नीतिवचन 15:26

अनलक शाब्दिक बाइबल

परमप्रभुले दुष्‍ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 19:14 : 14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्‍दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्‍टिमा ग्रहणयोग्य होऊन् ।
  • भजन 37:30-31 : 30 धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ । 31 आफ्‍नो परमेश्‍वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।
  • भजन 45:1 : 1 ¶ असल विषयले मेरो हृदय भरिएर पोखिन्छ । राजाको बारेमा मैले लेखेका शब्दहरू म ठुलो सोरले पढ्‍नेछु । मेरो जीब्रो तयार लेखको कलम हो ।
  • नीति 6:16-19 : 16 छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ । 17 अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात, 18 दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा, 19 झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।
  • नीति 15:23 : 23 उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!
  • नीति 24:9 : 9 मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् ।
  • यिर्मि 4:14 : 14 ए यरूशलेम, दुष्‍टताबाट आफ्‍नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्‍न सक्‍छस् । तेरा गहिरा-गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्‍ने विषयमा हुनेछ?
  • मत्त 12:34-37 : 34 ए सर्पका सन्तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ । 35 एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ । 36 र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् । 37 किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
  • मत्त 15:19 : 19 किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।

  • नीति 15:8-9
    2 पदहरू
    78%

    8परमप्रभुले दुष्‍ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।

    9परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्‍नेलाई उहाँले प्रेम गर्नुहुन्छ ।

  • 22परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्‍वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।

  • नीति 12:5-6
    2 पदहरू
    75%

    5धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्‍टको सल्लाह छलपूर्ण हुन्छ ।

    6दुष्‍ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् ।

  • 32किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्‍वासमा ल्याउनुहुन्छ ।

  • 27अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्‍टको लागि घृणित हुन्छ ।

  • 3किनकि दुष्‍ट व्‍यक्‍तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष्‌ ‌‌दिन्छ र परमप्रभुको अपमान गर्छ ।

  • 27दुष्‍टको बलिदान घृणित हुन्छ । त्यसले खराब अभिप्राय लिएर ल्याउँदा यो झनै घृणित हुन्छ ।

  • नीति 6:16-18
    3 पदहरू
    73%

    16छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ ।

    17अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात,

    18दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा,

  • 7किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्‍टता मेरो ओठको लागि घृणित कुरो हो ।

  • नीति 10:31-32
    2 पदहरू
    73%

    31धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।

    32धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।

  • 6परमप्रभुका वचनहरू पृथ्वीको भट्टिमा सातपल्‍ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्‍छन् ।

  • 6तपाईंले झुट बोल्नेहरूलाई नष्‍ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।

  • नीति 15:27-28
    2 पदहरू
    72%

    27चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।

    28जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।

  • 12राजाले दुष्‍ट कामहरू गर्दा त्यसलाई तुच्छ ठानिनुपर्छ, किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ ।

  • 1¶ बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।

  • 15दुष्‍ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् ।

  • 13परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्‍ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।

  • 16किनकि यस्ता कुराहरू गर्ने अर्थात् बेइमानीपूर्वक काम गर्ने सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित हुन् ।

  • 4निश्‍चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्‍वर हुनुहुन्‍न । दुष्‍ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।

  • 25त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्‍वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् ।

  • भजन 36:3-4
    2 पदहरू
    71%

    3त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।

    4त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्‍ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।

  • 5धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्‍टले आफैलाई घृणित तुल्याउँछ, र लज्‍जास्पद कुरो गर्छ ।

  • 8दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।

  • 4खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।

  • 27शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्‍नुहुन्छ ।

  • 16खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।

  • 9मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् ।

  • 29परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो ।

  • 23धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।

  • 10बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन्, र त्यहाँ झुटा कुराहरू छन्, जुन घृणास्पद छन् ।

  • 20खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।

  • 19किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।

  • 2परमप्रभुले असल मानिसलाई स्‍नेह देखाउनुहुन्छ, तर दुष्‍ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।

  • 5अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्‍चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् ।

  • 25परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ ।

  • 2किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ ।

  • 12धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।

  • 11दुष्‍ट मानिसहरूको घर नष्‍ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।

  • 26कुनै पनि शुद्ध व्‍यक्‍तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ ।

  • नीति 22:11-12
    2 पदहरू
    70%

    11शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।

    12परमप्रभुको दृष्‍टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्‍वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।

  • 11पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला?