गिन्ती 26:29

अनलक शाब्दिक बाइबल

यिनीहरू मनश्‍शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 17:1 : 1 ¶ यो मनश्शेको (जो योसेफका जेठा छोरा थिए) कुलको भूमिको भाग थियो, माकीरका निम्ति, जो जेठा छोरा थिए र तिनी गिलादका पिता थिए । माकीरका सन्तानहरूलाई गिलाद र बाशानको भू-भाग दिइयो, किनभने माकीर योद्धा थिए ।
  • १ इति 7:14-19 : 14 मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌ । 15 माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए । 16 माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन्‌ । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए । 17 ऊलामका छोरा बदान थिए । मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए । 18 गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन् । 19 शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।
  • गिन 36:1 : 1 ¶ त्यसपछि योसेफका सन्तानहरूका कुलका माकीरका (जो मनश्शेको छोरा थिए) छोरा गिलादको कुलका पुर्खाहरूका अगुवाहरू आए अनि
  • व्यव 3:15 : 15 मैले गिलादचाहिँ माकीरलाई दिएँ ।
  • उत्प 48:14 : 14 इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा र आफ्‍नो देब्रे हात मनश्‍शेको टाउकोमा राखे । मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए ।
  • गिन 32:39-40 : 39 मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे । 40 त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे ।
  • न्या 5:14 : 14 तिनीहरू एफ्राइमबाट आए, जसको जग अमालेकमा छ । बेन्यामीनका मानिसहरू तिमीहरूका पछि आए । माकीरबाट कमाण्‍डरहरू, र जबूलूनबाट अधिकारीका लौरो लिनेहरू तल आए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 7:14-18
    5 पदहरू
    82%

    14मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌ ।

    15माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए ।

    16माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन्‌ । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए ।

    17ऊलामका छोरा बदान थिए । मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए ।

    18गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन् ।

  • गिन 32:39-40
    2 पदहरू
    79%

    39मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे ।

    40त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे ।

  • 28योसेफका सन्तानहरूका कुलहरू मनश्‍शे र एफ्राइम थिए ।

  • गिन 26:30-32
    3 पदहरू
    78%

    30गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,

    31अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश,

    32शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए ।

  • यहो 17:1-3
    3 पदहरू
    78%

    1¶ यो मनश्शेको (जो योसेफका जेठा छोरा थिए) कुलको भूमिको भाग थियो, माकीरका निम्ति, जो जेठा छोरा थिए र तिनी गिलादका पिता थिए । माकीरका सन्तानहरूलाई गिलाद र बाशानको भू-भाग दिइयो, किनभने माकीर योद्धा थिए ।

    2यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो ।

    3मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए । तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।

  • यहो 17:5-7
    3 पदहरू
    77%

    5गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ,

    6किनभने मनश्शेका छोरीहरूले आफ्‍ना दाजुभाइहरूसँगै उत्तराधिकार पाए । गिलादको भू-भाग मनश्शेका बाँकी कुललाई दिइयो ।

    7मनश्शेको क्षेत्र आसेरबाट मिक्मतातसम्म पुग्यो, जुन शकेमको पूर्वमा छ । त्यसको सिमाना तप्‍पूहको पानीको मुहान नजिक बसोबास गर्नेहरूकहाँसम्म दक्षिणतिर निस्क्यो ।

  • 31गिलादको आधा भाग, र अस्तारोत र एद्रई (बशानमा ओगका राजकीय सहरहरू)। यिनीहरू माकीरको कुल-कुलअनुसार मनश्शेका छोरा माकीरको कुललाई दिइएको थियो ।

  • 15मैले गिलादचाहिँ माकीरलाई दिएँ ।

  • 1¶ त्यसपछि योसेफका सन्तानहरूका कुलका माकीरका (जो मनश्शेको छोरा थिए) छोरा गिलादको कुलका पुर्खाहरूका अगुवाहरू आए अनि

  • 45बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।

  • १ इति 2:22-23
    2 पदहरू
    74%

    22सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।

    23गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए ।

  • गिन 26:34-35
    2 पदहरू
    73%

    34यिनीहरू मनश्‍शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो ।

    35यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए ।

  • 15गादको कुलबाट माकीका छोरा गूएल ।

  • 10योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;

  • 49येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए ।

  • 29मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए । यो मनश्शेका कुललाई कुल-कुलअनुसार दिइएको थियो ।

  • गिन 26:37-39
    3 पदहरू
    71%

    37यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए ।

    38यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,

    39शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान

  • 15दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।

  • 11योसेफको कुलबाट (अर्थात् मनेश्‍शेको कुलबाट) सूसीका छोरा गेद्दी;

  • 29मनश्‍शेको सिमानामा बेथ-शान र त्‍यसका गाउँहरू, तानाक र त्‍यसका गाउँहरू, मगिछो र त्‍यसका गाउँहरू र दोर र त्‍यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे ।

  • 4योसेफका कुल मनश्शे र एफ्राइमले तिनीहरूका उत्तराधिकार यसरी प्राप्‍त गरे ।

  • 34मनश्‍शेका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • 57वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।

  • 1¶ योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा ।

  • 20तिनीहरूपछि मनश्‍शेको कुल हुन्छ । मनश्‍शेको अगुवा पदासूरका छोरा गमलिएल होस् ।

  • 17अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए ।

  • 29कीशबाट: कीशका छोराः यरहमेल ।

  • 13जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।

  • 24याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए ।

  • १ इति 6:70-71
    2 पदहरू
    68%

    70मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।

    71गेर्शोनीहरूलाई मनश्‍शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्‍तारोत दिए ।

  • 23योसेफले एफ्राइमको पनातिसम्‍म पनि देखे । तिनले मनश्‍शेका छोरा माकीरका भर्खर जन्‍मेका बालबच्‍चा पनि देखे, र तिनीहरू योसेफकै घुँडामा राखिए ।

  • 12तिनीहरूले योसेफका छोरा मनश्शेका सन्तानहरूका कुलहरूमा विवाह गरे । यसरी तिनीहरूको हिस्सा तिनीहरूको पिताको कुलभित्र नै रह्यो ।

  • 21फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए ।

  • 26यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए ।