गिन्ती 29:39

अनलक शाब्दिक बाइबल

यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्‍नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 23:2 : 2 “इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।
  • १ इति 23:31 : 31 र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो ।
  • २ इति 31:3 : 3 तिनले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाडहरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए ।
  • एज्रा 3:5 : 5 यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।
  • नहे 10:33 : 33 उपस्थितिको रोटी, नियमित अन्‍नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्‍चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्‍वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।
  • यशा 1:14 : 14 तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु ।
  • लैव्य 7:11 : 11 परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ ।
  • लैव्य 7:16-38 : 16 तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ । 17 तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ, त्योचाहिँ जलाइयोस् । 18 यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ । 19 कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् । 20 तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् । 21 यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’” 22 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो, 23 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू । 24 बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्‍चय नै त्यो नखानू । 25 परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् । 26 तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू । 27 जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ’ ।” 28 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो, 29 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् । 30 आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् । 31 पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ । 32 तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू । 33 हारूनका सन्तानहरूमध्ये मेलबलिहरूको रगत र बोसोलाई अर्पण गर्ने पुजारीले बलिदानबाट दाहिने फिला हिस्साको रूपमा लिओस् । 34 किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ । 35 पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्‍याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो । 36 परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो । सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने छ । 37 होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्, 38 जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”
  • लैव्य 22:21-23 : 21 कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्‍छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्‍खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन । 22 अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू । तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू । 23 अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्‍छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।
  • १ कोरि 10:31 : 31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।
  • लैव्य 23:28 : 28 त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।
  • गिन 6:21 : 21 नाजिरीको निम्ति नियम यही हो जसले आफू अलग हुनको निम्ति परमप्रभुको निम्ति आफ्नो बलिदानको भाकल गर्छ । त्यसले अरू जे दिन पनि, त्यसले भाकल गरेका कर्तव्यहरू अर्थात् नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा पालन गर्नुपर्छ ।”
  • व्यव 12:6 : 6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 23:37-38
    2 पदहरू
    85%

    37यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।

    38परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।

  • 6यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्‍त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्‍नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्‍नबलि र यसको अर्घबलिको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्‍नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।

  • गिन 29:36-38
    3 पदहरू
    82%

    36तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    37तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    38तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ ।

  • 3तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।

  • 31जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्‍नबलिको अतिरिक्‍त हुनुपर्छ ।

  • गिन 29:18-19
    2 पदहरू
    81%

    18तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    19तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

  • 5तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।

  • गिन 29:33-34
    2 पदहरू
    80%

    33तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    34तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

  • गिन 29:30-31
    2 पदहरू
    80%

    30तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    31तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

  • गिन 29:27-28
    2 पदहरू
    80%

    27तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    28तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

  • 11तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त हुने छ ।

  • गिन 29:24-25
    2 पदहरू
    79%

    24तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    25तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

  • 29तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्‍य तरिकामा बलि गर्नू ।

  • गिन 29:21-22
    2 पदहरू
    79%

    21तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

    22तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

  • 6त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।

  • 37होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्,

  • 29“इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् ।

  • 7त्यसमा तिमीहरूले मेलबलि र स्वैच्छिक बलि पनि चढाउनू । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ ।

  • 5यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।

  • 8जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ,

  • 10यो नियमित होमबलि र यससँगको अन्‍नबलिको अतिरिक्‍त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ ।

  • गिन 28:23-24
    2 पदहरू
    78%

    23तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्‍त चढाउनुपर्छ ।

    24यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्‍तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्‍त चढाउनुपर्छ ।

  • 2तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ ।

  • 16तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

  • 13तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले

  • 9तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्‍नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू ।

  • 19तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ ।

  • 11परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ ।

  • 8तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।

  • 19तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।

  • 41तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।

  • 18रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि साताहरूको चाड मान्‍नू ।

  • 2“इस्राएलका मानिसहरूलाई आज्ञा गर् र तिनीहरूलाई भन्, 'तिमीहरूले मेरो निम्ति सुगन्धित बास्‍ना दिने आगोद्वारा चढाइने बलिहरू तोकिएको समयमा मलाई चढाउनुपर्छ ।'

  • 27त्यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा तिमीहरूले होमबलिसाथै मासु र रगत चढाओ । तिमीहरूका बलिदानको रगत परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा खन्याऊ र मासुचाहिँ तिमीहरूले खाओ ।

  • 25त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्‍ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।

  • 31र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो ।

  • 17चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्‍ध गर्नेछन् ।

  • 16पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।

  • 15एउटा बोका परमप्रभुको निम्ति पापबलिको रूपमा अर्पण गर्नुपर्छ । यो नियमित होमबलि र अर्घबलिको अतिरिक्‍त हुने छ ।