गिन्ती 11:3
त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।
त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ यस बेला परमप्रभुले सुन्ने गरी मानिसहरूले तिनीहरूका कष्टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।
2अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
33मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।
34त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।
35किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।
22तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।
7इस्राएलीहरूको गनगन र “परमप्रभु हाम्रा बिचमा हुनुहुन्छ कि हुनुहुन्न?” भनी तिनीहरूले प्रभुको जाँच गरेकाले तिनले त्यस ठाउँको नाउँ मस्साह र मेरीबा राखे ।
18तिनीहरू माझमा आगो सल्कियो । त्यो आगोले दुष्टहरूलाई भष्म पार्यो ।
2यसैकारण परमप्रभुको सामुबाट आगो निस्कियो र तिनीहरूलाई भष्म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।
2त्यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन ।
3मोशाले भने, “म एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु ।”
4जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।”
38तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्यो, र खाडलको पानी पनि सुकाइदियो ।
35अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्ट गर्यो ।
36फेरि परमप्रभु मोशासँग बोल्नुभयो,
21जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्यो,
24परमप्रभुबाट आगो बाहिर निस्कियो र वेदीको होमबलि र बोसोलाई भस्म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्च सोरमा कराए र आफ्नो शिर निहुराए ।
38किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।
17इस्राएलीहरूको दृष्टिमा पर्वतको टुप्पोमा परमप्रभुको महिमाको प्रकटीकरण भस्म गर्ने आगोझैँ देखा पर्यो ।
29किनकि हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ ।
7परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।
20परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,
21“यस समुदायबाट अलग होओ, ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”
13उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे ।
33जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो ।
34परमप्रभुले तिमीहरूको आवाज सुन्नुभयो र उहाँ रिसाउनुभयो । उहाँले शपथ खाएर भन्नुभयो,
13यो ठाउँलाई मेरीबाको पानी भनियो, किनभने इस्राएलका मानिसहरूले त्यहाँ परमप्रभुसँग झगडा गरेका थिए, र उहाँले आफैलाई पवित्र जनको रूपमा प्रकट गर्नुभएको थियो ।
31मोशाले ज्वालालाई देखेपछि तिनी छक्क परे । त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो,
10मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्टिमा गलत थियो ।
44अनि परमप्रभुले मोशालाई भन्नुभयो,
45“यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।
1¶ परमप्रभुले मोशालाई भेट हुने पालबाट बोलाएर यसो भन्नुभयो,
3आगो तल झरेको र परमप्रभुको महिमा मन्दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्टो पारे र आराधना गरे र परमप्रभुलाई धन्यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्छ ।”
6परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो । सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे ।
15पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो ।
10अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्यो ।
17परमेश्वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए ।
11तर मोशाले परमप्रभु तिनका परमेश्वरलाई शान्त पार्न खोजे । तिनले भने, “हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने?
27परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।
11तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
42समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्यो,
3इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो ।
5वा तिमीहरू यस ठाउँसम्म नआइपुगुञ्जेलसम्म उहाँले तिमीहरूलाई उजाड-स्थानमा के गर्नुभयो भनी तिनीहरूले देखेनन् ।
4अनि परमप्रभु परमेश्वरले मलाई यस्तो देखाउनुभयोः हेर, परमप्रभु परमेश्वरले न्याय गर्नलाई आगो बोलाउनुभयो । त्यसले पृथ्वीमुनिको गहिरो विशाल पानीलाई सुकायो र त्यसले जमिनलाई पनि भष्म पार्न सक्थ्यो ।
8साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।
32मासु र रोटीबाट जे बाँकी हुन्छ त्यसलाई जलाउनू ।
3शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।”
5परमप्रभुले मोशालाई भन्नुभयो,
19हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।
10परमप्रभुले मोशालाई भन्नुभयो,