गिन्ती 31:19

अनलक शाब्दिक बाइबल

तिमीहरू सात दिनसम्म इस्राएलको छाउनीबाहिर छाउनीमा बस्‍नुपर्छ । कसैलाई मारेका र मुर्दालाई छोएका तिमीहरू सबैले तिमीहरू र तिमीहरूका कैदीहरूसहित तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 5:2 : 2 “छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे ।
  • गिन 19:11-22 : 11 कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ । 12 यस्तो व्यक्‍तिले तेस्रो र सातौँ दिनमा आफूलाई शुद्धिकरण गर्नुपर्छ । अनि त्यो शुद्ध हुने छ । तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन । 13 जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ । 14 यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् । 15 नछोपिएका सबै भाँडा अशुद्ध हुने छन् । 16 त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ । 17 अशुद्ध व्‍यक्‍तिको निम्ति यसो गर्नूः जलाइएको पापबलिबाट केही खरानी लिनू र ताजा पानीसँग भाँडामा मिसाउनू । 18 कोही शुद्ध मानिसले हिसप लिनुपर्छ, यसलाई पानीमा डुबाउनुपर्छ र हड्‍डी, मारिएको व्यक्‍ति, मृत व्यक्‍ति वा चिहान छुने व्यक्‍तिहरू, पालभित्र भएका भाँडाहरूमाथि छर्कनुपर्छ । 19 तेस्रो र सातौँ दिनमा शुद्ध व्यक्‍तिले अशुद्ध व्यक्‍तिमाथि छर्कनुपर्छ । अशुद्ध व्यक्‍तिले सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । त्यसले आफ्नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझमा शुद्ध हुने छ । 20 तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ । 21 यो यी परिस्थितिसम्बन्धी निरन्तरको नियम हुने छ । अशुद्धताको निम्ति पानी छर्कने व्यक्‍तिले आफ्‍नो लुगा धुनुपर्छ । अशुद्धताको निम्ति पानी छुने व्यक्‍ति साँझसम्म अशुद्ध हुने छ । 22 अशुद्ध व्यक्‍तिले छोएको सबै कुरा अशुद्ध हुने छन् । यसलाई छुने व्यक्‍ति पनि साँझसम्म अशुद्ध हुने छ ।
  • १ इति 22:8 : 8 तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 31:23-25
    3 पदहरू
    81%

    23र आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ र यो शुद्ध हुने छ । त्यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ । जुन कुरालाई आगोमा जलाउन मिल्दैन, त्यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ ।

    24तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ र तिमीहरू शुद्ध हुने छौ । त्यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ ।

    25त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • गिन 19:16-20
    5 पदहरू
    80%

    16त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ ।

    17अशुद्ध व्‍यक्‍तिको निम्ति यसो गर्नूः जलाइएको पापबलिबाट केही खरानी लिनू र ताजा पानीसँग भाँडामा मिसाउनू ।

    18कोही शुद्ध मानिसले हिसप लिनुपर्छ, यसलाई पानीमा डुबाउनुपर्छ र हड्‍डी, मारिएको व्यक्‍ति, मृत व्यक्‍ति वा चिहान छुने व्यक्‍तिहरू, पालभित्र भएका भाँडाहरूमाथि छर्कनुपर्छ ।

    19तेस्रो र सातौँ दिनमा शुद्ध व्यक्‍तिले अशुद्ध व्यक्‍तिमाथि छर्कनुपर्छ । अशुद्ध व्यक्‍तिले सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । त्यसले आफ्नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझमा शुद्ध हुने छ ।

    20तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ ।

  • 20तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ ।”

  • गिन 31:17-18
    2 पदहरू
    78%

    17अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।

    18तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।

  • गिन 19:11-14
    4 पदहरू
    78%

    11कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ ।

    12यस्तो व्यक्‍तिले तेस्रो र सातौँ दिनमा आफूलाई शुद्धिकरण गर्नुपर्छ । अनि त्यो शुद्ध हुने छ । तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन ।

