भजनसंग्रह 121:4

अनलक शाब्दिक बाइबल

हेर, इस्राएलको रक्षक न त उँघ्‍नुहुन्छ न त सुत्‍नुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 127:1 : 1 ¶ परमप्रभुले नै घर बनाउनुभएन भने, त्‍यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।
  • भजन 32:7-8 : 7 तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्‍टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ । 8 म तँलाई शिक्षा दिनेछु र तँ हिंड्‍नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्‍टि राखेर म तँलाई शिक्षा दिनेछु ।
  • भजन 27:1 : 1 ¶ परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु?
  • उप 8:16 : 16 बुद्धिलाई जान्‍न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,
  • यशा 27:3 : 3 “म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्‍छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 3उहाँले तिम्रो खुट्टा चिप्‍लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्‍नुहुनेछैन ।

  • भजन 121:5-8
    4 पदहरू
    82%

    5परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ । परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्छ ।

    6दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ ।

    7पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ ।

    8तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ ।

  • भजन 132:3-5
    3 पदहरू
    79%

    3तिनले भने, “म मेरो घरभित्र पस्‍नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,

    4म आफ्‍ना आँखालाई सुत्‍न दिनेछैन न त आफ्‍ना पलकहरूलाई विश्राम दिनेछु,

    5जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”

  • यशा 62:6-7
    2 पदहरू
    76%

    6ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।

    7उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।

  • 4आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे ।

  • 27तिनीहरूका माझमा कोही पनि थाक्‍नेछन् न त ठेस खानेछैन् । कोही पनि निदाउनेछैन न त उँघ्‍नेछन् । न त तिनीहरूका पेटीहरू खुकुला हुनेछन्, न त तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन् ।

  • 3“म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्‍छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।

  • 5म ढल्किन्छु र सुत्छु । म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो ।

  • 9ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।

  • 8तपाईं नै इस्राएलको आशा हुनुहुन्छ, जसले सङ्कष्‍टको समयमा त्यसलाई बचाउनुहुन्छ । पाल टाँग्‍ने र एक रातको निम्ति मात्र बस्‍ने अपरिचित परदेशीजस्तै तपाईं यस देशमा किन बन्‍नुहुन्‍छ?

  • 3तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ ।

  • 4तपाईंले मेरा आँखा खुल्ला राख्‍नुभयो । म बोल्‍नै नसक्‍ने कष्‍टमा थिएँ ।

  • 2परमप्रभुले त्यसलाई सुरक्षित राख्‍नुहुनेछ र त्यसलाई जीवित राख्‍नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।

  • 23हे परमप्रभु, जाग्‍नुहोस्, तपाईं किन सुत्‍नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्‍नुहोस् ।

  • 11किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।

  • 12परमप्रभुले हामीलाई ध्‍यान दिनुहुन्छ र हामीलाई आशिष्‌ ‌‌दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ ।

  • 6आफ्ना छोराछोरीका छोराछोरी हेर्नलाई तिमी बाँच्नेछौ । इस्राएलमा शान्ति होस् ।

  • 33क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले

  • भजन 127:1-2
    2 पदहरू
    69%

    1¶ परमप्रभुले नै घर बनाउनुभएन भने, त्‍यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।

    2बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्‍छ, किनकि परमप्रभुका प्रियजन सुत्‍दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ ।

  • 18किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।

  • 26यसपछि म ब्युँझेँ, र मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ ।

  • 8शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ ।

  • 5हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाई जाग्‍नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्‍ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला

  • 3ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर् ।

  • 3हे परमप्रभु मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस् । मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र म मृत्युमा सुत्‍नेछु ।

  • भजन 125:1-2
    2 पदहरू
    68%

    1¶ परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।

    2जसरी पहाडहरूले यरूशलेमलाई घरेको छ त्यसरी नै परमप्रभुले आफ्ना मानिसहरूलाई अहिले र सदार्वदा घेर्नहुन्छ ।

  • 36यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।

  • 24'परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् ।

  • 6परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।

  • 16त्यसकारण, इस्राएलीहरूले शबाथलाई मान्‍नैपर्छ । एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ ।

  • 9उहाँले हामीलाई जीवितहरूका माझमा राख्‍नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्‍लन दिनुहुन्‍न ।

  • 28के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्‍वर, पृथ्वीको अन्तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न । उहाँको समझको कुनै सिमा छैन ।

  • 10क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले

  • 20सियोन, हाम्रो भोजको सहरलाई हेर । तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्‍नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुडाइन्छ ।

  • 1¶ किनकि सियोनको खातिर चूप लाग्‍नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्‍म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्‍दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन ।

  • 26किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ ।

  • 16त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, “ए सियोन, नडरा । तेरा हात कमजोर हुन नदे ।

  • 5साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए ।

  • 10किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’

  • 15हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ ।”

  • 5गुँडको रक्षा गर्ने चराले झैं परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ । उहाँ यसबाट भएर जानुहुँदा यसको सुरक्षा गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र यसको संरक्षण गर्नुहुनेछ ।

  • 1¶ परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।