नीतिवचन 3:18
बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्नेहरू खुसी हुन्छन् ।
बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्नेहरू खुसी हुन्छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13बुद्धि प्राप्त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
14तैँले बुद्धिबाट प्राप्त गर्ने कुरो चाँदीबाट प्राप्त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ ।
15बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन ।
16बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।
17त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।
6बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ ।
7बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्त गर्, र समझशक्ति प्राप्त गर्न सबै मूल्य चुका ।
8बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्जत गर्ने छ ।
9बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”
10हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ ।
34मेरो कुरा सुन्ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।
35किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ ।
13निर्देशनलाई समातेर राख्; यसलाई जान नदे । यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो ।
22किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो ।
18किनकि त्यसको घरले मृत्युमा डोर्याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्याउने छन् ।
19त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।
20त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।
30धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
21मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।
22पत्नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्त गर्छ ।
31उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।
18किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
16अनुग्रही स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
2बाटोको छेउका उच्च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।
8बुद्धि प्राप्त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।
2किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् ।
25उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्न सक्छिन् ।
26उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।
18तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित भएको होस् ।
19किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
3तिम्रो घरमा तिम्री पत्नी फल्दोफुल्दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।
26पासो र जालहरूले भरिएकी कुनै पनि स्त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ । परमेश्वरलाई खुसी पार्ने जो कोही त्यस स्त्रीबाट भाग्ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे ।
20सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।
16“कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।
28उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्,
6त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
25तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।
22ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्नेहको गहना हुने छन् ।
18मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
19बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।
21असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्जत पाउँछ ।
4“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।
10किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ ।
16उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।
1¶ बुद्धिमान् स्त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।
9ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन् ।
8यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।
12त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।