गिन्ती 1:5

अनलक शाब्दिक बाइबल

हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 7:30 : 30 चौथो दिनमा, रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए ।
  • गिन 10:18 : 18 फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे ।
  • व्यव 33:1-9 : 1 ¶ यो आफ्नो मृत्युअगि परमेश्‍वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो । 2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो । 3 वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे । 4 मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो । 5 तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो । 6 रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन् । 7 यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस् । 8 लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो । 9 तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए । 10 तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् । 11 हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् । 12 बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् । परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ, र तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन् । 13 योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् । 14 तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् । 15 साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् । 16 तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् । 17 ऐश्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍ने छन् । यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् । 18 जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ । 19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् । त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन् । 20 गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन् । त्यहाँ तिनी सिंहिनीझैँ बस्‍ने छन्, र तिनले मुखियाको पाखुरा लुछिदिने छन् । 21 तिनले आफ्नो निम्ति सबैभन्दा उत्तम जग्गा छाने, किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो । तिनी मानिसहरूका अगुवाहरूसँगै आए । तिनले इस्राएलसितै परमप्रभुको न्याय र उहाँका विधिहरू पुरा गरे । 22 दानको विषयमा मोशाले भनेः दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो । 23 नप्‍तालीको विषयमा मोशाले भनेः नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता र स्‍नेहद्वारा सन्तुष्‍ट भएका छन् । तिनले पश्‍चिम र दक्षिणको देश अधिकार गर्ने छन् । 24 आशेरको विषयमा मोशाले भनेः आशेर अन्य छोराहरूमध्ये सबैभन्दा बढी आशिषित् होऊन् । तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन्, र तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन् । 25 तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्‍जेसम्म तिम्रो सुरक्षा हुने छ । 26 यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ । 27 अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, “नाश पार्!” 28 इस्राएल सुरक्षामा बस्यो । अन्‍न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् । 29 ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।
  • प्रका 7:4-8 : 4 मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः 5 यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो, 6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो । 7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई, 8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।
  • उत्प 29:32-35 : 32 लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।” 33 तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌ । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌ । 34 तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो । 35 तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्‍यसको नाउँ यहूदा राखियो । त्‍यसपछि तिनले जन्‍माउन छोडिन्‌ ।
  • उत्प 30:5-9 : 5 बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई । 6 त्यसपछि राहेलले भनिन्, “परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएको छ । उहाँले मेरो प्रार्थना सुन्‍नुभई मलाई एउटा छोरो दिनुभएको छ ।” त्यसैले उनले त्यसको नाउँ दान राखिन् । 7 राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई । 8 राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु ।” उनले त्यसको नाउँ नप्‍ताली राखिन् । 9 आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् । 10 लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई । 11 लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन् । 12 त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई । 13 लेआले भनिन्, “म सुखी छु । किनकि स्‍त्रीहरूले मलाई सुखी भन्‍ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् । 14 गहुँ कटनी गर्ने समयमा रूबेन खेतमा गए, र तिनले विशाखमूलहरू भेट्टाएर ती आफ्नी आमा लेआकहाँ लिएर आए । त्यसपछि राहेलले लेआलाई भनिन्, “तिम्रो छोराका केही विशाखमूलहरू मलाई देऊ ।” 15 लेआले उनलाई भनिन्, “के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ? राहेलले भनिन्, “त्यसो भए, तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्‍नेछन् ।” 16 साँझमा याकूब खेतबाट आए । लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्‍नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु ।” त्यसैले त्यस रात याकूब उनीसित सुते । 17 परमेश्‍वरले लेआको पुकारा सुन्‍नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् । 18 लेआले भनिन्, “परमेश्‍वरले मेरो ज्याला दिनुभएको छ किनभने मैले मेरी कमारी मेरा पतिलाई दिएँ ।” उनले त्यसको नाउँ इस्साखार राखिन् । 19 लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् । 20 लेआले भनिन्, “परमेश्‍वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्‍जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।
  • उत्प 35:17-26 : 17 उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ ।” 18 उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए । 19 राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो । 20 याकूबले उनको चिहानमा एउटा खामो खडा गरे । आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ । 21 इस्राएल अगि बढे र तिनले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगे । 22 इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए । 23 याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून । 24 राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन । 25 राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्‍ताली । 26 लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
  • उत्प 46:8-9 : 8 मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन । 9 रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी; 10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्‍नीतर्फका छोरा शौल; 11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी । 12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए । 13 इस्‍साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए । 14 जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए । 15 यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌ । लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए । 16 गादका छोराहरू सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए । 17 आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ । बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए । 18 लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन् । 19 याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए । 20 ओनका पुजारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे र एफ्राइम थिए । 21 बेन्‍यामीनका छोराहरू बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द थिए । 22 राहेलबाट जन्‍मेका याकूबका छोराहरू यी नै थिए । यिनीहरू जम्‍मा चौध जना थिए । 23 दानका छोरा हुशीम थिए । 24 नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्‍लेम थिए ।
  • उत्प 49:1-9 : 1 ¶ तब याकूबले आफ्‍ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्‍मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ । 2 हे याकूबका छोरा हो, जम्‍मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन । 3 रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्‍ट । 4 बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌ । 5 शिमियोन र लेवी दाजुभाइ हुन् । हिंसाका हतियार नै तिनीहरूका तरवार हुन् । 6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्‌ । 7 तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु । 8 ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌ । 9 यहूदा सिंहको डमरु हो । ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्‍च भएको छस् । त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो । कसले त्‍यसलाई उठाउने आँट गर्छ? 10 यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, न त राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । जातिहरूले उहाँको आज्ञा मान्‍नेछन् । 11 त्‍यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा, आफ्‍ना पोशाक अङ्‌गुरको रसमा धुनेछ । 12 त्‍यसका आँखा दाखमद्यजस्तै गाढा, र त्‍यसका दाँत दुधजस्ता सेता हुनेछन्‌ । 13 जबूलून समुद्रको किनारमा बस्‍नेछ । जहाजहरूका निम्‍ति त्‍यो बन्‍दरगाह हुनेछ, र त्‍यसको सिमाना सीदोनसम्‍म हुनेछ । 14 इस्‍साखार दुई भारीहरूका बिचमा लेटिरहने बलियो गधा हो । 15 जसले असल विश्रामको ठाउँ असल र रमाइलो देश देख्छ । त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ, र काम गर्ने नोकर बन्‍नेछ । 16 इस्राएलका कुलमध्‍ये एउटा कुल भएर दानले आफ्‍ना मानिसहरूको न्‍याय गर्नेछ । 17 दान बाटोको छेउमा भएको एउटा सर्प, अर्थात् घोडाको कुर्कुच्‍चा डस्‍ने विषालु सर्प हुनेछ र त्‍यसको घोडचढी पछिल्‍तिर लोट्‌छ । 18 हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु । 19 गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ, तर त्‍यसले तिनीहरूको कुर्कुच्‍चामा आक्रमण गर्नेछ । 20 आशेरको अनाज प्रशस्त हुनेछ, र त्‍यसले राजकीय खाना उपलब्ध गराउनेछ । 21 नप्‍ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली-मृग हो । 22 योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्‍छन्‌ । 23 धनुर्धारीहरूले त्‍यसलाई आक्रमण गर्नेछन् र त्‍यसमाथि काँड चलाउनेछन्, र त्यसलाई सताउनेछन् । 24 तापनि त्‍यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा । 25 तेरा बुबाका परमेश्‍वरले तँलाई सहायता गर्नुहुन्‍छ, र सर्वशक्तिमान् परमेश्‍वरले माथि स्‍वर्गका आशिष्‌हरू, तल अगाधका आशिष्‌हरू, अनि स्‍तन र गर्भका आशिष्‌हरूले आशिषित्् तुल्याउनुहुनेछ । 26 तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वादभन्‍दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन् । ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरमा पनि । 27 बेन्‍यामीन एउटा भोको ब्‍वाँसो हो । बिहान त्यसले शिकार खान्‍छ, र बेलुकीचाहिँ त्‍यसले लुट बाँड्छ । 28 यी इस्राएलका बाह्र कुल हुन्‌ । आफ्‍ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो । प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए । 29 तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु । हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड, 30 अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए । 31 उनीहरूले अब्राहाम र तिनकी पत्‍नी सारालाई त्यहीँ गाडे । त्‍यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्‍नी रिबेकालाई पनि गाडे । त्‍यहीँ नै मैले लेआलाई गाडेँ । 32 त्‍यो खेत र त्‍यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो ।” 33 छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे, र आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए ।
  • निर्ग 1:2-5 : 2 रूबेन, शिमियोन, लेवी र यहूदा, 3 इस्साखार, जबूलून, र बेन्यामीन, 4 दान, नप्‍ताली, गाद र आशेर । 5 याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।
  • गिन 2:10 : 10 तिनीहरू अग्रस्थानमा हिँड्नेछन् । दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ । रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 10:18-20
    3 पदहरू
    84%

