भजनसंग्रह 50:5

अनलक शाब्दिक बाइबल

“मेरा वोश्‍वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 26:28 : 28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ ।
  • १ थेस 3:13 : 13 हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्‍‍कलङ्क बनाऊन् ।
  • इब्रा 9:10-23 : 10 ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो । 11 ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो । 12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो । 13 किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने, 14 झन् कति धेरै ख्रीष्‍टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्‍वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो? 15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून् । 16 किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ । 17 किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन । 18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन । 19 किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के । 20 तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।” 21 यसरी नै, उनले पवित्रस्‍थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के । 22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन । 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो ।
  • इब्रा 12:24 : 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
  • इब्रा 13:20 : 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले,
  • यहू 1:14 : 14 आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ ।
  • निर्ग 24:3-8 : 3 मोशा गएर परमप्रभुका वचनहरू र विधिविधानहरू मानिसहरूलाई सुनाइदिए । सबै मानिसले एकै सोरमा भने, “परमप्रभुले भन्‍नुभएका सबै वचन हामी पालन गर्नेछौँ ।” 4 तब मोशाले परमप्रभुका सबै वचन लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व हुने गरी बाह्रवटा ढुङ्गाका वेदी बनाए । 5 तिनले परमप्रभुका निम्ति केही इस्राएली जवानहरूलाई गोरुको होमबलि र मेलबलि चढाउन पठाए । 6 मोशाले आधा रगत लिएर त्यसलाई कचौरामा हाले । तिनले बाँकी आधा रगत भने वेदीमा छर्के । 7 तिनले करारको पुस्तक लिएर मानिसहरूले सुन्‍ने गरी चर्को सोरमा पढे । तिनीहरूले भने, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी पालन गर्नेछौँ । हामी आज्ञाकारी बन्‍नेछौँ ।” 8 तब मोशाले रगत लिएर त्यसलाई मानिसहरूमाथि छर्के । तिनले भने, “यी सबै वचनसहित तिमीहरूलाई यो प्रतिज्ञा दिएर यो परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारको रगत हो ।”
  • व्यव 33:2-3 : 2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो । 3 वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे ।
  • भजन 30:4 : 4 हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्‍तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
  • भजन 97:10 : 10 तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्‍टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
  • नीति 2:8 : 8 उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ ।
  • यशा 13:3 : 3 मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पुरा गर्न आफ्‍ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।
  • जक 14:5 : 5 अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्‍नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्‍जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्‍नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्‍वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् ।
  • मत्त 24:31 : 31 उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।
  • १ थेस 4:16-17 : 16 प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् । 17 तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
  • २ थेस 2:1 : 1 ¶ अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ,
  • १ कोरि 6:2-3 : 2 के विश्‍वासीहरूले संसारको न्याय गर्छन् भन्‍ने तिमीहरूलाई थाहा छैन? अनि तिमीहरूले संसारको न्याय गर्ने हो भने महत्त्वहीन कुराहरूलाई मिलाउन सक्दैनौ र? 3 के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्‍ने तिमीहरूलाई थाहा छैन? त्यसो भए, यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 50:6-8
    3 पदहरू
    78%

    6आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला

    7“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।

    8तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।

  • 4उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्‍नुहुन्‍छ ।

  • भजन 50:14-15
    2 पदहरू
    73%

    14परमेश्‍वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्‍चमा आफ्नो भाकल पुरा गर ।

    15कष्‍टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”

  • 5हे परमप्रभु, स्वर्गले तपाईंका आश्‍चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ ।

  • भजन 66:15-16
    2 पदहरू
    72%

    15म तपाईंलाई थुमाहरूको सुगन्धित बास्‍नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला

    16हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।

  • 3मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पुरा गर्न आफ्‍ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।

  • 5तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन्, र यसो भन्दै त्‍यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”

  • 25तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्‍नेहरूका सामु म आफ्‍नो भाकल पुरा गर्नेछु ।

  • 5धार्मिकताका बलिदानहरू चढाओ र आफ्‍नो भरोसा परमप्रभुमा राख ।

  • 3पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।

  • 27परमप्रभु परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई ज्‍योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।

