भजनसंग्रह 148:12

अनलक शाब्दिक बाइबल

जवान पुरुषहरू र जवान स्‍त्रीहरू, वृद्धहरू र बालकहरू दुवैले ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 8:2 : 2 तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्‍त गराउन सक्‍नुहुन्‍छ ।
  • भजन 68:25 : 25 पहिले गायकहरू गए, त्यसपछि वद्यवादकहरू र बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए ।
  • यिर्मि 31:13 : 13 तब कन्याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन् । किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु । म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु ।
  • जक 9:17 : 17 तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले र कन्याहरू नयाँ मद्यले हृष्‍टपुष्‍ट हुनेछन् ।
  • मत्त 21:15-16 : 15 तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए । 16 तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्‍न सक्छौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’?”
  • लू 19:37 : 37 उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।
  • तीत 2:4-6 : 4 तजवान स्‍त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन, 5 शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् । 6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 148:9-11
    3 पदहरू
    85%

    9उहाँको प्रशंसा गर, हे सबै पहाड र डाँडाहरू, फलका रूखहरू र सबै देवदारुहरू हो,

    10जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो ।

    11परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,

  • भजन 148:13-14
    2 पदहरू
    78%

    13तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्‍च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।

    14उहाँले आफ्‍ना सबै विश्‍वासयोग्य जनहरू, इस्राएलीहरू, उहाँका नजिकका सबै मानिसबाट प्रशंसाको निम्‍ति आफ्‍ना मानिसहरूका सिङ खडा गर्नुभएको छ । परमप्रभुको प्रशंसा गर ।

  • भजन 107:31-32
    2 पदहरू
    74%

    31परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

    32तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् ।

  • 1¶ ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार ।

  • भजन 138:4-5
    2 पदहरू
    73%

    4हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् ।

    5वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।

  • 13तब कन्याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन् । किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु । म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु ।

  • 12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।

  • भजन 149:1-3
    3 पदहरू
    73%

    1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।

    2इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन् ।

    3तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।

  • 2माथिल्‍लो र तल्‍लो दर्जाका, गरीब र धनी दुवै एकसाथ ।

  • 22जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।

  • 11अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”

  • भजन 145:11-12
    2 पदहरू
    72%

    11तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्‍नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्‍नेछन् ।

    12तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।

  • 6सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।

  • 6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।

  • 16मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् ।

  • 1¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

  • 4हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।

  • भजन 148:1-2
    2 पदहरू
    71%

    1¶ परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्‍च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।

    2उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर । ए उहाँका सबै फौज हो, उहाँको प्रशंसा गर ।

  • भजन 113:1-2
    2 पदहरू
    71%

    1¶ परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।

    2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।

  • 31स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ ।”

  • 13सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्‍नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए ।

  • भजन 150:1-2
    2 पदहरू
    71%

    1¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।

    2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।

  • जक 8:4-5
    2 पदहरू
    71%

    4सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यरूशलेमका सडकहरूमा फेरि वृद्ध पुरुष र स्‍त्रीहरू हुनेछन्, र हरेक मानिस धेरै वृद्ध भएको हुँदा उसलाई आफ्नो हातमा एउटा लौरो आवश्यक पर्नेछ ।

    5त्यस सहरका सडकहरू खेल्ने केटा-केटीहरूले भरिनेछन् ।

  • भजन 96:11-12
    2 पदहरू
    71%

    11आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस् ।

    12मैदानहरू र त्यसमा भएका सबै थोक आनन्‍दित होऊन् । वनका सबै रूखहरूले आनन्दले कराऊन्,

  • 12तिनीहरूले परमप्रभुलाई महिमा दिऊन् र समुद्र किनारहरूमा उहाँको प्रशंसाको घोषणा गरून् ।

  • 4एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।

  • 13युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।

  • 17तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले र कन्याहरू नयाँ मद्यले हृष्‍टपुष्‍ट हुनेछन् ।

  • 16स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।

  • अय्यू 21:11-12
    2 पदहरू
    71%

    11तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् ।

    12तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् ।

  • 2तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्‍त गराउन सक्‍नुहुन्‍छ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।

  • 3हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।

  • 2उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।

  • 15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।

  • 4ए सर्वोच्‍च स्वर्ग र आकाशमाथिका पानी हो, उहाँको प्रशंसा गर ।