    18फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे ।

    19शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे ।

    20गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे ।

  • 10तिनीहरू अग्रस्थानमा हिँड्नेछन् । दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ । रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस् ।

  • 4हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ ।

  • 6कुलबाट सुरीशद्दैको छोरो शलूमीएल ।

  • 4तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;

  • १ इति 27:16-17
    2 पदहरू
    74%

    16इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए । शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्‍याह अगुवा थिए ।

    17लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्‍याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए ।

  • 7जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू । हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ ।

  • 30चौथो दिनमा, रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए ।

  • 35तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो शदेऊरका छोरा एलीसूरको भेटी थियो ।

  • 25जबूलूनका सन्तानक‍हरूका कुलबाट एक जना अगुवा पर्नाकको छोरो एलीजापान,

  • 14त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् ।

  • 1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

  • 12शिमियोनले रूबेनपछि छाउनी लगाओस् । शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस् ।

  • निर्ग 1:2-3
    2 पदहरू
    72%

    2रूबेन, शिमियोन, लेवी र यहूदा,

    3इस्साखार, जबूलून, र बेन्यामीन,

  • 14तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।

  • गिन 1:9-10
    2 पदहरू
    72%

    9जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;

    10योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;

  • गिन 1:20-21
    2 पदहरू
    71%

    20इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    21रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।

  • 14गातको कुलबाट दूएलको छोरो एल्यासाप;

  • 16जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे ।

  • गिन 1:16-17
    2 पदहरू
    71%

    16मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।

    17नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र

  • 21शिमियोनको सन्तानहरूको कुलबाट अम्मीहुदका छोरो शेमुएल,

  • 8एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए ।

  • 37रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।

  • गिन 26:7-8
    2 पदहरू
    70%

    7यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।

    8एलीआब पल्लुका छोरा थिए ।

  • 30उज्‍जीएलका छोरा एलीजापानले कहातीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ ।

  • 24तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।

  • उत्प 46:8-9
    2 पदहरू
    69%

    8मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन ।

    9रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी;

  • 19ती मानिसहरूका नाउँ यिनै हुन्ः

  • 5रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।

  • 35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।

  • 36मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,

  • 17एलीएजरका सन्‍तान रहब्‍याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्‍याहका धेरै सन्तानहरू थिए ।

  • 36एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,

  • 13एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्‍याह ।

  • 23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।

  • 42रूबेनी शीजाका छोरा अदीना (रूबेनीहरूका प्रधान) र तिनीसँग भएका तिस जना,

  • 12“तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन ।

  • 3इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए ।

  • गिन 1:31-32
    2 पदहरू
    68%

    31जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।

    32योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।