गिन्ती 33:38
हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो ।
हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
39हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए ।
40कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्ने सुने ।
41तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।
37तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।
22मानिसहरू कादेशबाट हिँडे । इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय होर पर्वतमा आए ।
23एदोमको सिमानामा पर्ने होर पर्वतमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
24“हारून आफ्ना मानिसहरूकहाँ जानुपर्छ, किनभने मैले इस्राएललाई दिएको भूमिमा त्यो प्रवेश गर्ने छैन । यो तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो विरुद्ध विद्रोह गरेकाले गर्दा हो ।
25हारून र त्यसका छोरा एलाजारलाई होर पर्वतमाथि ले ।
26हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”
27मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए ।
28मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।
29जब हारून मरेका सारा समुदायले देखे, तब सारा जाति हारूनको निम्ति तिस दिनसम्म रोए ।
50जसरी तेरो दाजु हारून होर पर्वतमा मरेर आफ्ना मानिसहरूसित मिल्न गए त्यसरी नै तँ उक्लेर गएको डाँडामा तँ मर्ने छस्, र तँ तेरा मानिसहरूसित मिल्न जाने छस् ।
51जीनको उजाड-स्थानको कादेशमा मेरीबाको पानीमा इस्राएलीहरूका बिचमा तँ मेरो सामु अविश्वासयोग्य भएकोले र इस्राएलीहरूका बिचमा तैँले मलाई आदर र इज्जत नगरेकोले तँमाथि यो आइपर्ने छ ।
6(इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।
3चालिसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा मोशाले इस्राएलका सबै मानिसलाई परमप्रभुले तिनीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएका सबै कुरा तिनले तिनीहरूलाई बताइदिए ।
1¶ हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्यु भएपछि परमप्रभु मोशासँग बोल्नुभयो ।
2परमप्रभुले मोशालाई भन्नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु ।
12परमप्रभुले मोशालाई भन्नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।
13तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ ।
5त्यसैले परमप्रभुको वचनको प्रतिज्ञाअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।
7फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए ।
8परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
35हारूनले सेवा गर्दा त्यसले अलखा लगाओस् ताकि त्यो पवित्रस्थानमा परमप्रभुको सामु जाँदा र त्यहाँबाट आउँदा यसको आवाज सुनियोस् । त्यो नमरोस् भन्नाका लागि यसो गरिएको हो ।
1¶ यो परमप्रभु सीनै पर्वतमाथि मोशासँग बोल्नुहुँदा हारून र मोशाका सन्तानहरूको इतिहास हो ।
33हारूनका छोरा एलाजार पनि मरे । तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे, जुन तिनलाई दिइएको थियो । यो एफ्राइमको पहाडी देशमा थियो ।
1¶ यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे ।
8मोआबको मैदानमा इस्राएलीहरूले मोशाको निम्त चालिस दिनसम्म शोक गरेपछि तिनको शोकको समय सकियो ।
27परमप्रभुले हारूनलाई भन्नुभयो, “उजाड-स्थानमा मोशालाई भेट्न जा ।” हारून गए र तिनले मोशालाई परमेश्वरको पर्वतमा भेटी चुम्बन गरे ।
28परमप्रभुले मोशालाई भनेर पठाउनुभएका सबै कुरा र देखाउनू भनी आज्ञा गर्नुभएका सबै चिन्हको बारेमा मोशाले हारूनलाई बताए ।
3अनि मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो, ‘मेरो नजिक आउनेहरू सबैलाई म मेरो पवित्रता प्रकट गर्ने छु । म सबै मानिसहरूका सामु महिमित हुने छु ।’” हारूनले केही बोलेनन् ।
11तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
4तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे ।
5परमप्रभुले मोशालाई भन्नुभयो,
1¶ आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।
41तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”
36यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे ।
8परमप्रभु यसो भनेर हारूनसँग बोल्नुभयो,
1¶ मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।
50परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
33परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो,
1¶ परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
1¶ विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्नुभयो,
9तब मोशा, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु पर्वतमाथि उक्लेर गए ।
30परमप्रभुले मोशालाई भन्नुभएका सबै कुरा हारूनले बताए । तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए ।