भजनसंग्रह 44:4
हे परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् ।
हे परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।
12तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
10जसले राजाहरूलाई उद्धार दिनुहुन्छ, जसले आफ्नो सेवक दाऊदलाई दुष्ट तरवारबाट बचाउनुभयो ।
5तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई धकेल्नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
44मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।
1¶ ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:
14तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।
15आफ्नो महान् शक्तिले तपाईंले आफ्ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्नो विजय दिनुभयो । सेला
8हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । हे याकूबका परमेश्वर, म के भन्दैछु सो सुन्नुहोस् । सेला
1¶ कष्टको दिनमा परमप्रभुले तपाईंलाई सहायता गरून् । याकूबका परमेश्वरको नाउँले तपाईंको सुरक्षा देऊन्
28हे इस्राएल, तेरो परमेश्वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।
6मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्नुहोस् ।”
7हे परमप्रभु मेरा परमेश्वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्नुहुन्छ ।
3किनकि तिनीहरूले आफ्नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।
43मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।
2तपाईं मेरो करारको विश्वस्तता र मेरो किल्ला हुनुहुन्छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।
1¶ हे परमेश्वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्नुहोस् ।
2किनकि तपाईं मेरो बलको परमेश्वर हुनुहुन्छ । तपाईंले मलाई किन तिरस्कार गर्नुभएको छ? मेरो शत्रुको अत्याचारको कारणले मैले किन विलाप गर्दै हिंड्नुपर्छ?
10तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’?
2तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।
3परमेश्वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।
1¶ हे परमप्रभु, तपाईंको बलमा राजा आनन्दित हुन्छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्दित हुन्छन्!
4मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।
28तपाईं मेरो परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्वर हुनुहुन्छ । म तपाईंलाई उच्च पार्नेछु ।
8उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्हरू तपाईंका मानिसहरूमा रहोस् । सेला
5ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
6ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
15हे इस्राएलका परमेश्वर, उद्धारक, साँच्चै तपाईं परमेश्वर हुनुहुन्छ, जसले आफैलाई लुकाउनुहुन्छ ।
2हे मेरो राजा र मेरो परमेश्वर, मेरो पुकाराको सोर सुन्नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।
18किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।
8गिलाद मेरो हो, र मनश्शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
4हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो ।
7सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
6हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।
4किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ ।
20तँ मेरो युद्धको घन, युद्धको लागि मेरो हतियार हो । तँद्वारा नै म जातिहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र राज्यहरूलाई नष्ट पार्नेछु ।
7गिलाद मेरो हो, मनश्शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।
22किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।
1¶ हे परमेश्वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्याय गर्नुहोस् ।
1¶ हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ । तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ ।
48मेरा शत्रहरूबाट म मुक्त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।
14तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ ।”
7किन परमेश्वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
4किनकि तपाईंले मेरो न्यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्नुहोस्!