भजनसंग्रह 118:9

अनलक शाब्दिक बाइबल

कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 31:1 : 1 ¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।
  • भजन 146:3-5 : 3 शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन । 4 जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्‍छ । 5 त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ ।
  • यशा 30:2-3 : 2 तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् । 3 यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ,
  • यशा 30:15-17 : 15 किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ, “फर्कनु र विश्राम गर्नुले तिमीहरू बचाइनेछौ । चुपचाप बस्‍नु र भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ । तर तिमीहरू तत्पर भएनौ । 16 तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् । 17 एक जनाको धम्‍कीले एक हजार जना भाग्‍नेछन् । पाँच जनाको धम्‍कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्‍नेछौ ।
  • यशा 31:8 : 8 अश्शूर तरवारले ढल्‍नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्‍नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।
  • यशा 36:6-7 : 6 हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्‍यसले घोच्‍नेछ र त्‍यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ । 7 तर, “परमप्रभु हाम्रा परमेश्‍वरमा हामी भरोसा गरिरहेका छौं” बनेर तिमी मलाई भन्छौ भने, के त्‍यो उही होइन जसका उच्‍च स्थानहरू र वेदीहरूलाई हिजकियाले हटाएका छन्, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, “तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ”?
  • यहे 29:7 : 7 जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्‍यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।

  • 3शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।

  • भजन 115:9-11
    3 पदहरू
    75%

    9ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।

    10ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।

    11तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।

  • 4परमप्रभुलाई आफ्नो भरोसा बनाउने र घमण्डीहरू वा उहाँबाट झुटतिर लाग्‍नेहरूलाई आदर नगर्ने मानिस धन्यको हो ।

  • 7राजाले परमप्रभुमा भरोसा गर्छन् । सर्वोच्‍चको करारको विश्‍वस्‍तताले तिनी डग्‍नेछैनन् ।

  • 25मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ ।

  • 14तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।”

  • 12हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।

  • 5तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।

  • 11परमेश्‍वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र?

  • 7उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्‍नु उत्तम हुन्छ ।

  • 7कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्‍वरमा पुकारा गर्छौं ।

  • 10सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।

  • 7तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्यको हो, किनकि परमप्रभु नै त्यसको दृढताको कारण हुनुहुन्छ ।

  • 2म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्‍वर जसमा म भरोसा गर्छु ।”

  • भजन 56:3-4
    2 पदहरू
    71%

    3जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु ।

    4परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्‍वरमा मैले आफ्‍नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?

  • 5परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।

  • यशा 26:3-4
    2 पदहरू
    71%

    3तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ ।

    4सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।

  • 1¶ हे परमप्रभु, म तपाईंमा शरण लिन्छु । मलाई कदापि लाजमा नपार्नुहोस् ।

  • 1¶ हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।

  • 19तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।

  • 21हाम्रा हृदयहरू उहाँमा आनन्‍दित हुन्‍छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं ।

  • 1¶ हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् ।

  • भजन 9:9-10
    2 पदहरू
    70%

    9अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्‍टको समयको एउटा शरणस्‍थान हुनुहुनेछ ।

    10तपाईंको नाउँ जान्‍नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्‍नेहरूलाई तपाईंले त्याग्‍नुहुन्‍न ।

  • 8परमप्रभु असल हुनुहुन्छ भन्‍ने कुरा जाँच र हेर । उहाँमा शरण लिने मानिस धन्यको हो ।

  • 8ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ । सेला

  • 26परमप्रभुको भय मान्‍नेसित बढी निश्‍चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।

  • 26किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ ।

  • 1¶ म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्‍न सक्छौ, “चराझैं पहाडतिर भाग्”?

  • 4हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो ।

  • 5धार्मिकताका बलिदानहरू चढाओ र आफ्‍नो भरोसा परमप्रभुमा राख ।

  • 3परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्‍वस्‍ततामा उपभोग गर ।

  • 6व्‍यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु ।

  • 28तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्‍वरको नजिक जाने हो । परमप्रभु परमेश्‍वरलाई मैले आफ्‍नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।

  • 1¶ परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।

  • 2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।

  • 7परमप्रभु असल हुनुहुन्छ, र कष्‍टको समयमा उहाँ बलियो गढ हुनुहुन्छ, र उहाँमा शरण लिनेको निम्ति उहाँ विश्‍वसनीय हुनुहुन्छ ।

  • 30परमेश्‍वरको बारेमा, उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।

  • 1¶ हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्‍ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।

  • 31परमेश्‍वरको सम्‍बन्‍धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।

  • 5तर मैले तपाईंको करारको विश्‍वस्‍ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्‍दित हुन्‍छ ।

  • 11तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।

  • 3फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।

  • 6किनकि म आफ्‍नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ ।