भजनसंग्रह 42:6

अनलक शाब्दिक बाइबल

हे मेरो परमेश्‍वर, मेरो प्राण मभित्रै निराश भएको छ, यसकारण यर्दनको भूमिबाट, हेर्मोनका तिन टाकुराबाट र मिसारको डाँडाबाट तपाईंलाई सम्झन्छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 61:2 : 2 मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्‍च चट्टानतिर मलाई लानुहोस् ।
  • २ शमू 17:22 : 22 त्यसपछि दाऊद र तिनीसँग भएका सबै मानिस उठे र तिनीहरूले यर्दन नदी तरे । बिहान उज्‍यालो हुँदासम्मा तीमध्‍ये यर्दन तर्न बाँकी कोही पनि थिएन ।
  • योना 2:7 : 7 जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो ।
  • भजन 43:4 : 4 तब परमेश्‍वरको वेदीमा, मेरो अपार आनन्दमा म परमेश्‍वरकहाँ जानेछु । हे परमेश्‍वर, मेरो परमेश्‍वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु ।
  • व्यव 3:8-9 : 8 त्यस बेला हामीले एमोरीहरूका दुई राजाका हातबाट यर्दन पारिको अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्मको देश कब्जा गर्‍यौँ । 9 (हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्) ।
  • व्यव 4:47-48 : 47 तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे । 48 यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत (अर्थात् हेर्मोन पर्वत) सम्म
  • २ शमू 17:27 : 27 जब दाऊद महनोममा आएका थिए, अम्‍मोनीहरूको रब्बाका नाहाशका छोरा शोबी अनि लो-देबारका अम्‍मीएलको छोरा माकीर र रोगेलिमबाट आएका गिलादी बर्जिल्लैले
  • भजन 22:1 : 1 ¶ हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?
  • भजन 77:6-9 : 6 मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्‍ने कोसिस गरें । 7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन? 8 के उहाँको करारको विश्‍वस्‍तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो? 9 के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला 10 मैले भनें, “यो मेरो कष्‍ट होः हामीप्रति सर्वोच्‍चको दाहिने बाहुलीको परिवर्तन हो ।” 11 तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्‍मका कामहरूका बारेमा म विचार गर्नेछु ।
  • भजन 88:1-3 : 1 ¶ हे परमप्रभु, मेरो उद्धारको परमेश्‍वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु । 2 मेरो प्रार्थना सुन्‍नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् । 3 किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ ।
  • भजन 133:3 : 3 यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्‌— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।
  • मत्त 26:39 : 39 उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”
  • मत्त 27:46 : 46 तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 42:1-5
    5 पदहरू
    83%

    1¶ जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्‍वर, म तपाईंको तृष्णा गर्छु ।

    2परमेश्‍वरको, जीवित परमेश्‍वरको तृष्णा म गर्छु, म कहिले आऊँ र परमेश्‍वरको सामु देखा परू?

    3दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्‍छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”

    4मेरो प्राण खन्याउँदा यी कुराहरू मनमा म याद गर्छुः कसरी म भिडसँग गएँ, अनि उत्सव मनाउने धेरै जनाको भिडसँग आनन्द र प्रशंसाको सोरसँगै परमेश्‍वरको मन्‍दिरमा तिनीहरूलाई डोर्‍याएँ ।

    5ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ ।

  • भजन 42:7-11
    5 पदहरू
    81%

    7तपाईंका झरनाहरूका हल्‍लामा सागरले सागरलाई बोलाउँछ । तपाईंका सबै छाल र तरङ्गहरू ममाथि गएका छन् ।

    8तापनि परमप्रभुले दिनको समयमा आफ्‍नो करारको विश्‍वस्‍ततालाई आज्ञा गर्नुहुनेछ । उहाँको गीत, मेरो जीवनको परमेश्‍वरमा गरेको प्रार्थना रातमा मसँग हुनेछ ।

    9परमेश्‍वर, मेरा चट्टानलाई म भन्‍नेछु, “तपाईंले मलाई किन बिर्सनुभएको छ? शत्रुले थिचेको कारणले मैले किन शोक गर्नुपर्ने?”

    10मेरा हाडहरूमा तरवार परेझैं, मेरा शत्रुहरूले मलाई हप्‍काउँछन्, तिनीहरू सधैं मलाई यसो भन्छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”

    11ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ ।

  • भजन 43:4-5
    2 पदहरू
    78%

    4तब परमेश्‍वरको वेदीमा, मेरो अपार आनन्दमा म परमेश्‍वरकहाँ जानेछु । हे परमेश्‍वर, मेरो परमेश्‍वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु ।

    5ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ ।

  • भजन 143:3-4
    2 पदहरू
    77%

    3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्‍यसले मलाई जमिनमा कुल्चेको छ । त्‍यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्‍न लगाएको छ ।

    4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।

  • योना 2:3-7
    5 पदहरू
    76%

    3तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्‍करणमा नै फाल्‍नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।

    4मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’

    5पानीले मेरा घाँटीसम्म नै भर्‍यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।

    6पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्‍याउनुभयो ।

    7जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो ।

  • 20म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।

  • 2किनकि तपाईं मेरो बलको परमेश्‍वर हुनुहुन्छ । तपाईंले मलाई किन तिरस्‍कार गर्नुभएको छ? मेरो शत्रुको अत्‍याचारको कारणले मैले किन विलाप गर्दै हिंड्नुपर्छ?

  • भजन 77:2-3
    2 पदहरू
    74%

    2मेरो कष्‍टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्‍नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्‍कार गर्‍यो ।

    3मैले सुस्‍केरा हाल्‍दा मैले परमेश्‍वरको बारेमा विचार गरें । म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें । सेला

  • 3मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?

  • 2मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्‍च चट्टानतिर मलाई लानुहोस् ।

  • भजन 143:6-7
    2 पदहरू
    72%

    6म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु । सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ । सेला

    7हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।

  • 14हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?

  • 2म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् ।

  • 1¶ हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?

  • 16यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन् ।

  • विलाप 3:17-18
    2 पदहरू
    71%

    17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।

    18त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”

  • 16अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्‍टका धेरै दिनहरूले मलाई समातेका छन् ।

  • 6तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्‍नुहुन्छ ।

  • भजन 13:1-2
    2 पदहरू
    71%

    1¶ हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ?

    2कहिलेसम्म मैले चिन्‍ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने?

  • 6मेरो सुस्‍केराले म थकित छु । सारा रात आँशुले म आफ्‍नो ओछ्यान भिजाउँछु । म आफ्‍नो पलङ्ग मेरो आँशुले धुन्छु ।

  • 9हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।

  • 3किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ ।

  • 13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।

  • 18मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।

  • 1¶ हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।

  • 6जब आफ्‍नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्‍यान गर्छु ।

  • 4परमप्रभुमा म आफ्‍नो सोर उचाल्‍छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला

  • 5परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । किनकि मेरो आसा उहाँमा राखिएको छ ।

  • 6म कुप्रिन्‍छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्‍छु ।

  • 6मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्‍ने कोसिस गरें ।

  • 16मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्‍लो र कष्‍टमा परेको छु ।

  • 1¶ हे परमेश्‍वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्‍टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु । यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्‍छु ।