भजनसंग्रह 106:36

अनलक शाब्दिक बाइबल

र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 7:16 : 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्‍ट गर्नू, र तिनीहरूलाई दया नदेखाउनू । तिनीहरूका देवी-देवताको पुजा नगर्नू किनकि त्यो तिमीहरूका निम्ति पासो हुने छ ।
  • निर्ग 23:33 : 33 तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”
  • न्या 2:3 : 3 यसैले म अब भन्छु, ‘तिमीहरूको अगिबाट म कनानीहरूलाई बाहिर निकाल्नेछैनँ, तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन् ।’”
  • न्या 2:12-15 : 12 तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरसँग तिनीहरूले सम्बन्ध तोडे । तिनीहरूले अन्य देवताहरू, तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए, र तिनीहरूलाई उनीहरूलाई ढोगे । तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने, 13 तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे । 14 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् । 15 जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे ।
  • न्या 2:17 : 17 तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्‍वासहीन भए र आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन् ।
  • न्या 2:19 : 19 तर न्यायकर्ता मरेपछि, तिनीहरू खराब बाटोतर्फ लाग्थे र तिनीहरूका पुर्खाहरूले गरेकाभन्दा पनि भ्रष्‍ट कामहरू गर्थे । तिनीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूको पुजा गर्न तिनीहरूको पछि लाग्थे । तिनीहरूले आफ्ना कुनै पनि दुष्‍ट काम वा तिनीहरूका हठी चालहरूलाई त्याग्‍न इन्कार गरे ।
  • न्या 3:5-7 : 5 यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्‍जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे । 6 तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे । 7 परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
  • न्या 10:6 : 6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।
  • २ राजा 17:8-9 : 8 र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए । 9 इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए । 10 हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए । 11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,
  • २ राजा 17:16-17 : 16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे । 17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए ।
  • २ इति 33:2-9 : 2 तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । 3 तिनका पिता हिजकियाले नाश गरेका डाँडाका थानहरू तिनले फेरि बनाए, र तिनले बाल देवताहरूका निम्ति वेदीहरू खडा गरे, अशेराका खम्बाहरू बनाए, र तिनले आकाशका सबै ताराका सामु निहुरे र तिनको पुजा गरे । 4 “यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ” भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए । 5 तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए । 6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे र तिनले उहाँलाई रिस उठाए । 7 तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्‍वरको मन्दिरभित्र राखे । यस मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनसित बोल्‍नुभएको थियो । गहाँले यसो भन्‍नुभएको थियोः “मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु । 8 इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्‍यवस्‍था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।” 9 परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे ।
  • भजन 78:58 : 58 किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।
  • यहे 16:15-63 : 15 तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो । 16 तब आफ्‍ना केही वस्‍त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्‍यहीं नै तैंले वेश्‍याले झैं व्यवहार गरिस् । यस्‍तो नहुनुपर्थ्‍यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो । 17 मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ । 18 तैंले आफ्‍ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस्‌ । 19 मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्‍धित बास्‍ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस्‌ किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 20 अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस्‌ । के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन्? 21 तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्‍ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् । 22 तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस्‌, जति बेला तँ नाङ्गो, वस्‍त्रहीन र भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌ । 23 धिक्‍कार! तँलाई धिक्‍कार!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— यसकारण, यी सबै दुष्‍टताका साथै 24 तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस्‌ । 25 हरेक चोकमा आफ्‍नो निम्‍ति एउटा अल्‍गो देवता-थान बनाइस्‌ र तैंले आफ्‍नो सुन्‍दताको अपमान गरिस्, अनि त्‍यहाँबाट जाने सबैलाई आफ्‍ना खुट्टाहरू फैलाइस् र तैंले आफ्‍नो वेश्‍यावृत्तिका कामहरू बढाइस्‌ । 26 यौनले उन्‍मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्‍यावृत्ति गरेको छस्, र वेश्‍यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस्‌ । 