भजनसंग्रह 59:4

अनलक शाब्दिक बाइबल

म दोषरहित भए तापनि तिनीहरू मतिर झम्टन तयार छन् । जाग्‍नुहोस् र मलाई सहायता गर्नुहोस् र हेर्नुहोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 35:23 : 23 आफैलाई जाग्‍नुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस् । हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।
  • भजन 44:23 : 23 हे परमप्रभु, जाग्‍नुहोस्, तपाईं किन सुत्‍नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्‍नुहोस् ।
  • नीति 1:16 : 16 तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।
  • यशा 51:9 : 9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो?
  • यशा 59:7 : 7 तिनीहरूका पाउहरू दुष्‍टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् ।
  • प्रेरि 23:15 : 15 त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।”
  • रोमी 3:15 : 15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् ।
  • १ शमू 19:12-24 : 12 त्यसैले मीकलले दाऊदलाई झ्यालबाट तल झारिन् । तिनी गए र भागे र बाँचे । 13 मीकलले घरानाको मूर्ती लिइन् र त्‍यसलाई ओछ्यानमा राखिन् । तिनले यसको शिरमा बाख्राको रौं राखिन् र त्‍यसलाई लुगाले छोपिन् । 14 जब शाऊलले दाऊदलाई ल्याउन दूतहरू पठाए, तब तिनले भनिन्, “तिनी बिरामी छन् ।” 15 तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्‍याऊ, ताकि म त्यसलाई मार्नेछु ।” 16 जब दूतहरू हेर्नलाई आए, हेर, शिरमा बाख्राको रौंको सिरानी बनाएको घरानाको मूर्ती ओछ्यानमा थियो । 17 शाऊलले मीकललाई भने, “तैंले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्‍यो?” मीकलले शाऊललाई जवाफ दिइन्, “उहाँले मलाई भन्‍नुभयो, 'मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?'” 18 अब दाऊद भागे र बाँचे, र रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए । त्यसपछि तिनी र शमूएल नैयोतमा बसे । 19 शाऊललाई यसो भनेर खबर गरियो, “हेर्नुहोस्, दाऊद रामाको नैयोतमा छन् ।” 20 तब शाऊलले दाऊदलाई समात्‍न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्‍वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे । 21 जब शाऊललाई यो कुरा भनियो, तब उनले अरू दूतहरूलाई पठाए, र तिनीहरूले पनि अगमवाणी गरे । त्यसैले शाऊलले फेरि पनि तेस्रो पटक दूतहरूलाई पठाए र तिनीहरूले पनि अगमवाणी गरे । 22 त्यसपछि उनी पनि रामामा गए र सेकूमा भएको गहिरो इनारमा आए । उनले भने, “शमूएल र दाऊद कहाँ छन्?” कसैले भन्यो, “हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन् ।” 23 शाऊल रामाको नैयोतमा गए । तब परमेश्‍वरको आत्मा उनीमाथि आउनुभयो र जसै उनी जाँदै थिए, उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे । 24 उनले आफ्ना लुगा फुकाले र शमूएलको सामु अगमवाणी गरे । उनी त्यो दिनभरि र रातभरि नाङ्गै बसे । यसैकारण तिनीहरूले भन्‍छन्, “के शाऊल पनि अगमवक्ताहरूकै माझमा छन्?”
  • भजन 5:6 : 6 तपाईंले झुट बोल्नेहरूलाई नष्‍ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।
  • भजन 35:19 : 19 मेरा छली शत्रुहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् । तिनीहरूका दुष्‍ट योजनाहरू पुरा गर्न तिनीहरूलाई नदिनुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 3हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।

  • 5हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाई जाग्‍नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्‍ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला

  • 6हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्

  • भजन 54:3-4
    2 पदहरू
    75%

    3किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन् । सेला

    4हेर, परमेश्‍वर मेरो सहायक हुनुहुन्छ । मलाई उचाल्‍नुहुने परमप्रभु नै हुनुहुन्छ ।

  • भजन 35:22-24
    3 पदहरू
    74%

    22हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, चूप नलाग्‍नुहोस् । हे परमप्रभु, मबाट टाढा नहुनुहोस् ।

    23आफैलाई जाग्‍नुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस् । हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।

    24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।

  • 6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।

  • 19हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।

  • 6तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्‍टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्‍यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला

  • अय्यू 30:12-13
    2 पदहरू
    73%

    12मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् । तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्‍ना घेरा-मचान बनाउँछन् ।

    13तिनीहरूले मेरो मार्ग नष्‍ट गर्छन् । तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्‍ने कोही छैन ।

  • 1¶ हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।

  • 1¶ हे परमेश्‍वर, मलाई बचाउनुहोस्! हे परमप्रभु, चाँडो आउनुहोस् र मलाई सहायता गर्नुहोस् ।

  • 14हे परमेश्‍वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्‍मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्‍तै गर्दैनन् ।

  • 23हे परमप्रभु, जाग्‍नुहोस्, तपाईं किन सुत्‍नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्‍नुहोस् ।

  • 1¶ हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।

  • 2तपाईंको साना ढाल र ठुला ढाल लिनुहोस्। उठ्नुहोस् र मलाई सहायता गर्नुहोस् ।

  • 16खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्‍टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ?

  • 10किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।

  • 4मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।

  • 13हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।

  • 9मलाई आक्रमण गर्ने व्‍यक्‍तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट ।

  • 71%

    22तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

    23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

  • 8हे मेरो आदरको हृदय, जाग् । हे वीणा र सारङ्गी जाग । बिहान सबेरै म जगाउनेछु ।

  • 10मेरो परमेश्‍वरले मलाई उहाँको करारको विश्‍वस्‍ततासहित भेट्नुहुनेछ । परमेश्‍वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्‍न मलाई दिनुहुनेछ ।

  • भजन 140:4-5
    2 पदहरू
    71%

    4हे परमप्रभु, मलाई दुष्‍टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्‍ने योजना बनाउँछन् ।

    5घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला

  • 3मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।

  • 4तपाईंले मेरा आँखा खुल्ला राख्‍नुभयो । म बोल्‍नै नसक्‍ने कष्‍टमा थिएँ ।

  • 21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।

  • 12हे परमेश्‍वर, मबाट टाढा नहुनुहोस् । हे मेरो परमेश्‍वर, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।

  • 42तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।

  • 9तिनीहरूले मेरो निम्‍ति राखेका पासोहरूबाट, दुष्‍ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् ।

  • 19मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।

  • 19तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।

  • 10मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।

  • 11मबाट टाढा नहुनुहोस्, किनकि कष्‍ट नजिकै छ । मलाई सहायता गर्ने कोही पनि छैन ।

  • 12उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।

  • 5मैले हेरें र सहायता गर्ने कोही एक जना पनि थिएन । सहयता गर्नलाई त्‍यहाँ कोही एक जना पनि नभएको देखेर म छक्‍क परें, तर मेरो आफ्नै हातले मेरो निम्‍ति विजय ल्‍यायो र मेरो कडा रिसले मलाई डोर्‍यायो ।

  • 10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।

  • 7विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन् ।

  • 13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।

  • 59हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।

  • 10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।

  • 4तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।

  • 26हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।

  • 4म आफ्‍नो दायाँतिर हेर्छु र त्‍यहाँ एक जना पनि देख्‍दिनँ जसले मेरो वास्ता गर्छ । म बाँच्‍ने ठाउँ कहीं छैन । मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन ।