गिन्ती 28:9

अनलक शाब्दिक बाइबल

शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुईवटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 20:8-9 : 8 मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू । 9 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ । 10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् । 11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
  • भजन 92:1-4 : 1 ¶ हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो, 2 बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु, 3 दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै । 4 किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।
  • यशा 58:13 : 13 अब तिमीहरूले शबाथ-दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ र मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्‍छौ । तिमीहरूले शबाथ-दिनलाई आनन्द भन्‍छौ र परमप्रभुको कुराहरूलाई पवित्र र आदरणिय भन्‍छौ । तिमीहरूका आफ्ना काम छोडेर, र तिमीहरूका आफ्नै खुसी गर्न छोडेर र तिमिहरूका आफ्‍नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ-दिनलाई आदर गर्छौ भने ।
  • यहे 20:12 : 12 म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून्‌ भनेर तिनीहरू र मेरो बिचमा चिन्‍हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ ।
  • प्रका 1:10 : 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 28:10-13
    4 पदहरू
    86%

    10यो नियमित होमबलि र यससँगको अन्‍नबलिको अतिरिक्‍त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ ।

    11हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउनुपर्छ । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ ।

    12तिमीहरूले हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा र एउटा भेडाको निम्ति तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।

    13तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ । यो परमप्रभुलाई सुगन्धित बास्‍न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ ।

  • 8तिमीहरूले अर्को थुमालाई बिहान चढाइएको एउटा थुमालाई झैँ साँझमा अन्‍नबलिसँगै चढाउनुपर्छ ।

  • लैव्य 23:18-19
    2 पदहरू
    84%

    18रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।

    19तिमीहरूले पापबलिको निम्ति एउटा बोका, र मेलबलिको निम्ति एक वर्षे दुईवटा थुमा बलिदानको निम्ति अर्पण गर्नू ।

  • गिन 28:19-21
    3 पदहरू
    83%

    19तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ ।

    20साँढेसँगै तिमीहरूले अन्‍नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मुछेको मसिनो पिठो र भेडासँग एक पाथी चढाउनुपर्छ ।

    21सातवटा हरेक थुमासँग तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ,

  • गिन 29:13-18
    6 पदहरू
    83%

    13तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले

    14तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी,

    15र चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।

    16तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

    17सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    18तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • गिन 28:3-5
    3 पदहरू
    83%

    3तैँले तिनीहरूलाई भन्‍नुपर्छ, 'तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही होः नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुईवटा ।

    4तिमीहरूले एउटा थुमालाई बिहान चढाउनुपर्छ र अर्को थुमालाई साँझमा चढाउनुपर्छ ।

    5तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ ।

  • निर्ग 29:38-41
    4 पदहरू
    82%

    38तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुईवटा थुमा चढाउनू ।

    39एउटा थुमा बिहान चढाइनुपर्छ भने अर्को बेलुका ।

    40पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू ।

    41तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।

  • गिन 29:32-33
    2 पदहरू
    82%

    32सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    33तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 10आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् ।

  • गिन 29:23-24
    2 पदहरू
    81%

    23सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    24तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • गिन 29:26-30
    5 पदहरू
    81%

    26सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    27तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    28तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

    29सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    30तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 2तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ ।

  • गिन 28:27-29
    3 पदहरू
    81%

    27परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुहुँदैन । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र सातवटा एक वर्षे थुमा चढाउनुपर्छ ।

    28तिनीहरूसँगै अन्‍नबलि पनि चढाउनूः हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पिठो चढाउनू ।

    29हरेक सातवटा थुमाका निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो,

  • लैव्य 23:12-13
    2 पदहरू
    80%

    12बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू ।

    13अन्‍नबलिचाहिँ परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति होमबलिको रूपमा तेलसँग मुछिएको एक पाथी मसिनो पिठो होस्, र अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस् ।

  • गिन 29:8-9
    2 पदहरू
    80%

    8तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।

    9तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी,

  • गिन 29:20-21
    2 पदहरू
    79%

    20सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    21तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • गिन 29:36-37
    2 पदहरू
    79%

    36तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    37तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 14त्यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ । त्यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ ।

  • 31जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्‍नबलिको अतिरिक्‍त हुनुपर्छ ।

  • 21तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल,

  • 24यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्‍तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्‍त चढाउनुपर्छ ।

  • 6यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने, तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पिठोलाई अन्‍नबलिको रूपमा तयार पार्नुपर्छ ।