नीतिवचन 27:15
झगडालु पत्नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो ।
झगडालु पत्नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो ।
14घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाट आउँछ ।
16त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्नुझैँ हो ।
23जसरी उत्तरी बतासले पक्कै वृष्टि ल्याउँछ, त्यसै गरी गुप्त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ ।
24झगडालु पत्नीसँग एउटै घरमा बस्नुभन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।
19झगडालु र रिसालु पत्नीसित बस्नुभन्दा उजाड्-स्थानमा बस्नु बेस हुन्छ ।
20इच्छा गरिएको खजाना र तेल बुद्धिमान्को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।
9झगडालु पत्नीसित एउटै घरमा बस्नुभन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।
14कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्लाई श्राप ठानिन्छ ।
11त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।
12त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।
14द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल ।
13मूर्ख स्त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।
14त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।
23विवाह गर्ने माया नपाएकी स्त्री र आफ्नी मालिक्नीलाई पन्छाएर उक्त ठाउँमा बस्ने नोकर्नी ।
21जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।
1¶ बुद्धिमान् स्त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।
22विवेकहीन सुन्दरी स्त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
7जसरी इनारले ताजा पानी दिन्छ, त्यसरी नै यो सहरले निरन्तर दुष्टता उत्पादन गर्छ । त्यसको भित्र हिंसा र उपद्रव सुनिन्छ । रोग र घाउहरू मेरो अनुहारको सामु निरन्तर छन् ।
26पासो र जालहरूले भरिएकी कुनै पनि स्त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ । परमेश्वरलाई खुसी पार्ने जो कोही त्यस स्त्रीबाट भाग्ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे ।
3किनकि व्यभिचारी स्त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
4तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
26हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।
28टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्ठ मित्रहरूमा पनि फाटो आउँछ ।
18त्यो घातक काँड हान्ने बौलाहा मानिसजस्तो हो,
17त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।
9बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।
4मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।
27किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्त्री एउटा साँघुरो इनार हो ।
3ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ ।
29कोसित कष्ट छ? कोसित शोक छ? कोसित कलह छ? कोसित गुनासो छ? कोसित विनाकारण चोट छ? कसका आँखा राताराता छन्?
11के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र?
16अनुग्रही स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
18रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।
22रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।
26उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।
26वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।
20व्यभिचारी स्त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”
17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
14व्यभिचारी स्त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।
5तर यस विधवाले मलाई सताउँछे । त्यसैले, मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु’ ।”
3एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।
1¶ कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो ।
30सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्ने स्त्रीको नै प्रशंसा गरिने छ ।
4चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्नीचाहिँ आफ्नो हड्डी सडाउने रोगजस्तै हो ।
16पाताल, बाँझी स्त्री, पानीले कहिल्यै सन्तुष्ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्ने आगो ।