फिलिप्पीहरू 4:14

अनलक शाब्दिक बाइबल

तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्‍यौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • फिलि 1:7 : 7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
  • इब्रा 13:16 : 16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ ।
  • ३ यूह 1:5-8 : 5 प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, 7 किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए । 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।
  • प्रका 1:9 : 9 म तिमीहरूका दाजु यूहन्‍ना र जसले राज्य र कष्‍टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।
  • फिलि 4:18 : 18 मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।
  • १ तिमो 6:18 : 18 तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।
  • इब्रा 10:34 : 34 किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्‍पत्ति छ ।
  • १ राजा 8:18 : 18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, 'तेरो ह्रदयमा मेरो नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा राम्रै छ ।
  • २ इति 6:8 : 8 तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
  • मत्त 25:21 : 21 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
  • रोमी 15:27 : 27 हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
  • १ कोरि 9:10-11 : 10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ । 11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र?
  • गलाती 6:6 : 6 जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • फिलि 4:15-19
    5 पदहरू
    84%

    15तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्केँ, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् ।

    16म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ ।

    17मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछु ।

    18मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।

    19र मेरा परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ ।

  • फिलि 4:9-10
    2 पदहरू
    76%

    9जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्‍त गर्‍यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर । र शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ ।

    10म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।

  • 7तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।

  • फिलि 2:17-18
    2 पदहरू
    75%

    17तर तिमीहरूको विश्‍वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु ।

    18त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ ।

  • 13जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।

  • 24तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।

  • इब्रा 10:33-34
    2 पदहरू
    73%

    33तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ ।

    34किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्‍पत्ति छ ।

  • फिलि 1:12-14
    3 पदहरू
    73%

    12भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।

    13किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ ।

    14र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।

  • फिले 1:6-8
    3 पदहरू
    73%

    6म प्रार्थना गर्छु, कि ख्रीष्‍टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस् ।

    7किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।

    8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि

  • फिलि 1:4-5
    2 पदहरू
    73%

    4तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु ।

    5पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्यवाद दिन्छु ।

  • 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।

  • 4तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु ।

  • 34तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।

  • 13तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ ।

  • गलाती 4:13-15
    3 पदहरू
    72%

    13तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।

    14मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्‍ट येशू भएझैँ गरी मलाई परमेश्‍वरका स्वर्गदूतको रूपमा स्वीकार गर्‍यौ ।

    15त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।

  • 4त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।

  • 9तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।

  • फिलि 1:18-19
    2 पदहरू
    71%

    18त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।

    19किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।

  • 12अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्‍वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।

  • 6तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ ।

  • 4प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर ।

  • फिलि 2:25-26
    2 पदहरू
    71%

    25तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।

    26किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।

  • फिलि 1:26-28
    3 पदहरू
    71%

    26परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।

    27ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ । सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ ।

    28र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो ।

  • 2कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।

  • 7यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।

  • 13म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ ।

  • 10तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति,

  • 20हो, भाइ, मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ; ख्रीष्‍टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।

  • 2तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर ।

  • 17त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर ।

  • 4किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थेँ ।

  • 30किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।