भजनसंग्रह 45:16
तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ ।
तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।
11परमप्रभुले दाऊदसित पक्का शपथ खानुभयो, एउटा पक्का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्नेछु ।
12तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्नेछन् ।”
17म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन् ।
4“युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
15तिनीहरूलाई खुसी र रमाहटले डोर्याइनेछन् । तिनीहरू राजाको दरबारभित्र पस्नेछन् ।
16तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्वर्य देखून् ।
28तपाईंका सेवकहरूका सन्तानहरू निरन्तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्नेछन् ।”
24धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्न हुने छ ।
25तेरा बुबा र आमा प्रसन्न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।
6आफ्ना छोराछोरीका छोराछोरी हेर्नलाई तिमी बाँच्नेछौ । इस्राएलमा शान्ति होस् ।
11जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।
6म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु । तँबाट राजाहरू उत्पन्न हुनेछन् ।
12जब तेरो दिन पुरा हुने छ र तँ आफ्ना पुर्खाहरूसँग सुत्ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु ।
4वरिपरि चारैतिर हेर् र देख् । तिनीहरू सबै आफै भेला हुन्छन् र तँकहाँ आउँछन् । तेरा छोराहरू टाढाबाट आउनेछन् र तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्याउनेछन् ।
41तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।
17तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।
13अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीलाई सिकाइनेछ । अनि तेरा छोराछोरीका शान्ति महान् हुनेछ ।
25मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।
5परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ ।
12हाम्रा छोराहरू आफ्नो जवान अवस्थाको पूर्ण आकारमा वृद्धि भएका रूखहरूजस्ता र हाम्रा छोरीहरू कुँदिएका कुनामा खम्बाहरूजस्ता, दरबारका जस्तै रूपवती होऊन् ।
6उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्मेका छोराछोरी, अर्थात् आउने पुस्ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्नै सन्ताहरूलाई ती भन्नुपर्छ ।
14परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्ख्या धेरै वृद्धि गरून् ।
8ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्नुहुन्छ ।
7तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्नेछन् ।’”
18तँबाट जन्मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस्— तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्नेछन्' ।”
13म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँभन्दा पहिले राज्य गर्ने शाऊलबाट मेरो आफ्नो करारको विश्वस्तता फिर्ता लिएझैं म ऊदेखि फिर्ता लिनेछैनँ ।
13तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।
3यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।
3हेर, छोराछोरी परमप्रभुबाट प्राप्त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
23राजहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैंले जान्नेछस् । मेरो आशा गर्नेहरू लज्जित हुनेछैनन् ।”
30आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्नेछन् ।
23तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।
6तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।
27मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्ये सबैभन्दा उच्च पारिएको रूपमा पनि त्यसलाई म राख्नेछु ।
8मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
4म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला
19तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।
14हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू जसको समृद्धि यस जीवनमा मात्र छ । तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ । तिनीहरूका धेरै छोराछोरी हुनेछन् र आफ्ना धन आफ्ना छोराछोरीलाई छोड्नेछन् ।
19मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्ने थिएँ ।
10मेरो नाउँको निम्ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’
21ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् ।
21त्यसका सन्तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।
19जस्तो म आज गर्दैर्छु, जीवित व्यक्तिले, केवल जीवित व्यक्तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्वस्तता छोराछोरीलाई भन्छन् ।
9राजाकी छोरीहरू तपाईंका आदरनिय स्त्रीहरूका माझमा हुन्छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्छिन् ।
10हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स ।
3“ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्न सक ।”
6किनकि तपाईंले तिनलाई सदाको आशिष् दिनुहुन्छ । आफ्नो उपस्थितिले आनन्दते तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्छ ।
4एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।