भजनसंग्रह 45:14

अनलक शाब्दिक बाइबल

बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ । तिनको पछि हिंड्ने कन्यहरूलाई तिमीकहाँ ल्याइनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 5:30 : 30 ‘के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् र? हरेक मानिसको निम्ति एउटा कोख, वा दुईवटा कोख । सीसराको निम्ति रङ्‍गाइएका कपडाहरू, र बुट्टा भएका रङ्‍गाइएका कपडाहरूका लुटहरू, लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्‍गाइएका कपडाहरू?’
  • श्रेष्ठ 1:3-5 : 3 तपाईंको अभिषेकको तेलमा आनन्दप्रद बास्‍ना छ । तपाईंको नाउँ बगिरहने अत्तरझैँ छ । त्यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन् । 4 मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ । प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्यभन्दा उत्तम छ । अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः 5 हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु ।
  • श्रेष्ठ 2:7 : 7 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः
  • श्रेष्ठ 5:8-9 : 8 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूसित वाचा बाँध्छु, कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्‍ने छौ? म प्रेमले बिरामी परेकी छु भनी बताइदिनू । सहरका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः 9 हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन्? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन्, ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ? प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः
  • श्रेष्ठ 6:1 : 1 ¶ यरूशलेमका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिम्रा प्रेमी कहाँ जानुभएको छ? तिम्रा प्रेमी कुनचाहिँ दिशामा जानुभएको छ ताकि हामी तिमीसँगै खोज्न सकूँ? प्रेमिका आफूसित बोल्दैः
  • श्रेष्ठ 6:8 : 8 साठी जना रानी, असी जना भित्रिनी र अनगिन्ती युवतीहरू छन् ।
  • श्रेष्ठ 6:13 : 13 हे सिद्ध प्रेमिका, फर्केर आऊ, फर्केर आऊ । हामीले तिमीलाई एकटक लगाएर हेर्न सकूँ भनेर फर्केर आऊ, फर्केर आऊ । प्रेमिका साथीहरूसित बोल्दैः तिमीहरू किन दुई जना सेनाको बिचमा नाच्छन् जस्तै गरी सिद्ध प्रेमिकालाई एकटक लगाएर हेर्छौ?
  • श्रेष्ठ 8:13 : 13 तिमी बगैँचाहरूमा बस्छ्यौ । मेरा मित्रहरूले तिम्रो सोर सुन्दै छन् । मैले पनि सुन्‍न पाऊँ । प्रेमिका प्रेमीसित बोल्दैः
  • यूह 17:24 : 24 हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्‍ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्‍टिअगि देखि नै प्रेम गर्नुभएको छ ।
  • २ कोरि 11:2 : 2 किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।
  • प्रका 14:1-4 : 1 ¶ मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए । 2 मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो । 3 धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्‍वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो । 4 यिनीहरू जसले आफैलाई स्‍त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्‍वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।
  • निर्ग 28:39 : 39 तैँले मसिनो सुती कपडाबाट लबेदा बनाउनू, र फेटा पनि सुती कपडाबाट नै बनाउनू । पटुकाचाहिँ बुट्टा हाल्नेद्वारा बनाइयोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 15तिनीहरूलाई खुसी र रमाहटले डोर्‍याइनेछन् । तिनीहरू राजाको दरबारभित्र पस्‍नेछन् ।

  • भजन 45:8-13
    6 पदहरू
    84%

    8तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्‍छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ ।

    9राजाकी छोरीहरू तपाईंका आदरनिय स्‍त्रीहरूका माझमा हुन्‍छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्‍छिन् ।

    10हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स ।

    11यसरी राजाले तिम्रो सुन्दरको इच्छा गर्नेछन् । उहाँ तिम्रो मालिक हुनुहुन्छ । उहाँलाई आदर गर ।

    12टुरोसकी छोरी उपहारसहित त्यहाँ हुनेछिन् । मानिसहरूमध्येका धनीहरूले तिम्रो कृपा खोज्‍नेछन् ।

    13दरवारका छोरी सह्रै महिमित छिन् । तिनको पहिरन सुनले बनाइएको छ ।

  • 22उनले आफ्नो ओछ्यानको लागि तन्‍ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् ।

  • 18तब तिनको सेवकले उनलाई बाहिर ल्यायो र उनलाई निकालेपछि ढोका बन्‍द गरिदियो । तामारले धेरै बुट्टादार लुगा लगाइरहेकी थिइन् किनभने राजाका कन्या छोरीहरूले त्यसरी लगाउँछन् ।

  • 11हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।

  • नीति 4:8-9
    2 पदहरू
    72%

    8बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्‍जत गर्ने छ ।

    9बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”

  • एस्थ 2:13-14
    2 पदहरू
    72%

    13एक जना युवती राजाकहाँ जाँदा, स्‍त्री-घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्‍थ्‍यो त्‍यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो ।

    14साँझमा तिनी भित्र जान्‍थिन्, र भोलिपल्‍ट बिहान तिनी दोस्रो स्‍त्री-घरमा फर्केर आउँथिन्, र फर्केर आएकाहरू उपपत्‍नीहरूका निरिक्षक राजाका अधिकारी शाश्गजको अधीनमा रहन्‍थे । राजाले तिनलाई मन पराएर फेरि तिनलाई नबोलाएसम्म तिनी फेरि राजाकहाँ फर्केर जानछैनन् ।

  • 11रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो ।

  • 42यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्‍थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्‍ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए ।

  • नीति 31:24-25
    2 पदहरू
    71%

    24उनले सुती कपडाका वस्‍त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् ।

    25उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्‍न सक्छिन् ।

  • 15आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका र आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका । ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता, बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे, जसको आफ्‍नो देश कल्‍दीया हो ।

  • एस्थ 2:2-3
    2 पदहरू
    70%

    2तब राजाको सेवा गर्ने जवान मानिसहरूले तिनलाई भने, “राजाको लागि सुन्दरी कन्या युवतीहरूको खोजी गर्ने काम होस् ।

    3राजाले शूशनको किल्लाको स्‍त्री-घरमा सबै सुन्दरी कन्या युवतीहरू ल्याउनलाई आफ्नो राज्यका सारा प्रान्तहरूमा अधिकारीहरू नियुक्त गर्ने काम होस् । तिनीहरूलाई स्‍त्रीहरूको निरिक्षक राजाका अधिकारी हेगेको हेरचाहमा राखियोस्, र तिनले उनीहरूलाई आफ्‍ना सिङ्गारका सामानहरू उपलब्ध गराऊन् ।

  • 69%

    10शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ ।

    11हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ । प्रेमिका आफैसित बोल्दैः

  • 8राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्‍त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्‍याइयोस् ।

  • 69%

    8साठी जना रानी, असी जना भित्रिनी र अनगिन्ती युवतीहरू छन् ।

    9तर मेरी ढुकुर्नी, मेरी विशुद्ध एक मात्र छिन् । उनी आफ्नी आमाको एक मात्र छोरी हुन् । उनी आफ्नी आमाले जन्माएकी मनपर्ने छोरी हुन् । युवतीहरूले उनलाई देखे, उनलाई धन्यको भने । रानीहरू र भित्रिनीहरूले पनि उनलाई देखे, र उनको प्रशंसा गरे । रानीहरू र भित्रिनीहरूले भने,

  • यहे 16:10-13
    4 पदहरू
    69%

    10तँलाई बुट्टादार वस्‍त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें ।

    11त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।

    12मैले तेरो नाकमा नत्‍थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ ।

    13यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस्, र तँ रानी भइस्‌ ।

  • 2उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन् । उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन् ।

  • 14उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।

  • 25हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।

  • 4मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ । प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्यभन्दा उत्तम छ । अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः

  • 9यी युवतीले तिनलाई खुसी पारिन्, र उनले तिनको निगाह पाइन् । तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू र उनको खानाको हिस्सा उपलब्ध गराए । तिनले उनको लागि राजदरबारका सात जना सेविका तोकिदिए, र तिनले उनी र उनका सेविकाहरूलाई स्‍त्री-घरको सबैभन्दा राम्रो ठाउँमा सारे ।

  • 18वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् ।

  • व्यव 22:14-15
    2 पदहरू
    68%

    14र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'

    15तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ ।

  • 15फारोका अधिकारीहरूले तिनलाई देखे र फारोको सामु तिनको प्रशंसा गरे र ती स्‍त्रीलाई फारोको घरानामा लगियो ।

  • 1¶ तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।

  • 1¶ प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्‍नझैँ छन् ।

  • 16मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्‍ना ओछ्याएकी छु ।

  • 6ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्‍नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् ।

  • 8तिनलाई मलमलको वस्‍त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्‍त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।

  • 17रानीको यो विषय सारा स्‍त्रीहरूलाई थाहा हुनेछ । यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्‍यवहार गर्ने बनाउनेछ । तिनीहरूले भन्‍नेछन्, 'राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन् ।'

  • 10परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्‍वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे ।

  • 3अनि राजाकहाँ जाऊ र तिनलाई मैले बताएको कुरामा बारेमा बताऊ ।” यसरी उनले राजालाई भन्‍नुपर्ने कुरा योआबले उनलाई भने ।

  • 5कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् ।

  • 4केटी अत्यन्तै सुन्दरी थिइन् । उनले राजाको सेवा गरिन् र तिनको वास्ता गरिन्, तर राजाले उनीसित सहवास गरेनन् ।

  • 3हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।