27 हेर्, म आफ्‍नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्‍द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्‍तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए । 28 तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् । 29 कल्‍दीका व्‍यापारीहरूका देशमा पनि तैंले धैरै वेश्‍यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्‍तुष्‍ट बनाएन । 30 तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस्? 31 हरेक गल्‍लीको मोडमा आफ्‍नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्‍याजस्‍तो थिइनस्, किनभने ज्‍याला लिन तैंले इन्‍कार गरिस् । 32 तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् । 33 मानिसहरूले त हरेक वेश्‍यालाई ज्‍याला दिन्‍छन्, तर तैंले चाहिं उल्‍टो आफ्‍ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्‍यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्‍छेस्‌ । 34 यसैले तँ र अरू स्‍त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्‍याला दिंदैन । 35 यसकारण ए वेश्‍या, परमप्रभुको वचन सुन्‌ । 36 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्, 37 यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु । 38 किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु । 39 तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ । 40 तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ । 41 तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्‍त्रीले देख्‍ने गरी तँलाई धेरै किसिमका दण्‍ड दिनेछन्‌, किनकि म तेरो वेश्‍यावृत्ति रोक्‍नेछु, र तैंले आफ्‍ना प्रेमीहरूलाई फेरि ज्‍याला दिनेछैनस्‌ । 42 तब तेरो विरुद्धमा भएको मेरो क्रोध म शान्त पार्नेछु । मेरो रिसले तँलाई छोड्नेछ किनकि म सन्तुष्‍ट हुनेछु, र पेरि कहिलै रिसाउनेछैनँ । 43 तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र? 44 हेर्, उखान भन्‍ने हरेकले तेरो विषयमा यो उखान भन्‍नेछः “जस्‍तो आमा उस्‍तै छोरी ।” 45 तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो । 46 तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए । 47 तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू र अभ्‍यासहरू मात्र नक्‍कल गरिनस्‌ तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्‌ । 48 जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् । 49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन । 50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्‍दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् । 51 सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् । 52 विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस्‌ । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्‌ । 53 किनकि म तिनीहरूका सुदिन— सदोम र त्‍यसका छोरीहरूका सुदिन र सामरिया र त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ । 54 यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् । 55 तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्‍यसका छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछौ । 56 तँ अहङ्कारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्‍झना गरिनस्, 57 तेरो दुष्‍टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्‍यसका वरिपरिका पलिश्‍तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् । 58 तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 59 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्‍यवहार गर्नु उचित हुन्‍छ त्‍यस्‍तै व्‍यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्‍छ ठानेकी छस्‌ । 60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु । 61 तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन । 62 म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । 63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 20:28-32 : 28 जब मैले शपथ खाएर तिनीहरूलाई दिन्‍छु भनेको देशमा मैले तिनीहरूलाई ल्‍याएँ, तब जहाँ तिनीहरूले कुनै अग्‍लो डाँडा वा कुनै झ्‍याम्‍म पातहरू भएको रूख देखे, त्‍यहाँ तिनीहरूले आफ्‍ना बलिदानहरू चढाए । अनि आफ्‍ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्‍यहाँ तिनीहरूले आफ्‍ना सुगन्‍धित धूप पनि बाले र आफ्‍ना अर्घ-बलि चढाए । 29 तब मैले तिनीहरूलाई सोधें, “तिमीहरूले भेटी चढाउने गरेको अग्‍लो ठाउँ के हो?” आजको दिनसम्‍म त्‍यो ठाउँलाई बामा भनिन्‍छ । 30 यसकारण इस्राएलको घरानालाई यसो भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरू आफ्‍ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ? घिनलाग्‍दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ? 31 जब तिमीहरू आफ्‍ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्‍ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्‍म पनि तिमीहरूले आफ्‍ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ । 32 तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्‍छौ, “हामीहरू अरू जातिहरूजस्‍तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।”
  • निर्ग 34:15-16 : 15 त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ 16 अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।
  • यहो 23:13 : 13 यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।”

