गिन्ती 10:15

अनलक शाब्दिक बाइबल

इस्साखारका सन्तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 1:8 : 8 इस्साखारको कुलबाट सूआरको छोरो नतनेल;
  • गिन 7:18 : 18 दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 2:3-8
    6 पदहरू
    88%

    3तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन् । भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् र तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन् । अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस् ।

    4यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।

    5इस्साखारको कुलले यहूदापछि छाउनी लगाउनू । सूआरका छोरो नतनेलले इस्साखारको फौजको नेतृत्व गर्नुपर्छ ।

    6तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।

    7जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू । हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ ।

    8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।

  • गिन 1:7-9
    3 पदहरू
    87%

    7यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;

    8इस्साखारको कुलबाट सूआरको छोरो नतनेल;

    9जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;

  • गिन 10:22-28
    7 पदहरू
    80%

    22एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे ।

    23मनश्‍शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे ।

    24बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे ।

    25दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्तिममा हिँडे । दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे ।

    26आशेरका सन्तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे ।

    27नप्‍तालीका सन्तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे ।

    28इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे ।

  • 16जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे ।

  • 14यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे ।

  • गिन 2:27-30
    4 पदहरू
    76%

    27दानको छाउनीपछि आशेरको कुलका मानिसहरू हुनेछन् । आशेरको अगुवा ओक्रानको छोरा पगीएल होस् ।

    28तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् ।

    29तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् ।

    30दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ ।

  • गिन 10:18-20
    3 पदहरू
    74%

    18फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे ।

    19शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे ।

    20गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे ।

  • गिन 34:25-26
    2 पदहरू
    73%

    25जबूलूनका सन्तानक‍हरूका कुलबाट एक जना अगुवा पर्नाकको छोरो एलीजापान,

    26इस्साकारका सन्तानहरूका कुलबाट एक जना अगुवा अजानको छोरो पल्तिएल,

  • गिन 1:28-30
    3 पदहरू
    71%

    28इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    29इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।

    30जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • 18दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए ।

  • 3इस्साखार, जबूलून, र बेन्यामीन,

  • 14नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी

  • 15नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा ।”

  • १ इति 27:15-16
    2 पदहरू
    69%

    15बाह्रौं महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्‍दै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    16इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए । शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्‍याह अगुवा थिए ।

  • 42नप्‍तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • 25उत्तरमा दानको छाउनीको दल हुनेछ । दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस् ।

  • गिन 13:6-8
    3 पदहरू
    69%

    6यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब;

    7इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;

    8एफ्राइमको कुलबाट, नूनका छोरा होशिया;

  • गिन 2:12-13
    2 पदहरू
    69%

    12शिमियोनले रूबेनपछि छाउनी लगाओस् । शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस् ।

    13तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ ।

  • 32इस्‍साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए ।

  • गिन 2:20-22
    3 पदहरू
    68%

    20तिनीहरूपछि मनश्‍शेको कुल हुन्छ । मनश्‍शेको अगुवा पदासूरका छोरा गमलिएल होस् ।

    21तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ ।

    22त्यपछि बेन्यामीनको कुल हुनेछ । बेन्यामीनको अगुवा गिदेओनीका छोरा अबीदान होस् ।

  • 18जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ ।

  • 19जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्‍मायाह अगुवा थिए । नप्‍तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए ।

  • 23तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूआरका छोरा नतनेलको भेटी थियो ।