नीतिवचन 13:11

अनलक शाब्दिक बाइबल

बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 20:21 : 21 सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।
  • नीति 10:2 : 2 दुष्‍टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ ।
  • याक 5:1-5 : 1 ¶ अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर । 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ । 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ । 5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ ।
  • नीति 28:8 : 8 धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।
  • नीति 28:20 : 20 विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।
  • नीति 28:22 : 22 कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।
  • नीति 27:23-27 : 23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे । 24 किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र? 25 पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ । 26 ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् । 27 तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।
  • अय्यू 20:15 : 15 उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्‍ता गर्छ । परमेश्‍वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्‍छ ।
  • अय्यू 27:16-17 : 16 दुष्‍ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि, 17 उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्‍नो बिचमा बाँड्‍नेछन् ।
  • भजन 128:2 : 2 तिम्रो हातले जे दिन्‍छ, त्‍यसमा तिमी आनन्‍दित हुनेछौ । तिमी आशिषित् र सम्‍वृद्ध हुनेछौ ।
  • अय्यू 20:19-22 : 19 किनकि उसले गरिब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ । आफूले नबनाएका घरहरूलाई उसले जबरजस्‍ती कब्जा गरेको छ । 20 ऊ आफैमा सन्तुष्‍ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्‍नेछैन । 21 उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन । 22 आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्‍टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ ।
  • नीति 13:22-23 : 22 असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ । 23 गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।
  • उप 5:14 : 14 जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।
  • यिर्मि 17:11 : 11 तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्यायपूर्वक धनी बन्‍न सक्छ, तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्यसलाई छाड्नेछन्, र अन्त्यमा त्यो मूर्ख हुनेछ ।”
  • हब 2:6-7 : 6 के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्‍कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’ 7 के तँलाई टोक्‍नेहरू अचानक उठ्नेछैनन्, अनि तँलाई त्रासमा राख्‍नेहरू जाग्‍नेछैनन्? तँ तिनीहरूका निम्ति शिकार बन्‍नेछस् ।
  • अय्यू 15:28-29 : 28 र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए । 29 ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 10:4-5
    2 पदहरू
    78%

    4अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।

    5बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्‍नेले अपमान ल्याउँछ ।

  • 10घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्‍नेसित बुद्धि हुन्छ ।

  • नीति 14:23-24
    2 पदहरू
    77%

    23सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ ।

    24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।

  • उप 5:10-14
    5 पदहरू
    76%

    10चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्‍ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।

    11जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?

    12धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्‍न दिँदैन ।

    13सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।

    14जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।

  • 8धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।

  • नीति 28:19-20
    2 पदहरू
    76%

    19आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ ।

    20विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।

  • 7कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्‍चै धनी हुन्छ ।

  • 4धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।

  • 6निश्‍चय नै हरेक मानिस छाया झैं हिंड्‍डुल गर्छ । निश्‍चय नै हरेक व्‍यक्‍ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।

  • 24जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।

  • नीति 10:15-16
    2 पदहरू
    75%

    15धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो ।

    16धर्मी मानिसको ज्यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ ।

  • 11तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्यायपूर्वक धनी बन्‍न सक्छ, तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्यसलाई छाड्नेछन्, र अन्त्यमा त्यो मूर्ख हुनेछ ।”

  • नीति 21:5-6
    2 पदहरू
    74%

    5परिश्रमीका योजनाहरूले केवल उन्‍नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।

    6झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो ।

  • 21किनकि बुद्धि, ज्ञान र सिपले काम गर्ने कुनै मानिस होला, तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने छ । यो पनि बाफ र ठुलो दुर्भाग्य हो ।

  • 16आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।

  • नीति 11:28-29
    2 पदहरू
    74%

    28आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।

    29आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।

  • 11आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ ।

  • 21सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।

  • 4अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्‍ट हुने छ ।

  • 10थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्‍यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्‍नो हृदय तिनमा नलगाओ ।

  • 22कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।

  • 26परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ ।

  • 12आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।

  • 19अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।

  • 10परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।

  • नीति 13:22-23
    2 पदहरू
    73%

    22असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ ।

    23गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।

  • 31आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।

  • 6बतासलाई खेद्‍ने कोसिसबाट प्राप्‍त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्‍त एक मुट्ठी लाभ उत्तम हुन्छ ।

  • 17मोजमज्‍जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन ।

  • 15अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्‍याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ ।

  • 18अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ ।

  • 21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”

  • 9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?

  • 27अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ ।

  • 11पैतृक-सम्पत्तिजस्तै बुद्धि राम्रो कुरो हो । यसले सूर्य देख्‍नेहरूलाई लाभ दिन्छ ।

  • 11गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।

  • 11धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।

  • 18आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्‍नेछैन । आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन ।

  • 6धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ ।