गिन्ती 16:21

अनलक शाब्दिक बाइबल

“यस समुदायबाट अलग होओ, ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 16:45 : 45 “यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।
  • निर्ग 32:10 : 10 अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”
  • निर्ग 33:5 : 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”
  • प्रका 18:4 : 4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् ।
  • भजन 73:19 : 19 तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए ।
  • यशा 37:36 : 36 तब परमप्रभुको दूत गए र अश्शूरीको छाउनीमा आक्रमण गरेर १,८५,००० सिपाहीहरूलाई मारे । बिहान सबेरै मानिसहरू उठे, तब लाशहरू जताततै छरिएका थिए ।
  • यिर्मि 5:16 : 16 तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।
  • प्रेरि 2:40 : 40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।”
  • २ कोरि 6:17 : 17 त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्‍नुहुन्छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु ।
  • एफिसी 5:6-7 : 6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ । 7 यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।
  • इब्रा 12:28-29 : 28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौँ । 29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।
  • उत्प 19:15-22 : 15 जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्‍नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्‍ट हुनेछैनौ ।” 16 तर तिनले अलमल गर्न थाले । त्यसैकारण ती मानिसहरूले लोत, तिनकी पत्‍नी, र तिनका दुई छोरीका हातहरू समाते, किनभने परमप्रभु तिनीप्रति दयालु हुनुहुन्थ्यो । उनीहरूले तिनीहरू सबैलाई बाहिर निकाले, र सहरबाहिर पठाए । 17 जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्‍ट हुनेछैनौ ।” 18 लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू! 19 तपाईंका दृष्‍टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्‍न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्‍नेछ र म मर्नेछु । 20 हेर्नुहोस्, त्यहाँको सहर भाग्‍नको निम्ति नजिक छ, र त्यो सानो पनि छ । कृपया, मलाई त्यहाँ भाग्‍न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र?), र मेरो जीवन बच्‍नेछ ।” 21 उनले तिनलाई भने, “ठिक छ, म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्‍ट गर्दिनँ । 22 छिटो गर! त्यहाँ भाग, किनभने तिमी त्यहाँ नपुगेसम्म म केही गर्न सक्दिनँ ।” यसैकारण त्यस सहरलाई सोअर भनियो ।
  • गिन 14:12 : 12 म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्‍तिशाली हुनेछ ।”
  • गिन 14:15 : 15 यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने, तपाईंको प्रसिद्धि सुन्‍ने जातिहरू बोल्नेछन् र भन्‍नेछन्,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 16:44-46
    3 पदहरू
    90%

    44अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,

    45“यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।

    46मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।

  • गिन 16:18-20
    3 पदहरू
    85%

    18यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।

    19कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो ।

    20परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,

  • गिन 16:26-27
    2 पदहरू
    82%

    26तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”

    27यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।

  • गिन 16:22-24
    3 पदहरू
    80%

    22मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ?”

    23परमप्रभुले मोशालाई जवाफ दिनुभयो,

    24“समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।”

  • गिन 16:34-36
    3 पदहरू
    78%

    34तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्‍दै चिच्‍च्याए ।

    35अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।

    36फेरि परमप्रभु मोशासँग बोल्नुभयो,

  • 35म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्‍ट समुदायमाथि म निश्‍चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।”

  • निर्ग 19:21-22
    2 पदहरू
    77%

    21परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्‍ट हुनेछन् ।

    22मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।”

  • गिन 16:41-42
    2 पदहरू
    76%

    41तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”

    42समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो,

  • 10परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 10अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”

  • 16मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ ।

  • 11तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • गिन 14:26-27
    2 पदहरू
    75%

    26परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

    27“मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।

  • 13परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ । के हामी पनि मर्नुपर्छ?”

  • 18के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ ।

  • 3तिनीहरू मोशा र हारूनको सामना गर्न आफै भेला भए । तिनीहरूले उनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! सबै समुदाय, तिनीहरूमध्ये हरेकलाई नै अलग गरिएको छ र परमप्रभु तिनीहरूसँग छन् । किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ?”

  • 1¶ यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।

  • 10अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्‍यो ।

  • 20तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए ।

  • 21परमप्रभु फेरि मोशासँग बोल्नुभयो,

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 2यसैकारण परमप्रभुको सामुबाट आगो निस्‍कियो र तिनीहरूलाई भष्‍म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 14मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्‍ट गर्नू सकूँ र स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ र तँबाट नै तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउन सकूँ ।'

  • 5परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”

  • 2उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।

  • 13त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 15त्यस बाहेक, तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो ।

  • 15त्यसपछि मोशाले परमप्रभुलाई भने,

  • 16परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 35परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ ।”

  • 24परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज । तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु ।”

  • 16हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।

  • 9मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ' ।”

  • 31मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो ।

  • 8फेरि मोशाले कोरहलाई भने, “सुन, तिमी लेवीका सन्तानहरूः

  • 6कोरह र तिम्रा सबै समूहले यो गर । धुपौराहरू लेओ ।