गिन्ती 21:7

अनलक शाब्दिक बाइबल

मानिसहरू मोशाकहाँ आएर भने, “हामीले पाप गरेका छौँ, किनभने हामीले परमप्रभु र तपाईंको विरुद्ध बोलेका छौँ । सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस् ।” यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 8:8 : 8 तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू लैजाऊन् भनी परमप्रभुलाई बिन्ती चढाओ । तब म उहाँलाई बलिदान चढाउन तेरा मानिसहरूलाई जान दिनेछु ।”
  • गिन 11:2 : 2 अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
  • भजन 78:34 : 34 जब परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्‍सुकतासाथ खोजे ।
  • प्रेरि 8:24 : 24 सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।”
  • १ राजा 13:6 : 6 त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो ।
  • निर्ग 8:28 : 28 फारोले भने, “परमप्रभु तिमीहरूका परमेश्‍वरलाई उजाड-स्थानमा बलिदान चढाउन जान दिन म अनुमति दिनेछु । तिमीहरू धेरै टाढा भने जानुहुँदैन । मेरो लागि प्रार्थना चढाऊ ।”
  • निर्ग 9:27-28 : 27 त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्‍ट छौँ । 28 परमप्रभुलाई बिन्ती चढाऊ किनकि शक्‍तिशाली गर्जन र असिना अति भएका छन् । म तिमीहरूलाई जान दिनेछु र अब उसो तिमीहरू यहाँ बस्‍नुपर्नेछैन ।”
  • निर्ग 32:11 : 11 तर मोशाले परमप्रभु तिनका परमेश्‍वरलाई शान्त पार्न खोजे । तिनले भने, “हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने?
  • निर्ग 32:30 : 30 भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ । अब म परमप्रभुकहाँ उक्लेर जानेछु । सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि ।”
  • गिन 14:17-20 : 17 म बिन्ती गर्छु, कि तपाईंको महाशक्‍ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्‍नुभएको छ, 18 'परमप्रभु रिसाउनमा धिमा र विश्‍वनीयताको करारमा प्रशस्‍त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।' 19 म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्‍वसनीयताको महान्‌ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।” 20 परपप्रभुले भन्‍नुभयो, “मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु,
  • व्यव 9:20 : 20 हारूनलाई नष्‍ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ ।
  • व्यव 9:26-29 : 26 मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ, 'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्‍ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्‌ताद्वारा छुटकारा दिनुभएको छ र आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको छ । 27 तपाईंका दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस् । यो जातिको हठलाई नहेर्नुहोस् न त तिनीहरूका दुष्‍टता र पापलाई नै हेर्नुहोस् । 28 नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, 'परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।' 29 तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो ।'
  • १ शमू 12:19-23 : 19 तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं । 20 शमूएलले जवाफ दिए, “नडराओ । तिमीहरूले यी सबै दुष्‍टता गरेकाछौ, तर परमप्रभुबाट नफर्क, र आफ्‍ना सारा हृदयले परमप्रभुको सेवा गर । 21 तिमीहरूलाई फाइदा नहुने र छुटकारा दिन नसक्‍ने रित्ता कुराहरू नलाग, किनभने तिनीहरू व्यार्थ हुन् । 22 उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्‍ना मानिसहरूलाई त्याग्‍नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्‍न हुनुहुन्‍छ । 23 मेरो बारेमा, मैले तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस् । बरु म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु ।
  • १ शमू 15:24 : 24 तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।
  • १ शमू 15:30 : 30 त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्‍जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्‍वरको आराधना गर्न सकूँ ।
  • अय्यू 42:8 : 8 त्यसकारण अब आफ्‍नो निम्‍ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”
  • अय्यू 42:10 : 10 अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि, परमप्रभुले तिनको सुदिन पुनर्स्थापित गर्नुभयो । तिनीसित पहिले भएकोभन्दा परमप्रभुले तिनलाई दोब्बर दिनुभयो ।
  • रोमी 10:1 : 1 ¶ भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो ।
  • याक 5:16 : 16 त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ ।
  • भजन 106:23 : 23 त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा—तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए ।
  • यिर्मि 15:1 : 1 ¶ तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।
  • यिर्मि 37:3 : 3 त्यसैले राजा सिदकियाह, शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए । तिनीहरूले यसो भने, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गर ।”
  • हो 5:15 : 15 तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”
  • मत्त 27:4 : 4 र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।”
  • उत्प 20:7 : 7 यसैकारण, त्यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 21:5-6
    2 पदहरू
    84%

    5मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”

    6परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो । सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे ।

  • गिन 21:8-9
    2 पदहरू
    83%

    8परमप्रभुले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बना र यसलाई खामामा झुण्ड्या । सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन् ।”

    9यसैले मोशाले काँसाको एउटा सर्प बनाए र त्यसलाई खामामा झुण्ड्याए । जब सर्पले कसैलाई डस्थ्यो, त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो ।

  • 2अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।

  • निर्ग 32:11-12
    2 पदहरू
    74%

    11तर मोशाले परमप्रभु तिनका परमेश्‍वरलाई शान्त पार्न खोजे । तिनले भने, “हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने?

    12मिश्रीहरूले किन यसो भन्‍ने, 'तिनीहरूलाई पर्वतमा लगेर मार्न र पृथ्वीको सतहबाट नष्‍ट गर्न उहाँले तिनीहरूलाई दुष्‍ट मनसाय लिएर बाहिर निकाल्नुभयो?' आफ्नो क्रोधलाई शान्त पार्नुहोस् र यो जातिलाई दण्ड दिनबाट मन बद्लनुहोस् ।

  • 21तब मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो?”

  • निर्ग 32:30-31
    2 पदहरू
    74%

    30भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ । अब म परमप्रभुकहाँ उक्लेर जानेछु । सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि ।”

    31मोशा परमप्रभुकहाँ फर्केर आए र भने, “हाय! यी मानिसहरूले ठुलो पाप गरेका छन् र तिनीहरूले सुनको मूर्ति बनाएका छन् ।

  • 15त्यसपछि मोशाले परमप्रभुलाई भने,

  • 11हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।

  • निर्ग 17:2-4
    3 पदहरू
    72%

    2त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?”

    3मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?”

    4तब मोशाले परमप्रभुलाई पुकारा गरे, “यी मानिसहरूलाई मैले के गर्ने? तिनीहरू मलाई ढुङ्गा हान्‍न झण्डै तयार छन् ।”

  • 10परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 15इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।”

  • 3मानिसहरूले मोशा विरुद्ध गनगन गरे । तिनीहरूले भने, “हाम्रा सङ्गी इस्राएलीहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेका भए राम्रो हुन्थ्यो ।

  • निर्ग 10:16-17
    2 पदहरू
    71%

    16त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्‍न पठाए र भने, “मैले तिमीहरूका परमेश्‍वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु ।

    17अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्‍वरसित बिन्ती चढाइदेओ ।”

  • 3परमप्रभुले भन्‍नुभयो, “त्यसलाई भुइँमा फाल् ।” मोशाले त्यसलाई भुइँमा फाले र त्यो सर्प भयो । मोशा दौडेर भागे ।

  • 8परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 21परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्‍ट हुनेछन् ।

  • निर्ग 5:21-22
    2 पदहरू
    71%

    21तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”

    22मोशा परमप्रभुकहाँ गई भने, “हे प्रभु, तपाईंले किन यो जातिमा कष्‍ट ल्याउनुभएको? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो?

  • 19तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्‍नेछौँ । तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”

  • 9मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ' ।”

  • 7परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 5अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।

  • 46मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।

  • 2इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!

  • 7तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “चाँडै तल ओर्ली, किनकि तैँले मिश्र देशबाट बाहिर ल्याएका मानिसहरूले आफैलाई भ्रष्‍ट पारिसकेका छन् ।

  • 41तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”

  • गिन 16:22-23
    2 पदहरू
    70%

    22मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ?”

    23परमप्रभुले मोशालाई जवाफ दिनुभयो,

  • 7हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ ।

  • 7मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्‍चित्त गर, र मानिसहरूका निम्ति प्रायश्‍चित्तस्वरूप बलिदानलाई अर्पण गर ।”

  • 27त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्‍ट छौँ ।

  • 40तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”

  • 24त्यसकारण मानिसहरूले “हामीले के पिउने?” भनी मोशालाई गनगन गरे ।

  • 10तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्यो सर्प भयो ।

  • 15अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं ।

  • 12मोशा र हारून फारोकहाँबाट गए । तब परमप्रभुले फारोकहाँ ल्याउनुभएका भ्यागुताहरूको बारेमा मोशाले उहाँलाई पुकारा गरे ।

  • 26मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ, 'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्‍ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्‌ताद्वारा छुटकारा दिनुभएको छ र आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको छ ।

  • 26परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?

  • 20हारूनलाई नष्‍ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ ।

  • 13यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”