भजनसंग्रह 140:5

अनलक शाब्दिक बाइबल

घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 35:7 : 7 विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन् ।
  • भजन 142:3 : 3 मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्‍नुहुन्छ । म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् ।
  • यिर्मि 18:22 : 22 तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।
  • भजन 57:6 : 6 तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्‍टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्‍यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला
  • भजन 119:69 : 69 अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्‍नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।
  • भजन 119:85 : 85 तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् ।
  • भजन 119:110 : 110 दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।
  • भजन 123:3-4 : 3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौं । 4 अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्दा पनि धेरै हामी भएका छौं ।
  • भजन 141:9-9 : 9 तिनीहरूले मेरो निम्‍ति राखेका पासोहरूबाट, दुष्‍ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् । 10 म भागेर बाँच्‍दा दुष्‍टहरू आफ्नै पासोहरूमा फसून् ।
  • अय्यू 18:9 : 9 पासोले त्यसलाई कुर्कुच्‍चोमा समात्‍ने छ । जालले त्यसलाई पसाउनेछ ।
  • भजन 10:4-9 : 4 दुष्‍ट मानिसको मुहार अहङ्कारपूर्ण छ । त्यसले परमेश्‍वरलाई खोज्‍दैन । त्यसले परमेश्‍वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्‍तै गर्दैन । 5 त्यो हर समय ढुक्‍क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्‍च छन् । त्यसले आफ्‍ना सबै शत्रुलाई घृणा गर्छ । 6 त्यसले आफ्‍नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्‍नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्‍नेछैन ।” 7 त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ । 8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्‍त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ । 9 सिंह झाडीमा लुकेझैं त्यो गुप्‍तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्‍छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ । 10 त्यसका पन्‍जामा परेकाहरूलाई टेकिन्‍छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् । 11 त्यसले आफ्नो मनमा भन्छ, “परमेश्‍वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्‍नुहुन्‍छ । उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।” 12 हे परमप्रभु, उठ्‍नुहोस्! हे परमेश्‍वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
  • भजन 17:8-9 : 8 आफ्‍नो आँखाको नानीलाई झैं मेरो सुरक्षा गर्नुहोस् । आफ्‍नो पखेटाको छायामुनि मलाई लुकाउनुहोस् । 9 मलाई आक्रमण गर्ने व्‍यक्‍तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट । 10 तिनीहरूले कसैलाई दया गर्दैनन् । तिनीहरूका मुखहरूले घमण्डसाथ बोल्छन् । 11 तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्‍नलाई तिनीहरूले आफ्‍ना आँखा लगाउँछन् । 12 तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन् । 13 हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्‍टबाट बचाउनुहोस् ।
  • भजन 31:4 : 4 तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।
  • लू 11:53-54 : 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे । 54 तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।
  • लू 20:20-23 : 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए । 21 उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ । 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?” 23 येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो,
  • भजन 36:11 : 11 अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्‍टका हातले मलाई खेद्‍न नदिनुहोस् ।
  • नीति 29:5 : 5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।
  • यिर्मि 18:18 : 18 त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”
  • यिर्मि 18:20 : 20 म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्‍टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्‍यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला

  • भजन 141:9-10
    2 पदहरू
    82%

    9तिनीहरूले मेरो निम्‍ति राखेका पासोहरूबाट, दुष्‍ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् ।

    10म भागेर बाँच्‍दा दुष्‍टहरू आफ्नै पासोहरूमा फसून् ।

  • 85तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् ।

  • भजन 140:3-4
    2 पदहरू
    80%

    3सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्‍छ । सेला

    4हे परमप्रभु, मलाई दुष्‍टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्‍ने योजना बनाउँछन् ।

  • 10उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्‍नेछ ।

  • 14हे परमेश्‍वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्‍मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्‍तै गर्दैनन् ।

  • 3हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।

  • भजन 35:7-8
    2 पदहरू
    77%

    7विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन् ।

    8विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्‍यसमा तिनीहरू नै फसून् ।

  • 15जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।

  • 22तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

  • 3मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्‍नुहुन्छ । म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् ।

  • 110दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।

  • 3किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन् । सेला

  • 2आफ्‍नो अहङ्कारको कारणले दुष्‍ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।

  • 4तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।

  • 12मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।

  • भजन 56:5-6
    2 पदहरू
    75%

    5दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन् ।

    6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।

  • 11तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्‍नलाई तिनीहरूले आफ्‍ना आँखा लगाउँछन् ।

  • 26किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन् ।

  • 5चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्‍यो ।

  • 9काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।

  • विलाप 1:13-14
    2 पदहरू
    75%

    13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।

    14मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।

  • 9मलाई आक्रमण गर्ने व्‍यक्‍तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट ।

  • 11उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।

  • 78घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्‍यान गर्नेछु ।

  • 16किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् ।

  • 6चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे ।

  • 5तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला

  • 51घमण्डीहरूले मेरो खिसी गरेका छन्, तापनि म तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन ।

  • 11अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्‍टका हातले मलाई खेद्‍न नदिनुहोस् ।

  • 15मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ ।

  • अय्यू 16:10-11
    2 पदहरू
    74%

    10मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।

    11परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ ।

  • 2किनकि हेर, दुष्‍टहरूले आफ्‍ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्‍ना काँडहरू ताँदोमा चढाउँछन् ।

  • अय्यू 30:11-12
    2 पदहरू
    73%

    11किनकि परमेश्‍वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्‍ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् ।

    12मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् । तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्‍ना घेरा-मचान बनाउँछन् ।

  • 20तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।

  • 69अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्‍नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।

  • 10त्यसकारण पासोहरू तपाईंको चारैतिर छन्, र एक्‍कासि आउने डरले तपाईंलाई कष्‍ट दिन्छ ।

  • 9सिंह झाडीमा लुकेझैं त्यो गुप्‍तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्‍छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ ।

  • 6तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्‍त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्‍नेछ ।

  • 16म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।

  • 3मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।

  • 5तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।”

  • 9मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन् । आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।