षेत्रमा फर्के, र तिनले पुरुष र स्‍त्रीहरूको सामु बिहान सबेरैदेखि मध्यदिनसम्म यसबाट पढे, अनि सारा मानिसले व्यवस्थाको पुस्तकलाई ध्यान दिएर सुने ।

    4तब शास्‍त्री एज्रा मानिसहरूले त्यस्तै कामको लागि बनाएका काठको उच्‍च मञ्चमा खडा भए । तिनको दाहिनेपट्टि छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह उभिएका थिए अनि तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम उभिएका थिए ।

    5एज्रा सारा मानिसभन्दा माथि उभिएकाले तिनले सबैले देख्‍ने गरी पुस्तक खोले, र तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए ।

    6एज्राले महान् परमेश्‍वर परमप्रभुलाई धन्यावाद दिए, अनि सारा मानिसले आ-आफ्ना हात उठाएर “आमेन! आमेन!” भने । तब तिनीहरूले आ-आफ्ना शिर झुकाए, र भुइँसम्मै निहुरेर परमप्रभुको आराधना गरे ।

    7लेवीहरू येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले मानिसहरूलाई तिनीहरूकै ठाउँमा व्यवस्था बुझ्नलाई मदत गरे ।

    8तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्‍वरको व्यवस्था पढे र मानिसहरूले बुझ्न सक्‍ने गरी अर्थ खोलिदिए ।

  • नहे 1:3-4
    2 पदहरू
    73%

    3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”

    4मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।

  • नहे 12:26-27
    2 पदहरू
    73%

    26तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।

    27यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे ।

  • 1¶ एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्‍वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्‍त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए ।

  • 9त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे ।

  • नहे 10:28-29
    2 पदहरू
    72%

    28बाँकी मानिसहरू अर्थात् पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू र छिमेकी देशका मानिसहरूबाट आ-आफूलाई अलग गरी परमेश्‍वरको व्यवस्था पालन गर्ने प्रतिज्ञा गरेका सबै पुरुष, तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराछोरीहरू जससित ज्ञान र समझशक्ति थियो,

    29तिनीहरू आफ्ना दाजुभाइहरू, तिनीहरूका कुलीनहरूसित मिलेर परमेश्‍वरका दास मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्थामा हिँड्न र परमप्रभु हाम्रा परमेश्‍वरका सबै आज्ञा, उहाँका आदेशसाथै विधिविधानहरू मान्‍न र पालन गर्न सरापको शपथद्वारा बाँधिए ।

  • नहे 8:17-18
    2 पदहरू
    72%

    17निर्वासनबाट फर्केकाहरू सबै समुदायले छाप्राहरू बनाई तिनमा बसे । किनकि नूनका छोरा यहोशूको समयदेखि त्यस दिनसम्म इस्राएलीहरूले यो चाड मनाएका थिएनन् । त्यसैले तिनीहरू बडो आनन्दित भए ।

    18यसबाहेक, पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनप्रतिदिन एज्राले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढ्ने गर्थै । तिनीहरूले सात दिनसम्म चाड मनाए, र आज्ञाअनुसार आठौँ दिनमा पवित्र सभा थियो ।

  • नहे 9:3-4
    2 पदहरू
    72%

    3तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।

    4लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च सोरमा पुकारे ।

  • एज्रा 3:12-13
    2 पदहरू
    71%

    12तर पुजारीहरू, लेवीहरू र मुख्‍य मानिसहरूमध्‍ये धेरै जना जो धेरै वृद्ध थिए र पहिलो मन्दिरलाई देखेका थिए, जब तिनीहरूको आँखाको सामु यो मन्दिरको जग बसालियो, तब तिनीहरू धुरुधुरु रोए । तर खुसी र आनन्‍दको चर्को स्‍वरको आनन्दले कराउने मानिसहरूको संख्‍या धेरै थियो ।

    13फलस्वरूप, मानिसहरूले आनन्‍द र खुसीको आवाजलाई रोएका मानिसहरूको आवाजबाट छुट्ट्याउन सकेनन् किनकि मानिसहरू ठुलो आनन्दले कराउँदै थिए, र आवाज टाढा-टाढासम्म सुनिएको थियो ।

  • 6तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए ।

  • एज्रा 7:24-26
    3 पदहरू
    70%

    24पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू र परमेश्‍वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं ।

    25एज्रा, तिमीलाई परमेश्‍वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न र तिम्रो परमेश्‍वरको व्यवस्था जान्‍ने सबैको सेवा गर्न न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू । व्यवस्था नजान्‍नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ ।

    26परमेश्‍वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड, देश निकाला, तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू ।

  • 3तिनीहरूले सेनाहरूका परमप्रभुका भवनमा भएका पुजारीहरू र अगमवक्ताहरूलाई यस्तो भने, “मैले बितेका वर्षहरूमा गर्आएकोझैँ, के म पाचौँ महिनामा उपवास बसेर विलाप गरूँ?”

  • 2त्यसैले राजाले मलाई सोध्‍नुभयो, “तिम्रो अनुसार किन यति उदास छ? तिमी बिरामीजस्तो त देखिँदैनौँ । यो ह्रदयको उदासी हुनुपर्छ ।” तब म सार्‍है डराएँ ।

  • एज्रा 7:10-11
    2 पदहरू
    70%

    10परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए ।

    11राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,

  • 4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।

  • 1¶ सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्‍याहका छोरा राज्‍यपाल नहेम्‍याह, सिदकियाह,

  • 3त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् ।

  • 9हामीले धर्म-गुरुहरूलाई सोध्‍यौं, 'यो मन्दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो?'

  • 6एज्रा बेबिलोनबाट आए, र इस्राएलका परमप्रभु परमेश्‍वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए । परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए ।

  • 1¶ हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा,

  • 19मानिसहरूले मलाई सोधे, “यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्‍नुहुन्‍न?”

  • 13मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।

  • 1¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।

  • 1¶ इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए ।

  • 21म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,

  • 10तर अब हे हाम्रा परमेश्‍वर, यसपछि हामी के भन्‍न सक्‍छौं र? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं ।

  • 63त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।

  • 15मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।