भजनसंग्रह 21:11

अनलक शाब्दिक बाइबल

किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्‍छा गरे । तिनीहरूले एउटा षड्यन्त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 2:1 : 1 ¶ जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्?
  • भजन 10:2 : 2 आफ्‍नो अहङ्कारको कारणले दुष्‍ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।
  • यिर्मि 11:18-19 : 18 परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्‍यसैले म यी जान्‍दछु । हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो । 19 म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्‍यसको फलसमेत नष्‍ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”
  • यहे 11:2 : 2 परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यस सहरमा दुष्‍ट्याइँ गर्न षड्‌यन्‍त्र रच्ने र दुष्‍ट योजना बनाउने मानिसहरू यी नै हुन् ।
  • मत्त 2:8 : 8 उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”
  • मत्त 2:16 : 16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
  • मत्त 27:63-64 : 63 तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’ 64 त्यसकारण, तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।”
  • प्रेरि 4:17-18 : 17 तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।” 18 तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।
  • मत्त 26:4-5 : 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे । 5 किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।”
  • भजन 31:13 : 13 किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्‍दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।
  • भजन 35:20 : 20 किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् ।
  • भजन 83:4 : 4 तिनीहरूले भनेका छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्‍ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्‍झना हुनेछैन ।”
  • यशा 7:6-7 : 6 “हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्‍यहाँ हाम्रा राजा बनाऔं ।” 7 परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन,
  • यशा 8:9-9 : 9 मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । 10 योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।
  • मत्त 21:46 : 46 तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भिडसँग डराए ।
  • प्रेरि 5:27-28 : 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
  • मत्त 28:2-6 : 2 हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे । 3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो । 4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए । 5 स्वर्गदूतले ती स्‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ । 6 उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्‍नो धनुमा तान्‍नुहुनेछ ।

  • भजन 140:2-3
    2 पदहरू
    80%

    2तिनीहरूले आफ्‍ना हृदयहरूमा दुष्‍ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्‍चाउँछन् ।

    3सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्‍छ । सेला

  • 2किनकि हेर, दुष्‍टहरूले आफ्‍ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्‍ना काँडहरू ताँदोमा चढाउँछन् ।

  • 10तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ ।

  • 3तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।

  • 15मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्‍त बनाएँ, तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्‌यन्‍त्र रच्‍छन् ।

  • 20किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् ।

  • 11निनवे, तिमीहरूका बिचमा कोही खडा भयो, जसले परमप्रभुको विरुद्धमा योजना बनायो, र त्यसले दुष्‍टतालाई बढुवा दियो ।

  • भजन 62:3-4
    2 पदहरू
    75%

    3तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्‍न सक्छौ?

    4त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झुटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष्‌ ‌‌दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् । सेला

  • भजन 64:3-5
    3 पदहरू
    75%

    3तिनीहरूले तरवारहरूझैं आफ्‍ना जिब्राहरू धारिला बनाएका छन् । तीता शब्दहरूका काँडहरूले तिनीहरूले लक्षित गरेका छन् ।

    4ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्‍त ठाउँबाट हान्‍न सकून् । अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन् ।

    5तिनीहरूले आफैलाई दुष्‍ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्‍न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?”

  • 2किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ ।

  • 7तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ । अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।

  • 5तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।

  • 14थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् ।

  • 12मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।

  • विलाप 3:60-62
    3 पदहरू
    74%

    60तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ ।

    61हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ ।

    62मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् ।

  • भजन 56:5-6
    2 पदहरू
    74%

    5दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन् ।

    6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।

  • 27हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्‍दछु ।

  • 2आफ्‍नो अहङ्कारको कारणले दुष्‍ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 1¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।

  • 22तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् ।

  • 8खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।

  • 7मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन् । मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्‍याउने आसा गर्छन् ।

  • 20तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।

  • 10हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्‍नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।

  • 73%

    22तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

    23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

  • 20खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।

  • 35तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।

  • 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।

  • 20म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।

  • 12धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ ।

  • 11तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्‍नलाई तिनीहरूले आफ्‍ना आँखा लगाउँछन् ।

  • 3तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।

  • 13त्यसको विरुद्धमा हतियार प्रयोग गर्ने तयारी उहाँले गर्नुहुन्छ । उहाँले आफ्ना वाणहरूलाई अग्‍नीवाण बनाउनुहुन्छ ।

  • 4त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्‍ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।

  • 10किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।

  • 10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्‍नेछन्, र तैंले दुष्‍ट युक्तिहरू रच्नेछस् ।’

  • 16किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।

  • 7तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्‍नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्‍न पार्ने कुरा उहाँको मनमा छ ।

  • 9मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन् । आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।

  • 21तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्‍छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।