  • 22जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।

  • 14परमप्रभुका सबै मनिसको सामु आफ्‍ना भाकलहरू उहाँमा म पुरा गर्नेछु ।

  • यशा 56:7-8
    2 पदहरू
    70%

    7— म आफ्‍नो पवित्र पर्वतमा ल्याउनेछु र मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित बनाउनेछु । तिनीहरूका होमबलिहरू र बलिदानहरू मेरो वेदीमा स्वीकार गरिनेछ । किनकि मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर भनिनेछ,

    8यो इस्राएलबाट बहिष्कृत भएकाहरूलाई भेला पार्नुहुने परमप्रभु परमेश्‍वरको घोषणा हो— तिनीहरूबाहेक अरूलाई पनि म भेला पार्नेछु ।”

  • 19तब तपाईं धार्मिकताको बलिहरूमा, होमबलिहरू र सम्‍पूर्ण होमबलिमा प्रशन्‍न हुनुहुनेछ । तब हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउनेछन् ।

  • 5इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो ।

  • भजन 116:17-18
    2 पदहरू
    70%

    17म तपाईंलाई धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।

    18परमप्रभुका सबै मनिसका सामु म आफ्‍ना सबै भाकलहरू उहाँमा,

  • 11ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।

  • 9कटनी गर्नेहरूले त्‍यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्‍नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”

  • 18नियुक्त गरिएका भोजहरूमा उपस्थित हुन नसकेर शोक गर्नेहरूलाई म भेला गराउनेछु, यसैकारण अबदेखि तँ त्यसको निम्ति शर्ममा पर्नेछैनस् ।

  • 9मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्‍तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्,

  • 23धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्‍यक्‍तिलाई म परमेश्‍वरको उद्धार देखाउनेछु ।”

  • 2तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।

  • 3उहाँले तपाईंका सबै बलिहरू सम्झना गरून् र तपाईंका बलिदान स्वीकार गरून् । सेला

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।

  • 40किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको पहाडको टाकुरामा— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— इस्राएलका जम्‍मै घरानाले त्‍यहाँ मेरो आराधना गर्नेछन् । त्‍यहीं नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्‍दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु ।

  • 1¶ हे सियोनका परमेश्‍वर, हाम्रो प्रशंसाले तपाईंको आसा गर्छ । हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन् ।

  • 14हे मेरा उद्धारका परमेश्‍वर, रक्‍तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्‍ति म काराउनेछु ।

  • 35तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”

  • 14पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।

  • 7तर मेरो बारेमा, तपाईंको महान् करारको विश्‍वस्‍तताको कारणले, म तपाईंको मन्‍दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।

  • 9लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।

  • 7परमप्रभु परमेश्‍वरको सामु शान्त रहो, किनभने परमप्रभुको दिन नजिकै छ । परमप्रभुले बलिदान तयार पार्नुभएको छ र आफ्ना पाहुनाहरूलाई अलग्गै राख्‍नुभएको छ ।

  • 7केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्‍मा पारिनेछन् । नबायोतका भेडाहरूले तेरो आवश्यक्‍ता पुरा गर्नेछन् । तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन् । अनि आफ्‍नो महिमित भवनलाई म महिमित बनाउनेछु ।

  • 15सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ ।

  • 5किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ ।

  • 3मसँगै परमप्रभुको प्रशंसा गर, हामी एकसाथ मिलेर उहाँको नाउँलाई उच्‍च पारौं ।

  • 5विजयमा धर्मीहरू आनन्‍दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।

  • 9तपाईंका पुजारीहरूले इमानदारीताको वस्‍त्र लगाऊन् । तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले कराऊन् ।

  • 4हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्‍तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।

  • 12हे परमेश्‍वर, तपाईंको निम्ति आफ्‍ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु ।

  • 9तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् ।

  • 27जब मानिसहरूबाट म तिनीहरूलाई पुनःस्‍थापित गर्नेछु र तिनीहरूका शत्रुहरूका देशहरूबाट म तिनीहरूलाई भेला गराउनेछु, तब धेरै जातिहरूका नजरमा म आफैंलाई पवित्र देखाउनेछु ।

  • 29तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?'