भजनसंग्रह 126:2

अनलक शाब्दिक बाइबल

तब हाम्रा मुखहरू हाँसोले र हाम्रा जिब्राहरू गीत भरिएका थिए । तब जातिहरूका माझमा तिनीहरूले भने, “परमप्रभुले तिनीहरूको निम्ति महान् कुराहरू गर्नुभएको छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 8:21 : 21 तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।
  • भजन 71:19 : 19 हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?
  • भजन 106:47-48 : 47 हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं। 48 इस्राएलका परमप्रभु परमेश्‍वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् ।
  • यशा 35:10 : 10 परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्‍ट र सुस्‍केरा भाग्‍नेछ ।
  • यिर्मि 31:12-13 : 12 तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् । 13 तब कन्याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन् । किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु । म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु ।
  • यिर्मि 33:11 : 11 आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्‍नुहुन्छ ।
  • जक 8:22-23 : 22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्! 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
  • रोमी 11:15 : 15 किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र?
  • प्रका 11:15-17 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।” 16 त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे । 17 तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्‍यो, किनकि तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ ।
  • भजन 14:7 : 7 ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।
  • भजन 51:14 : 14 हे मेरा उद्धारका परमेश्‍वर, रक्‍तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्‍ति म काराउनेछु ।
  • भजन 53:6 : 6 इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।
  • गिन 23:23 : 23 याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्‍नुपर्छ, 'हेर, परमेश्‍वरले के गर्नुभएको छ!'
  • यहो 2:9-9 : 9 तिनले भनिन्, “मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन् । 10 तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ । 11 हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ ।
  • यहो 9:9-9 : 9 उनीहरूले तिनलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरको नाउँको कारण तपाईंका दासहरू टाढा देशबाट यहाँ आएका छन् । उहाँको बारेमा र उहाँले मिश्रमा गर्नुभएका सबै कुरा, 10 र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।
  • एज्रा 3:11 : 11 तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्छ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए ।
  • नहे 6:16 : 16 जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्‍वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो ।
  • यशा 49:9-9 : 9 तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्‍नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ । 10 तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्‍नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ । 11 तब आफ्‍ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।” 12 हेर, यिनीहरू टाढाबाट, कोही उत्तर र पश्‍चिमबाट आउनेछन् । अनि अरूचाहिं आश्‍वासनको देशबाट आउनेछन् । 13 ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 126:3-4
    2 पदहरू
    91%

    3परमप्रभुले हाम्रो निम्ति महान् कुरा गर्नुभयो । हामी कति खुसी थियौं ।

    4हे परमप्रभु, नेगेवका नदीहरूझैं हाम्रा सुदिनहरू फर्काउनुहोस् ।

  • 1¶ परमप्रभुले सियोनको सुदिन फर्काउनुहुँदा, हामीलाई सपना देखेजस्तो भयो ।

  • भजन 118:23-24
    2 पदहरू
    74%

    23यो परमप्रभुको काम हो । यो हाम्रा दृष्‍टिमा अचम्‍मको कुरा हो ।

    24यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्‍दित हुनेछौं र खुसी हुनेछौं ।

  • यशा 12:4-5
    2 पदहरू
    73%

    4त्यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्यवाद देऊ र उहाँको नाउँ पुकार । मानिसहरूका माझमा उहाँको कामहरूको घोषणा गर, उहाँको नाउँ उचालिएको छ भनी बताऊ ।

    5परमप्रभुको निम्ति गीत गाओ, किनकि उहाँले महिमित कुराहरू गर्नुभएको छ । यसलाई सारा पृथ्वीभरि प्रकट गरियोस् ।

  • भजन 137:1-4
    4 पदहरू
    73%

    1¶ बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।

    2त्‍यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्‍ना वीणाहरू झुन्डायौं ।

    3हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्‍दै खुसी होओ भने, “हाम्रा निम्ति सियोनका गीतमध्‍ये एउटा गाओ ।”

    4विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं?

  • 3उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो । परमेश्‍वरको प्रशंसा होस् । धेरै जनाले यो देख्‍नेछन्, र उहाँको आदर गर्नेछन् र परमप्रभुमा भरोसा गर्नेछन् ।

  • भजन 124:1-3
    3 पदहरू
    72%

    1¶ अब इस्राएलले भनोस्, “परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,

    2मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,

    3तब हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए ।

  • 9ए यरूशलेमको भग्‍नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।

  • 6हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्‍यस्‍तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्‍ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।

  • 21तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।

  • 4स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।

  • 1¶ तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्‍दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।

  • 4हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।

  • 10परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरका कामहरू बताऔं ।'

  • 6इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।

  • 2इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन् ।

  • 5वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

  • 2जातिहरूले किन यसो भन्‍ने, “तिनीहरूका परमेश्‍वर कहाँ छ?”

  • भजन 124:5-6
    2 पदहरू
    70%

    5तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।”

    6परमप्रभुको प्रशंसा होस्, जसले हामीलाई तिनीहरूको दाँतले धुजाधुजा हुन दिनुभएको छैन ।

  • 7ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।

  • भजन 123:3-4
    2 पदहरू
    70%

    3हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौं ।

    4अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्दा पनि धेरै हामी भएका छौं ।

  • 8तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ ।

  • 47हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।

  • भजन 100:1-2
    2 पदहरू
    70%

    1¶ हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।

    2खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।

  • 16जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्‍वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो ।

  • 2म परमप्रभुको प्रशंसा गर्नेछु । थिचोमिचोमा परेकाहरूले सुनून् र आनन्‍दित होऊन् ।

  • 15यस्ता आशिष्‌ले आशिषित्‌ ‌‌भएका मानिस धन्यको होऊन् । यस्‍ता मानिसहरू धन्‍यका हुन् जसका परमेश्‍वर परमप्रभु हुनुहुन्छ ।

  • 11तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।

  • भजन 98:1-2
    2 पदहरू
    69%

    1¶ परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।

    2परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।

  • 21ए देश, नडरा, रमाहट गर र आनन्दित हो, किनकि परमप्रभुले महान् काम गर्नुहुनेछ ।

  • 4किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।

  • 11आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस् ।

  • 1¶ ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार ।

  • 11परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् ।

  • 14ए सियोनकी छोरी, गा! इस्राएल, उच्‍च सोरमा करा । यरूशलेमकी छोरी आनन्दित हो र आफ्नो सारा हृदयले रमाहट गर् ।

  • 7अरूसँग आफ्‍नो अन्‍न र नयाँ दाखमद्य प्रशस्‍त भएको बेलामा भन्दा धेरै खुसी तपाईंले मेरो हृदयमा दिनुभएको छ ।