फिलिप्पीहरू 4:21

अनलक शाब्दिक बाइबल

ख्रीष्‍ट येशूमा भएका हरेक विश्‍वासीलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गलाती 1:2 : 2 मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
  • गलाती 2:3 : 3 तर तीतस, जो मसँगै थिए, जो एक ग्रिक थिए, तिनलाई समेत खतना गर्न कर लगाइएन ।
  • एफिसी 1:1 : 1 ¶ पावल, परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको एक प्रेरितबाट परमेश्‍वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य भएकाहरूलाई,
  • फिलि 1:1 : 1 ¶ ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
  • कलस्सी 4:10-14 : 10 मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर,” 11 र युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन् । परमेश्‍वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वनाका पात्र भएका छन् । 12 इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक । 13 यो कुरामा म तिनको साक्षी भएको छु, कि उनी तिमीहरूका लागि र लाउडिकियामा भएकाहरू अनि हिरापोलिसमा भएकाहरूका खातिर कडा परिश्रम गर्छन् । 14 प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
  • फिले 1:23-24 : 23 ख्रीष्‍टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् । 24 साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् ।
  • रोमी 16:3-9 : 3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, 4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् । 5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन् । 6 मरियमलाई अभिवादन देओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन् । 7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्‍ट छन्, जो मभन्दा पहिले नै ख्रीष्‍टमा थिए । 8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन । 9 उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ । 10 ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ । 11 मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ । 12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । परसीसलाई अभिवादन देओ, जसले प्रभुमा धेरै काम गरेका छन् । 13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन देओ । 14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ । 15 फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्‍वासीहरूलाई अभिवादन देओ । 16 एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
  • रोमी 16:21-22 : 21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् । 22 यो पत्र लेख्‍ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।
  • १ कोरि 1:2 : 2 कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • फिलि 4:22-23
    2 पदहरू
    90%

    22यहाँ भएका सबै विश्‍वासीहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

    23प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । आमेन ।

  • २ कोरि 13:12-14
    3 पदहरू
    83%

    12एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।

    13सबै विश्‍वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

    14प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।

  • १ कोरि 16:19-21
    3 पदहरू
    81%

    19एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।

    20सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।

    21म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।

  • रोमी 16:14-16
    3 पदहरू
    80%

    14असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ ।

    15फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्‍वासीहरूलाई अभिवादन देओ ।

    16एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

  • 23ख्रीष्‍टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् ।

  • 15मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्‍वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।

  • २ तिमो 4:21-22
    2 पदहरू
    79%

    21हिउँद लाग्‍नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि ।

    22प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।

  • इब्रा 13:24-25
    2 पदहरू
    78%

    24तिम्रा सबै विश्‍वासी र अगुवाहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

    25तिमीहरू सबैसँग अनुग्रह रहोस् ।

  • 14प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।

  • 26सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।

  • रोमी 16:21-24
    4 पदहरू
    77%

    21मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

    22यो पत्र लेख्‍ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।

    23गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।

    24[नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।

  • रोमी 16:8-11
    4 पदहरू
    76%

    8प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन ।

    9उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ ।

    10ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ ।

    11मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।

  • 18यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूमा अनुग्रह होस् ।

  • 5तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन् ।

  • 3ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर,

  • फिले 1:3-4
    2 पदहरू
    75%

    3परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

    4तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु ।

  • फिलि 1:1-2
    2 पदहरू
    75%

    1¶ ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।

    2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • 2कलस्सेमा ख्रीष्‍टमा भएका विश्‍वासीहरू र विश्‍वसनीय भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • 15लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर ।

  • 25हाम्रा येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।

  • 13तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।

  • 14तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ ।

  • २ थेस 3:17-18
    2 पदहरू
    74%

    17यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्‍ने चिन्ह हो ।

    18हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।

  • 24ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।

  • 21प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।

  • 7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।

  • 2मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।

  • 23परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम र शान्ति होस् ।

  • 2हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।

  • 2हाम्रा पिता परमेश्‍वर र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • 9तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।

  • 19जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।