भजनसंग्रह 111:5

अनलक शाब्दिक बाइबल

विश्‍वासयोग्यतासाथ उहाँको अनुसरण गर्नेहरूलाई उहाँले भोजन दिनुहुन्छ । उहाँले आफ्‍नो करार सधैं सम्झिनुहुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 105:8 : 8 उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।
  • भजन 106:45 : 45 उहाँले तिनीहरूसँगको आफ्‍नो करारलाई सम्झिनुभयो र आफ्‍नो अटल प्रेमको कारणले नरम हुनुभयो ।
  • यशा 33:16 : 16 यो त्‍यो मानिस हो जो उच्‍च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्‍तर हुनेछ ।
  • दानी 9:4 : 4 परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ ।
  • मत्त 6:26-33 : 26 आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र? 27 अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र? 28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् । 29 र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् । 30 यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्‍वासीहरू हो? 31 त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’ 32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्‍ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्‍नुहुन्छ । 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
  • लू 1:72 : 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।
  • लू 12:30 : 30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ ।
  • नहे 1:5 : 5 तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ ।
  • भजन 34:9-9 : 9 ए परमप्रभुका पवित्र मानिस हो, उहाँको भय मान । उहाँको भय मान्‍नेहरूलाई कुनै कुराको खाँचो हुँदैन । 10 जवान सिंहहरूलाई कहिलेकाहीं खानाकुरा खाँचो पर्छ र भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुरा खाँचो हुँदैन ।
  • भजन 37:3 : 3 परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्‍वस्‍ततामा उपभोग गर ।
  • भजन 89:34 : 34 म आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 111:3-4
    2 पदहरू
    77%

    3उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।

    4उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।

  • 6उहाँले जातिहरूका उत्तराधिकार आफ्‍ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्‍ना शक्तिशाली कामहरू देखाउनुभयो ।

  • भजन 105:8-9
    2 पदहरू
    76%

    8उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।

    9आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।

  • 25जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 15आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ।

  • 14परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।

  • भजन 103:17-18
    2 पदहरू
    73%

    17तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।

    18तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् ।

  • 50जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ ।

  • 5उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर,

  • भजन 115:11-13
    3 पदहरू
    72%

    11तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।

    12परमप्रभुले हामीलाई ध्‍यान दिनुहुन्छ र हामीलाई आशिष्‌ ‌‌दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ ।

    13उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष्‌ ‌‌दिनुहुनेछ ।

  • भजन 111:9-10
    2 पदहरू
    71%

    9उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्‍नो करार सदाको निम्ति स्‍थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्‍य छ ।

    10परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।

  • 5किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ ।

  • 15सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।

  • 45उहाँले तिनीहरूसँगको आफ्‍नो करारलाई सम्झिनुभयो र आफ्‍नो अटल प्रेमको कारणले नरम हुनुभयो ।

  • भजन 104:27-28
    2 पदहरू
    70%

    27यी सबैले समयमा आफ्‍नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।

    28तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्‍तुष्‍ट हुन्छन् ।

  • 5“त्यससँग मेरो करार जीवन र शान्तिको थियो, र मैले ती तिनीहरूलाई दिएँ । मैले त्यसलाई डर दिएँ, र त्यसले मेरो भय राख्यो, मेरो नाउँको भयमा त्यो उभियो ।

  • भजन 33:18-19
    2 पदहरू
    70%

    18हेर, परमप्रभुको आँखा उहाँको भय मान्‍नेहरूमाथि र उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्नेहरूमाथि रहन्‍छ ।

    19तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍नलाई ।

  • 19उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।

  • 23उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 54त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ ।

  • 11किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्‍वस्‍तता त्‍यति नै महान् छ ।

  • 31यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ, र प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ ।

  • 11परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन् ।

  • 9ए परमप्रभुका पवित्र मानिस हो, उहाँको भय मान । उहाँको भय मान्‍नेहरूलाई कुनै कुराको खाँचो हुँदैन ।

  • भजन 22:25-26
    2 पदहरू
    69%

    25तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्‍नेहरूका सामु म आफ्‍नो भाकल पुरा गर्नेछु ।

    26थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्‍त हुनेछन् । परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् । तिमीहरूका हृदयहरू सदा जीवित रहून् ।

  • 12उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,

  • 9उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।

  • 23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।

  • 40तब म तिनीहरूसित एउटा अनन्त रहने करार बाँध्‍नेछु, जसअनुसार तिनीहरूको भलो गर्नदेखि म तर्कनेछैनँ । तिनीहरू कहिल्यै मबाट तर्केर नजाऊन् भनेर म तिनीहरूका हृदयमा मेरो निम्ति आदर हाल्‍नेछु ।

  • 19तपाईंको आदर गर्नेहरूका निम्‍ति तपाईंले सन्‍चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्‍यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।

  • 40तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको यस देशमा तिनीहरू बस्दा तिनीहरूको जीवनभर तिनीहरू तपाईंदेखि डराऊन् भन्नाका लागि यसै गर्नुहोस् ।

  • 10तिमीहरू खाएर अघाउने छौ, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्यको भन्‍ने छौ ।

  • 18तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्छ । उहाँले नै तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्छ जुन आजको दिनसम्म छ ।

  • 72यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।

  • 4बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो ।

  • 7तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।

  • 31किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन न त नष्‍ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने छ ।

  • 11परमप्रभु आफ्‍ना परमेश्‍वरसँग भाकल गर र ती पुरा गर । उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्‍नुपर्छ ।

  • 9किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ ।

  • 19परमेश्‍वर, जसले अनन्‍तदेखि राज्‍य गर्नुहुन्‍छ उहाँले तिनीहरूका कुरा सुन्‍नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्‍वरको भय मान्दैनन् ।