गिन्ती 9:22

अनलक शाब्दिक बाइबल

बादल पवित्र वासस्थानमाथि दुई दिनको, एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्थे र यात्रा गर्दैनथे । तर जब-जब बदल हट्थ्यो, तिनीहरूले यात्रा गर्थे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 40:36-37 : 36 पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे । 37 तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे ।
  • भजन 32:8 : 8 म तँलाई शिक्षा दिनेछु र तँ हिंड्‍नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्‍टि राखेर म तँलाई शिक्षा दिनेछु ।
  • भजन 48:14 : 14 किनकि यही परमेश्‍वर सदासर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।
  • भजन 73:24 : 24 तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।
  • भजन 77:20 : 20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।
  • भजन 107:7 : 7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् ।
  • भजन 143:10 : 10 तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस् ।
  • नीति 3:5-6 : 5 तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् । 6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
  • प्रेरि 1:4 : 4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्यौ
  • गिन 1:54 : 54 इस्राएलका मानिसहरूले यी सबै कुरा गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको सबै थोक तिनीहरूले गरे ।
  • गिन 8:20 : 20 मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे ।
  • गिन 9:17 : 17 जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे । जहाँ-जहाँ बादल रोकिन्थ्यो, त्यहाँ मानिसहरूले छाउनी लगाउँथे ।
  • गिन 23:21-22 : 21 उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ । 22 परमेश्‍वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्‍तिले मिश्रबाट ल्याउनुभयो ।
  • व्यव 1:6-7 : 6 “परमप्रभु हाम्रा परमेश्‍वर यसो भन्दै होरेबमा हामीसित बोल्नुभयो, 'तिमीहरू यस डाँडामा बसेको धेरै भइसकेको छ । 7 आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।
  • व्यव 2:3-4 : 3 तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ । अब उत्तरतिर फर्क । 4 मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ ।
  • निर्ग 39:42 : 42 यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे ।
  • निर्ग 40:16 : 16 मोशाले त्यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 9:15-21
    7 पदहरू
    90%

    15पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो ।

    16यो यसरी नै रहिरह्यो । बादलले पवित्र वासस्थान ढाक्यो र राती आगोजस्तो देखा पर्थ्यो ।

    17जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे । जहाँ-जहाँ बादल रोकिन्थ्यो, त्यहाँ मानिसहरूले छाउनी लगाउँथे ।

    18इस्राएलका मानिसहरू परमप्रभुको आज्ञामा नै यात्रा गर्थे र उहाँकै आज्ञामा छाउनी लगाउँथे ।

    19बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्थे, तिनीहरू छाउनीमा बस्थे । बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा पालन गर्थे र यात्रा गर्दैनथे ।

    20कहिले काहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्थ्यो । त्यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्थे । तिनीहरूले छाउनी लगाउँथे र उहाँको आज्ञामा फेरि यात्रा गर्थे ।

    21कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो । बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे । यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा, बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे ।

  • निर्ग 40:34-38
    5 पदहरू
    84%

    34तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।

    35भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।

    36पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे ।

    37तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे ।

    38किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्‍ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।

  • 23तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे र तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे ।

  • गिन 10:11-13
    3 पदहरू
    79%

    11दोस्रो महिनाको बिसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्यो ।

    12त्यसपछि इस्राएलका मानिसहरू सीनैको मरुभूमिबाट आफ्नो यात्रामा लागे ।

    13बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा पालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे ।

  • निर्ग 13:20-22
    3 पदहरू
    77%

    20इस्राएलीहरू सुक्‍कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे ।

    21परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो । रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो । यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे ।

    22परमप्रभुले दिनमा बादलको खाँबो र रातमा आगोको खाँबो मानिसहरूबाट हटाउनुभएन ।

  • गिन 10:33-34
    2 पदहरू
    77%

    33तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो ।

    34तिनीहरूले यात्रा गर्दा परमप्रभुको बादल दिनमा तिनीहरूसँग थियो ।

  • 12तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।

  • 33जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो ।

  • 17यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।

  • निर्ग 19:1-2
    2 पदहरू
    72%

    1¶ इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे ।

    2तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले ।

  • 19तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्‍नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे ।

  • 18मोशा बादलभित्र प्रवेश गरी पर्वतमा उक्ले । तिनी चालिस दिन चालिस रातसम्म पर्वतमा रहे ।

  • 28इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे ।

  • निर्ग 24:15-16
    2 पदहरू
    72%

    15त्यसैले मोशा पर्वतमा उक्लेर गए, अनि बादलले पर्वतलाई ढाक्यो ।

    16परमप्रभुको महिमा सीनै पर्वतमा आएर बस्यो, र बादलले छ दिनसम्म यसलाई ढाक्यो । सातौँ दिनमा उहाँले बादलभित्रबाट मोशालाई डाक्‍नुभयो ।

  • निर्ग 14:19-20
    2 पदहरू
    72%

    19इस्राएलीहरूको अगिअगि गएका परमेश्‍वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो ।

    20यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो । तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन् ।

  • 52इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्‍त्र समुहको झण्डाको नजिकै टाँग्‍नू ।

  • 14दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो ।

  • 2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ ।

  • 17त्यसपछि सबै छाउनीका बिचमा लेवीहरूसँगै छाउनीबाट भेट हुने पाल जानुपर्छ । तिनीहरू छाउनीबाट गएबमोजिम नै छाउनीमा आउनुपर्छ । हरेक मानिस आफ्नो झन्डामुनि आफ्‍नै स्थानमा हुनुपर्छ ।

  • 23कसैले कसैलाई देख्‍न सक्दैनथ्यो । तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन । तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो ।

  • 34यो परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरिएको थियो । इस्राएलीका मानिसहरूले परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा गरे । तिनीहरूले आ-आफ्नो झन्डाअनुसार छाउनी लगाए । तिनीहरू आ-आफ्ना पुर्खाहरूको परिवार-परिवारअनुसार आ-आफ्नो छाउनीबाट निस्कन्थे ।

  • 46त्यसैले तिमीहरू कादेशमा धेरै दिनसम्म बस्यौ । तिमीहरूले त्यहाँ पुरै दिनहरू बितायौ ।

  • 44तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।

  • 10कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो ।

  • 10पुजारीहरू पवित्रस्थानबाट बाहिर आउँदा परमप्रभुको मन्दिर बादलले भरियो ।

  • 2परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए ।

  • 15परमप्रभु बादलको खाँबोमा पालमा देखा पर्नुभयो । बादलको खाँबो पालको ढोकामाथि अडियो ।

  • 21कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे ।

  • 2“हरेक इस्राएलीले आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डाको वरिपरि छाउनी लगाउनू ।