    13जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ ।

    14यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् ।

  • 28ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीले नुहाओस्, र त्यसपछि त्यो छाउनीभित्र आउन मिल्छ ।

  • लैव्य 14:8-9
    2 पदहरू
    77%

    8शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् ।

    9सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ ।

  • गिन 5:2-4
    3 पदहरू
    76%

    2“छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे ।

    3पुरुष होस् वा महिला, तैँले तिनीहरूलाई छाउनी बाहिर पठाउनुपर्छ । तिनीहरूले छाउनीलाई अशुद्ध तुल्याउनुहुँदैन, किनभने म यसमा बास गर्छु ।”

    4इस्राएलका मानिसहरूले यसै गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले तिनीहरूलाई छाउनी बाहिर पठाए । फेरि

  • गिन 8:6-7
    2 पदहरू
    75%

    6“लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् ।

    7तिनीहरूलाई शुद्ध पार्न यसो गर्ः तिनीहरूमाथि प्रायश्‍चित्तको पानी छर्किदे । तिनीहरूको पुरै शरीर, तिनीहरूको लुगा धुन लगा र यसरी तिनीहरूलाई शुद्ध पार् ।

  • 26कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्‍नेछन् ।

  • गिन 19:7-9
    3 पदहरू
    74%

    7त्यसपछि त्यसले आफ्‍नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । अनि त्यो छाउनीभित्र आउन सक्छ, जहाँ त्यो साँझसम्म अशुद्ध रहनेछ ।

    8कोरली जलाउने व्यक्‍तिले आफ्नो लुगा पानीले धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ ।

    9कोही शुद्ध मानिसले त्यो कोरलीको खरानीलाई उठाउनुपर्छ र त्यसलाई छाउनीबाहिर शुद्ध ठाउँमा राख्‍नुपर्छ । यो खरानी इस्राएलका मानिसको सामुदायको निम्ति राख्‍नुपर्छ । तिनीहरूले त्यो खरानीलाई तिनीहरूको पापबाट शुद्धिकरणको निम्ति पानीमा मिसाउनेछन्, किनभने त्यो खरानी पापबलिबाट लिइएको थियो ।

  • 3‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्‍चा वा बोका मार्दछ,

  • व्यव 23:9-12
    4 पदहरू
    73%

    9तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्‍ट कुराहरूबाट अलग राख ।

    10तिमीहरूका बिचमा रातम कुनै पुरुष स्वप्‍न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो सेनाको छाउनीबाट बाहिर जाओस् र छाउनीमा फर्केर नआओस् ।

    11साँझ परेपछि त्यसले पानीले नुहाओस् । सूर्य अस्ताएपछि त्यो छाउनीमा आओस् ।

    12छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ ।

  • 14किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ । त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस् ।

  • यहो 7:13-14
    2 पदहरू
    73%

    13उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “ तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।”

    14बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ ।

  • लैव्य 8:33-34
    2 पदहरू
    73%

    33तिमीहरूको अर्पणको काम पुरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू । किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुने छ ।

    34आजको दिनमा जे गरियो, त्यो तिमीहरूको प्रायश्‍चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो ।

  • 31यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।

  • गिन 19:3-4
    2 पदहरू
    73%

    3त्यो कोरली पुजारी एलाजारलाई दिनू । त्यसले यसलाई छाउनीबाहिर ल्याउनुपर्छ र कसैले यसलाई त्यसको सामु मार्नुपर्छ ।

    4पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।

  • 13त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।

  • 10जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ,

  • 7ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्छ?”

  • 9यदि कोही त्यसको सामु अचानक मर्छ र त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ ।

  • 15कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।

  • 27यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।

  • 6वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्‍थानदेखि नै सुरु गर ।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।

  • 26तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ ।

  • 35यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।

  • 19कुनै स्‍त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्‍म रहने छ, र त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने छ ।