गिन्ती 35:20

अनलक शाब्दिक बाइबल

यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्‍ति मर्छ भने,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 21:14 : 14 कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्‍यो भने त्यो परमेश्‍वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।
  • व्यव 19:11 : 11 तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने
  • २ शमू 20:10 : 10 अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए ।
  • उत्प 4:8 : 8 कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।
  • २ शमू 3:27 : 27 जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्‍यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्‍नो भाइ असाहेलको रगतको बदला लिए ।
  • २ शमू 13:22 : 22 अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।
  • २ शमू 13:28-29 : 28 अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?” 29 त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्‍चर चढे र भागे ।
  • उत्प 4:5 : 5 तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए ।
  • १ राजा 2:5-6 : 5 सरूयाहका छोरा योआबले मलाई के गरे, र इस्राएलका दुई सेनापति अर्थात् नेरका छोरा अबनेर र येतेरका छोरा अमासलाई के गरे, सो तिमीलाई थाहै छ । तिनले दुवैलाई मारिदिए । तिनले शान्तिको समयमा युद्धको रगत बगाए, र युद्धको रगत आफ्नो कम्मरको पटुका र खुट्टाको जुत्तामा दले । 6 तिमीले सिकेको बुद्धिले योआबसित व्यवहार गर्नू, तर तिनको फुलेको कपाल शान्तिसित चिहानमा जान नपाओस् ।
  • १ राजा 2:31-33 : 31 राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ । 32 तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे । 33 त्यसैले तिनीहरूको रगतको दोष सदाको निम्ति योआब र तिनका सन्तानहरूका शिरमाथि परोस् । तर दाऊद र तिनका सन्तानहरू अनि तिनको वंश र तिनको सिंहासनमा भने सदासर्वदा परमप्रभुबाट शान्ति आओस् ।”
  • भजन 10:7-9 : 7 त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ । 8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्‍त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ । 9 सिंह झाडीमा लुकेझैं त्यो गुप्‍तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्‍छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ । 10 त्यसका पन्‍जामा परेकाहरूलाई टेकिन्‍छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
  • भजन 11:2 : 2 किनकि हेर, दुष्‍टहरूले आफ्‍ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्‍ना काँडहरू ताँदोमा चढाउँछन् ।
  • भजन 35:7-8 : 7 विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन् । 8 विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्‍यसमा तिनीहरू नै फसून् ।
  • भजन 57:4-6 : 4 मेरो जीवन सिंहहरूका माझमा छ । मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु । म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन् । 5 हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् । 6 तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्‍टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्‍यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला
  • नीति 1:18-19 : 18 यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् । 19 अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।
  • नीति 26:24 : 24 अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।
  • नीति 28:17 : 17 कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।
  • मर 6:19 : 19 तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्,
  • मर 6:24-26 : 24 तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।” 25 तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु ।” 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन् ।
  • लू 4:29 : 29 तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।
  • प्रेरि 20:3 : 3 उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।
  • प्रेरि 23:21 : 21 तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।”
  • १ शमू 18:10-11 : 10 भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो । 11 शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु ।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।
  • १ शमू 18:25 : 25 त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो ।
  • १ शमू 19:9-9 : 9 शाऊलमाथि आफ्‍नो हातमा भाला लिएर आफ्नो घरमा बसेको र ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो । 10 शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे । 11 शाऊलले दाऊदको घरमा तिनको चेवा गर्न दूतहरू पठाए, ताकि उनले तिनलाई बिहान् मार्न सकून् । दाऊदकी पत्‍नी मीकलले तिनलाई भनिन्, “तपाईंले आफ्नो जीवन आज राती बचाउनुभएन भने तपाईंलाई भोलि मारिनुहुनेछ ।” 12 त्यसैले मीकलले दाऊदलाई झ्यालबाट तल झारिन् । तिनी गए र भागे र बाँचे ।
  • १ शमू 20:1 : 1 ¶ तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”
  • १ शमू 23:7-9 : 7 दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, “परमेश्‍वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ 8 युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए । 9 शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”
  • १ शमू 24:11 : 11 हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्‍त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 35:21-28
    8 पदहरू
    91%

    21वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ ।

    22तर यदि दोष लगाइएको व्यक्‍तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्‍तिलाई लाग्यो भने,

    23वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ ।

    24त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।

    25समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।

    26तर यदि दोष लगाइएको व्यक्‍ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ,

    27र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन ।

    28किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।

  • गिन 35:15-19
    5 पदहरू
    87%

    15यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्‍ति भागेर जान सक्छ ।

    16तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।

    17यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।

    18यदि दोष लगाइएको व्यक्‍तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।

    19रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ ।

  • व्यव 19:11-12
    2 पदहरू
    83%

    11तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने

    12त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।

  • यहो 20:5-6
    2 पदहरू
    82%

    5यदि कोही मारिएको व्यक्‍तिको बदला लिन आउँछ भने, त्यस सहरका मानिसहरूले मार्ने व्यक्‍तिलाई अधिकारीहरूको हातमा सुम्‍पनुहुँदैन । तिनीहरूले यसो गर्नुहुँदैन, किनभने त्यसले आफ्नो छिमेकीलाई अनजानमा मार्‍यो, र विगतमा तिनको उनीसँग कुनै दुश्मनी थिएन ।

    6सहरमा न्यायको सभाको सामु खडा नभएसम्म ती दिनमा प्रधान पुजारीको सेवा गरिरहेका व्यक्‍तिको मृत्यु नभएसम्म त्यो व्यक्ति त्यस सहरमा रहनुपर्छ । त्यसपछि दुर्घटनावश मानिसलाई मार्ने व्यक्‍ति आफ्नो घर र आफ्नो सहरमा फर्कन सक्छ, जहाँबाट त्यो भागेको थियो' ।”

  • व्यव 19:4-6
    3 पदहरू
    79%

    4जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्‍यो भने मारेर त्यहाँ बस्‍न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो ।

    5उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्‍यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ ।

    6नत्रता बाटो लामो छ भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन ।

  • निर्ग 21:12-15
    4 पदहरू
    79%

    12कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्‍चय नै मारिनैपर्छ ।

    13त्यसले जानाजानी यसो नगरी भवितव्य पर्न गएको रहेछ भने म त्यो भागेर जान सक्‍ने ठाउँ तोकिदिनेछु ।

    14कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्‍यो भने त्यो परमेश्‍वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।

    15आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।

  • 17यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्‍यो भने, त्यो निश्‍चय नै मारियोस् ।

  • गिन 35:30-31
    2 पदहरू
    75%

    30कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्‍तिलाई मार्नु हुदैन ।

    31साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।

  • 3यसो गर ताकि जसले मानिसलाई अनजानमा मार्छ त्यो व्यक्‍ति त्यहाँ जान सक्छ । यी सहरहरू मारिएको व्य‍क्‍तिको रगतको बदला लिन खोज्‍नेबाट शरण-स्थान हुने छ ।

  • 42ताकि कुनै पनि व्यक्तिले पहिले दुश्मनी नभएका अर्को व्यक्तिलाई अजान अवस्थामा मारेको खण्डमा त्यहाँ भागेर जान सकोस् । यी सहरमध्ये कुनै एउटामा भागेर त्यसले आफ्नो ज्यान बचाउन सक्थ्यो ।

  • 18मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो

  • गिन 35:11-12
    2 पदहरू
    73%

    11तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्‍ति त्यो ठाउँमा भागेर जान सक्छ ।

    12यी सहरहरू बदला लिने व्यक्‍तिबाट बाँच्‍ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् ।

  • 17कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।

  • व्यव 13:9-10
    2 पदहरू
    73%

    9बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।

    10तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो ।

  • 2घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्यसलाई प्रहार गर्दा त्‍यो मर्‍यो भने त्यसलाई हिर्काउने हत्याको दोषी हुनेछैन ।

  • 32दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।

  • 9इस्राएलका मानिसहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूका निम्ति चुनेका सहरहरू यिनै हुन्, ताकि अनजानमा मानिसलाई मार्ने व्यक्‍ति सुरक्षाको निम्ति त्यहाँ भागोस् । यो व्यक्‍ति सभाको सामु पहिले न्यायको निम्ति खडा नभई त्यो व्यक्‍ति बगाइएको रगतको बदला लिन चाहनेको हातबाट नमरोस् ।

  • 1¶ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्याराको निधो भएन भने,

  • 19त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टता हटाउनू ।

  • 23तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण

  • 37तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने, “मलाई हिर्काऊ ।”

  • यहे 35:5-6
    2 पदहरू
    71%

    5किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्‍डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् ।

    6यसकारण, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्‍नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्‍नेछ ।

  • 15दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे ।

  • लैव्य 24:20-21
    2 पदहरू
    70%

    20चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।

    21जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।

  • 18त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो,

  • 11तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।

  • 4यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे, र त्यसलाई मृत्युदण्ड दिएनन् भने,