  • भजन 106:37-39
    3 पदहरू
    78%

    37तिनीहरूले आफ्‍ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए ।

    38तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।

    39तिनीहरू आफ्‍ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए ।

  • 35तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके,

  • 26तिनीहरू आफूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले र तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो ।

  • 33तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”

  • 33तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे ।

  • भजन 106:19-20
    2 पदहरू
    73%

    19तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे ।

    20तिनीहरूले परमेश्‍वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे ।

  • न्या 2:11-13
    3 पदहरू
    73%

    11इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो त्यही गरे र तिनीहरूले बाल देवताको सेवा गरे ।

    12तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरसँग तिनीहरूले सम्बन्ध तोडे । तिनीहरूले अन्य देवताहरू, तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए, र तिनीहरूलाई उनीहरूलाई ढोगे । तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने,

    13तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे ।

  • 8तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्‍नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।

  • 18तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई त्यागे र अशेरा देवीका खम्बाहरू र मूर्तिहरूको पुजा गरे । तिनीहरूका यस खराबीले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो ।

  • 3यसैले म अब भन्छु, ‘तिमीहरूको अगिबाट म कनानीहरूलाई बाहिर निकाल्नेछैनँ, तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन् ।’”

  • २ राजा 17:15-17
    3 पदहरू
    72%

    15तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो ।

    16तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे ।

    17तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए ।

  • भजन 106:28-29
    2 पदहरू
    72%

    28तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए ।

    29तिनीहरूले आफ्‍ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।

  • भजन 106:42-43
    2 पदहरू
    71%

    42तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्‍ना अधिकारीको अधीनमा पारियो ।

    43तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्‍ट आउनुभयो, तर तिनीहरूले निरन्‍तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।

  • 17तिनीहरूका बिचमा भएका काठ र ढुङ्गा, चाँदी र सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ ।

  • 41यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे, अनि तिनीहरूका छोराछोरी र नातिनातिनाले पनि त्‍यसै गरे । आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्‍तर त्‍यसै गर्दैछन् ।

  • 41ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए ।

  • न्या 3:6-7
    2 पदहरू
    70%

    6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।

    7परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।

  • व्यव 32:16-17
    2 पदहरू
    70%

    16तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए ।

    17तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये ।

  • 2किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए ।

  • 2जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।

  • 4जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।

  • 6इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।

  • 37किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्‍ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् ।

  • 24तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्‍कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।

  • 9अरूहरूले जवाफ दिने छन्, ' तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो' ।”

  • 16मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे र मेरा विधिहरूमा हिंडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए ।

  • 8मैले आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै विचलित भएका छन् । तिनीहरूले आफ्ना लागि गाईको मूर्ति बनाएर यसको पूजा गरेका छन् र बलिदान चढाएका छन् । तिनीहरूले भनेका छन् 'हे इस्राएल हो, मिश्र देशबाट तिमीहरूलाई बाहिर ल्याउने देव यिनै हुन्' ।”

  • 16अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।

  • 39किनभने तिनीहरूले आफ्‍ना छोराछोरीलाई आफ्‍ना मूर्तिहरूका निम्‍ति बलि चढाएका, अनि त्‍यसै दिन तिनीहरू मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्‍दिरको बिचमा यसो गरेका छन् ।

  • 28त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् ।

  • 9तब अर्कोले जवाफ दिनेछ, 'किनकि तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको करारलाई त्यागे र अरू देवताहरूको सामु निहुरे र तिनीहरूको पुजा गरे ।”

  • 22अरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई त्‍यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्‍थापना गरे र तिनीहरूको सामु दण्‍डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो ।’”

  • 2अब तिनीहरू झन् धेरै पाप गर्छन् । आफ्ना चाँदीलाई ढालेर तिनीहरू मूर्तिहरू बनाउँछन्, सकेसम्‍म राम्रो सिपले ती मूर्तिहरू बनाउँछन्, र ती सबै शिल्पकारका काम हुन् । मानिसहरूले तिनीहरूका बारेमा भन्छन्, ‘बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन् ।’

  • 56तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।

  • 16त्यसैकारण त्यसले आफ्नो माछी-जालमा बलि चढाउँछ र महाजालमा धूप बाल्छ, किनभने आफ्नो जालद्धारा त्यो विलासितामा जिउँछ, र त्यसको भोजन उत्तम हुन्छ ।

  • 35अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।

  • 2तिनीहरू एकसाथ झुक्छन् र घुँडा टेक्छन् । तिनीहरूले मुर्तिहरूलाई छुटकारा दिन सक्दैनन् र तिनीहरू आफै कैदमा गएका छन् ।

  • 19तर न्यायकर्ता मरेपछि, तिनीहरू खराब बाटोतर्फ लाग्थे र तिनीहरूका पुर्खाहरूले गरेकाभन्दा पनि भ्रष्‍ट कामहरू गर्थे । तिनीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूको पुजा गर्न तिनीहरूको पछि लाग्थे । तिनीहरूले आफ्ना कुनै पनि दुष्‍ट काम वा तिनीहरूका हठी चालहरूलाई त्याग्‍न इन्कार गरे ।