भजनसंग्रह 18:17

अनलक शाब्दिक बाइबल

मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 35:10 : 10 मेरा सबै हाडहरूले भन्‍नेछन्, “हे परमप्रभु, तपाईंझैं को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्‍दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्नेहरूबाट बचाउनुहुन्‍छ?”
  • भजन 142:6 : 6 मेरो पुकारा सुन्‍नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् ।
  • इब्रा 2:14-15 : 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
  • लू 19:14 : 14 तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’
  • एफिसी 6:10-12 : 10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ । 11 परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक । 12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो ।
  • भजन 38:19 : 19 तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।
  • भजन 69:4-9 : 4 विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपालभन्दा धेरै छन् । मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्‍नेहरू शक्तिशाली छन् । मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ । 5 हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् । 6 हे सर्वशक्तिमान् परमप्रभु, मेरो कारणले तपाईंमा आसा राख्‍नेहरू लज्‍जित नहोऊन् । हे इस्राएलको परमेश्‍वर, मेरो कारणले तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून् । 7 तपाईंको खातिर मैले हप्की सहेको छु । मेरो मुहार लाजले ढाकेको छ । 8 मेरा भाइहरूका निम्ति म बिरानो, मेरी आमाका सन्तानहरूका निम्ति विदेशी भएको छु । 9 किनको तपाईंको मन्‍दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ । 10 जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे । 11 जब मैले भाङ्ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनें । 12 सहरको ढोकामा बस्‍नेहरूले मेरो बारेमा कुरा गर्छन् । म जड्याँहाहरूका गीत भएको छु । 13 तर हे परमप्रभु, मेरो प्रर्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ । तपाईंको उद्धारको विश्‍वस्‍ततामा मलाई जवाफ दिनुहोस् । 14 मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् ।
  • भजन 118:7 : 7 परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।
  • २ शमू 22:1 : 1 ¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।
  • २ शमू 22:18 : 18 मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।
  • अय्यू 16:9 : 9 परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।
  • भजन 9:13 : 13 हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।
  • भजन 18:40-41 : 40 मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें । 41 तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
  • भजन 25:19 : 19 मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 22:17-20
    4 पदहरू
    98%

    17उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।

    18मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।

    19मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो ।

    20उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्‍न हुनुभयो ।

  • 16उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो ।

  • भजन 18:18-19
    2 पदहरू
    83%

    18मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।

    19उहाँले मलाई फराकिलो ठाउँमा स्‍वतन्‍त्र राख्‍नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो ।

  • भजन 18:47-48
    2 पदहरू
    82%

    47मेरो निम्ति बदला लिनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।

    48मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।

  • 18मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।

  • 49मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।

  • भजन 18:1-5
    5 पदहरू
    78%

    1¶ हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।

    2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।

    3म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु ।

    4मृत्युका डोरीहरूले मलाई बाँधे र व्‍यर्थका छालहरूले मलाई व्याकुल बनाए ।

    5चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्‍यो ।

  • भजन 18:39-40
    2 पदहरू
    77%

    39किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।

    40मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।

  • भजन 118:13-14
    2 पदहरू
    77%

    13तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।

    14परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।

  • २ शमू 22:2-3
    2 पदहरू
    77%

    2तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।

    3परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्‍तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।

  • 1¶ हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।

  • 4तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।

  • 10तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो ।

  • २ शमू 22:40-41
    2 पदहरू
    76%

    40तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो ।

    41तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।

  • 14मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् ।

  • 9मलाई आक्रमण गर्ने व्‍यक्‍तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट ।

  • 6मेरो पुकारा सुन्‍नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् ।

  • 15मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् ।

  • 7परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।

  • 3किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्‍ने बलियो धरहरा हुनुभएको छ ।

  • 11परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ ।

  • 2तपाईं मेरो करारको विश्‍वस्‍तता र मेरो किल्‍ला हुनुहुन्‍छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्‍छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्‍छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।

  • 9हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु ।

  • 23अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस्?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस्?'

  • 7किनकि उहाँले मलाई हरेक कष्‍टबाट बचानुभएको छ । मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्‍टिले हरेको छ ।

  • 4हे परमेश्‍वर, दुष्‍टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस् ।

  • 35तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।

  • 1¶ हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्‍ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।

  • 5किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।

  • 14मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।

  • 43मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।

  • 18मकहाँ आउनुहोस् र मलाई उद्धार गर्नुहोस् । मेरा शत्रुहरूका कारणले मोल तिरेर मेरो उद्धार गर्नुहोस् ।

  • 3हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।

  • 13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।

  • 13हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।

  • 1¶ हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।

  • 19तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।