नीतिवचन 25:16
मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।
मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ ।
14तेरो प्राणको लागि बुद्धि यही होः तैँले यसलाई भेट्टाइस् भने तेरो भविष्य सुन्दर हुने छ, र तेरो आशा निराश हुने छैन ।
7पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ ।
6दुष्ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्ट खानेकुराको लालसा नगर् ।
7किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, “खाऊ र पिऊ ।” तर त्यसको हृदय तँसित हुँदैन ।
8तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् ।
27अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो ।
17आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्क भएर तँलाई घृणा गर्छ ।
24मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्डीहरूका लागि चङ्गाइ हुन्छ ।
2तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्कु राख् ।
3तिनको स्वादिष्ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो ।
10तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।
15धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्डीलाई गलाउन सक्छ ।
20आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्ट हुन्छ ।
103तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!
17छलद्वारा प्राप्त रोटीको स्वाद मिठो होला, तर पछि त्यसको मुखभरि रोडा हालेसरह हुन्छ ।
12नत्रता तिमीहरूले अघाउञ्जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ ।
17“चोरीको पानी मिठो हुन्छ, र गुप्तमा खाएको रोटी स्वादिष्ट हुन्छ ।”
12उसको मुखमा दुष्टता गुलियो भए पनि, उसले त्यसलाई आफ्नो जिब्रोमुनि लुकाए पनि,
13उसले त्यो त्यहीं राख्छ अनि त्यसलाई, फुत्किन दिंदैन तर त्यो आफ्नो मुखेमा राख्छ भने पनि,
14उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्यो सर्पको विषझैं बन्छ ।
15उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्ता गर्छ । परमेश्वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्छ ।
25त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे र त्यहाँ जमिनमा मह थियो ।
26जब मानिसहरू जङ्गलभित्र पसे, तब मह बग्न थाल्यो, तर कसैले पनि महमा हात लगाएन, किनभने मानिसहरू शपथदेखि डराएका थिए ।
24तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल ।
16स्वधर्मी नबन्; तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन् । तँ किन आफैलाई नष्ट गर्छस्?
2यसरी तैँले विवेकको विषयमा सिक्ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्ने छ ।
3किनकि व्यभिचारी स्त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
17महको धारा अर्थात् तरलता, र घिउको आनन्द उसले लिन पाउनेछैन ।
25आफ्नो भोक तृप्त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्टको पेट सधैँ भोकभोकै हुन्छ ।
5“आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।
29तब जोनाथनल भने, “मेरो बुबाले देशलाई कष्ट दिनुभएको छ । हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन् ।
10तिमीहरू खाएर अघाउने छौ, अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्यको भन्ने छौ ।
18किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
7मानिसका सबै काम त्यसको मुखको लागि हो, तापनि त्यसको भोक सन्तुष्ट हुँदैन ।
10चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।
15जब उनले खराबलाई इन्कार गर्न र असललाई रोज्न जान्दछन्, तब उनले दही र मह खानेछन् ।
2जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।
20मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्,
14तिमीहरूले खानेछौ तर तृप्त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।
17तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्!
19मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्धित बास्ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस् किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
11र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्त हुने छौ,
16भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।
20हे मेरो छोरो, तँ किन व्यभिचारी स्त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्त्रीलाई अङ्गालो हाल्ने?
10तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
12धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्न दिँदैन ।
32आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।
25तिमीहरूले रगत नखाओ । तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठिक छ त्यो गर्यौ भने तिमीहरू र तिमीहरूका छोराछोरीहरूको भलो हुने छ ।