गिन्ती 1:24

अनलक शाब्दिक बाइबल

गादका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 26:15-18 : 15 दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए । 16 ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश, 17 अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए । 18 यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।
  • उत्प 30:10-11 : 10 लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई । 11 लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन् ।
  • उत्प 46:16 : 16 गादका छोराहरू सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए ।
  • उत्प 49:19 : 19 गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ, तर त्‍यसले तिनीहरूको कुर्कुच्‍चामा आक्रमण गर्नेछ ।
  • गिन 2:14-15 : 14 त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् । 15 तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 1:25-40
    16 पदहरू
    89%

    25गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।

    26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    27यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।

    28इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    29इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।

    30जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    31जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।

    32योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    33एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।

    34मनश्‍शेका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    35मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।

    36बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    37बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।

    38दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    39दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।

    40आशेरका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • गिन 1:42-43
    2 पदहरू
    85%

    42नप्‍तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    43नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।

  • 45यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।

  • गिन 1:2-3
    2 पदहरू
    82%

    2“इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्,

    3जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ ।

  • गिन 1:18-23
    6 पदहरू
    82%

    18यी मानिसहरूसँगै एस्राएलका सबै मानिस दोस्रो महिनाको पहिलो दिनमा भेला भए ।

    19त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।

    20इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    21रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।

    22शिमियोनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    23शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।

  • 18यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।

  • 2“इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्ती गर ।”

  • 18रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे ।

  • 24आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।

  • गिन 2:14-15
    2 पदहरू
    75%

    14त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् ।

    15तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ ।

  • 4“परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।”

  • 14गादका यी छोराहरू सेनाका अगुवाहरू थिए । तल्‍लो दर्जाले सय जना र माथिल्‍लो दर्जाले हजार जनाको नेतृत्व गरे ।

  • 40आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।

  • 9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।

  • 15दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।

  • 38गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने

  • 24मोशाले गादका कुललाई कुल-कुलअनुसार यी दिएः

  • 37यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्‍शेको आधा कुलबाट युद्धको निम्‍ति सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू थिए ।

  • 24ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।

  • गिन 2:23-24
    2 पदहरू
    73%

    23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।

    24एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् ।

  • 21तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ ।

  • 30एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्‍ना पिताका परिवारमा प्रसिद्ध थिए ।

  • 12रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए ।

  • 23तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर् । भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्‍ने दलको गन्ती गर् ।

  • 34एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए ।

  • 1¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।