गिन्ती 33:49

अनलक शाब्दिक बाइबल

तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 25:5 : 5 रातो रङले रङ्गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ,
  • निर्ग 25:10 : 10 तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।
  • निर्ग 25:23 : 23 तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।
  • गिन 25:1-9 : 1 ¶ इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्‍त्रीहरूसँग व्यभिचार गर्न थाले, 2 किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए । 3 इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्‍न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । 4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् । 5 त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।” 6 अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो । 7 जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए । 8 तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो । 9 त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो ।
  • यहो 2:1 : 1 ¶ नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासुसको रूपमा पठाए । तिनले भने, “जाओ, त्यो भूमिलाई हेर, विशेष गरी यरीहोलाई हेर ।” तिनीहरू गए र राहब नाउँ गरेकी वेश्याकहाँ आए र तिनीहरू त्यहीँ बास बसे ।
  • यहो 13:20 : 20 रूबेनले यी पनि प्राप्‍त गरेः बेथ-पोर, पिसगाको भीरालो भू-भाग, बेथ-यसीमोत,
  • यहे 25:9 : 9 यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्‍त पार्नेछु—

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 33:43-48
    6 पदहरू
    89%

    43तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले ।

    44तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।

    45तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले ।

    46तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले ।

    47तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।

    48तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।

  • 1¶ इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे ।

  • गिन 33:50-51
    2 पदहरू
    82%

    50परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,

    51“इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ ।

  • गिन 33:29-34
    6 पदहरू
    78%

    29तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले ।

    30तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले ।

    31तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले ।

    32तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले ।

    33तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।

    34तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।

  • गिन 21:11-13
    3 पदहरू
    77%

    11तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए ।

    12तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए ।

    13तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ । अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ ।

  • 5तिनीहरू यर्दन नदी तरे र बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले । अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे ।

  • 18त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।

  • 22तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले ।

  • गिन 33:15-16
    2 पदहरू
    76%

    15तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।

    16तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।

  • 49र यर्दनपारि पूर्वपट्टि यर्दन नदीको बेँसीको मैदानका सबै भूभागदेखि अराबाको समुद्रसम्म र पिसगा टापुको भिरसम्म पर्थ्यो ।

  • 1¶ यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले ।

  • 20र बमोतबाट मोआबको मैदानको बेसीँतिर यात्रा गरे । त्यहाँबाट नै पिसगा पर्वतको चुचुरोको फेदीमा मरुभूमी देखिन्छ ।

  • 3त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,

  • 17यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।

  • 46तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।

  • 29त्यसैले हामी बेथ-पोरको सामुन्‍नेको बेँसीमा बस्यौँ ।

  • 2तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले ।

  • 20रूबेनले यी पनि प्राप्‍त गरेः बेथ-पोर, पिसगाको भीरालो भू-भाग, बेथ-यसीमोत,

  • 25तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले ।

  • गिन 33:18-19
    2 पदहरू
    74%

    18तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले ।

    19तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले ।

  • गिन 33:6-7
    2 पदहरू
    74%

    6तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।

    7तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले ।

  • 10तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।

  • 1¶ योसेफको कुलको भू-भागको अंश यरीहोमा यर्दनबाट यरीहोको पानीका मुहानहरूको पूर्वतिर, मरुभूमितिर, बेथेलको पहाडी देश हुँदै यरीहोबाट माथि जान्छ ।

  • यहो 13:26-27
    2 पदहरू
    74%

    26हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म ।

    27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।

  • 37तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।

  • 41तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।

  • 3सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।

  • 1¶ परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,

  • 9अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार;