गिन्ती 8:18
मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु ।
मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13तैँले लेवीहरूका प्रायश्चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।
14१तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।
15त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ ।
16यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु ।
17इस्राएलका मानिसहरूको पशु र मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् । मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ ।
11परमप्रभुले मोशालाई भन्नुभयो,
12“हेर्, मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट लिएको छु । मैले यो इस्राएलका मानिसहरूका जेठा छोराहरूको सट्टा लिएको छु । लेवीहरू मेरा हुन् ।
13पहिले जन्मेका सबै मेरा हुन् । मैले मिश्र देशमा पहिले जन्मेकाहरूलाई आक्रमण गरेको दिन नै इस्राएलका मानिस र पशुहरू दुवैको पहिले जन्मेका सबैलाई मेरो निम्ति अलग गरेँ । तिनीहरू मेरा हुन् । म परमप्रभु हुँ ।”
14परमप्रभुले सीनैको मरुभूमिमा मोशालाई भन्नुभयो,
44तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्नुभयो,
45“इस्राएलका मानिसहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूलाई ले र मानिसहरूका गाईवस्तुहरूका सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई ले ।
46म परमप्रभु हुँ, लेवीहरू मेरा हुन् । लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच-पाँच शेकेल लिनुपर्छ ।
40परमप्रभुले मोशालाई भन्नुभयो, “एक महिना र त्यसभन्दा माथिका इस्राएलका मानिसहरूका सबै पहिले जन्मेका पुरुषहरूको गन्ती गर् । तिनीहरूका नाउँको सूची बना ।
41म परमप्रभु हुँ, तैँले मेरो निम्ति लेवीहरूलाई इस्राएलका मानिसहरूको पहिले जन्मेकाहरूको सट्टामा र इस्राएलका सन्तानहरूका गाईवस्तुहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई लिनुपर्छ ।”
42परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा-जेठाको गन्ती गरे ।
19मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्चित्त गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् ।
20मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे ।
6हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।
1¶ तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
2“इस्राएलीहरूमध्येका मानिस र पशुहरू दुवैबाट पहिले जन्मेका सबै नरलाई मेरो निम्ति अलग गर् । पहिले जन्मेकाहरू मेरा हुन् ।”
21हेर्, लेवीका सन्तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु ।
6“लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् ।
9तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् ।
10तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्नुपर्छ ।
11हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।
23लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।
24मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।”
25परमप्रभुले मोशालाई भन्नुभयो,
26“तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ' भनी तैँले लेवीहरूलाई भन्नुपर्छ' ।”
9तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ । इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन् ।
8परप्रभुले हारूनलाई भन्नुभयो, “हेर्, मलाई चढाइने बलिदानहरू र इस्राएलका मानिसहरूले मलाई दिने पवित्र भेटीहरू सम्भाल्ने जिम्मा मैले तँलाई दिएको छु ।
14इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुने छन् ।
15मानिसहरूले परमप्रभुलाई अर्पण गर्ने मानिस र पशु दुवैका गर्भ खोल्ने पहिलो जन्मेकाहरू सबै तेरै हुने छन् । तथापि, मानिसहरूले जेठा छोरालाई किनेर फिर्ता लिनुपर्छ र तिनीहरूले अशुद्ध पशुहरूका पहिलो जन्मेकाहरूलाई किनेर फिर्ता गर्नुपर्छ ।
22त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।
23परमप्रभुले मोशालाई भन्नुभयो,
49यसैले लेवीहरूद्वारा छुटकारा पाएका सङ्ख्याभन्दा धेरै भएकाहरूबाट मोशाले छुटकाराको मूल्य जम्मा गरे ।
50मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए ।
15हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस र पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो । त्यसकारण म हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु, र मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु ।'
5किनकि परमप्रभु तिमीहरूका परमेश्वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्नुभएको छ ।
5“तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।”
9त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्वरले तिनलाई भन्नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)
1¶ पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।
2आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।
12तिमीहरूले हरेकको गर्भको पहिले फल परमप्रभुको निम्ति अलग गर्नू ।
48गरिएन, किनभने परमप्रभुले मोशालाई भन्नुभयो,
30साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।”
34किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ ।
19सबै पहिला जन्मेकाहरू मेरा हुन् । तिमीहरूका गाईवस्तु, गोरु, भेडाका हरेक नर मेरा हुन् ।
33तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन् ।
21यिनीहरूमध्ये कसैलाई म पुजारीहरू र लेवीहरूको रूपमा पनि चुन्नेछु, परमप्रभु भन्नुहुन्छ ।