भजनसंग्रह 60:12

अनलक शाब्दिक बाइबल

परमेश्‍वरको सहायताले हामी विजयी हुनेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 44:5 : 5 तपाईंद्वारा नै हामी आफ्‍ना शत्रुहरूलाई धकेल्‍नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
  • यशा 63:3 : 3 मैले दाखको कोलमा एक्‍लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्‍नो क्रोधमा तिनीहरूलाई पेलें र आफ्‍नो रिसमा तिनीहरूलाई कुल्चें । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ ।
  • जक 10:5 : 5 युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।
  • मल 4:3 : 3 त्यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • प्रका 19:15 : 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।
  • भजन 118:16 : 16 परमप्रभुको दाहिने बाहुली उच्‍च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।
  • भजन 144:1 : 1 ¶ परमप्रभु मेरा चट्टानको स्‍तुति होस्, जसले युद्ध गर्न मेरा हातहरूलाई र लडन्‍त गर्न मेरा औंलाहरूलाई तालिम दिनुहुन्छ ।
  • यशा 10:6 : 6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
  • गिन 24:18-19 : 18 त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्‍ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्‍नेछ । 19 याकूबबाट एउटा राजा आउने छ जसले शासन गर्ने छ र तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्‍ट पार्ने छन् ।”
  • यहो 1:9 : 9 के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो । नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्‍वर तँसँग हुनुहुन्छ ।
  • यहो 14:12 : 12 यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्‍नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्‍नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।”
  • २ शमू 10:12 : 12 बलियो होओ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरको सहरहरूका हामी आफूलाई बलियो प्रकट गरौं, किनकि परमप्रभुले आफ्‍ना मानिसका निम्‍ति जे असल हुन्‍छ सो गर्नुहुने छ ।”
  • १ इति 19:13 : 13 साहसिलो होऊ! हामी आफ्‍ना मानिस र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहसिलो होऔं, किनकि परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ ।”
  • भजन 18:32-42 : 32 कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ । 33 उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ । 34 युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् । 35 तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ । 36 तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्‍लेका छैनन् । 37 मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें । तिनीहरू नाश नभएसम्म म फर्किनँ । 38 मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् । 39 किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो । 40 मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें । 41 तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन । 42 हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 108:11-13
    3 पदहरू
    93%

    11हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्‍न ।

    12शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहसयता व्यार्थ हुन्छ ।

    13हामी परमेश्‍वरको सहायताले जित्‍नेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।

  • भजन 44:5-8
    4 पदहरू
    82%

    5तपाईंद्वारा नै हामी आफ्‍ना शत्रुहरूलाई धकेल्‍नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।

    6किनकि म आफ्‍नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ ।

    7तर हाम्रो शत्रहरूबाट तपाईंले हामीलाई बाचउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ ।

    8दिनभरि हामीले परमेश्‍वरमा नै गर्व गरेका छौं र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्यवाद दिनेछौं । सेला

  • भजन 60:10-11
    2 पदहरू
    79%

    10तर हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्‍न ।

    11शत्रुका विरुद्धमा हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यार्थको हुन्छ ।

  • 13हे परमप्रभु, आफ्‍नो बलमा उच्‍च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्‍तुति गर्छौं ।

  • 17हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्‍वरचाहिं मेरो उच्‍च धरहरा, करारको विश्‍वस्‍तताको परमेश्‍वर हुनुहुन्छ ।

  • 30किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्‍वरद्वारा म पर्खाल नाघ्‍न सक्छु ।

  • 6हामी सन्तुष्‍ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?”

  • 29किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्‍न सक्छु । मेरा परमेश्‍वरद्वारा नै म पर्खाल नाध्‍न सक्छु ।

  • २ शमू 22:40-41
    2 पदहरू
    72%

    40तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो ।

    41तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।

  • 1¶ परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ ।

  • 12बलियो होओ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरको सहरहरूका हामी आफूलाई बलियो प्रकट गरौं, किनकि परमप्रभुले आफ्‍ना मानिसका निम्‍ति जे असल हुन्‍छ सो गर्नुहुने छ ।”

  • भजन 18:39-40
    2 पदहरू
    71%

    39किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।

    40मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।

  • 13साहसिलो होऊ! हामी आफ्‍ना मानिस र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहसिलो होऔं, किनकि परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ ।”

  • भजन 118:6-7
    2 पदहरू
    71%

    6परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?

    7परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।

  • 10मेरो परमेश्‍वरले मलाई उहाँको करारको विश्‍वस्‍ततासहित भेट्नुहुनेछ । परमेश्‍वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्‍न मलाई दिनुहुनेछ ।

  • 12हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।”

  • 3उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ ।

  • भजन 20:7-8
    2 पदहरू
    70%

    7कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्‍वरमा पुकारा गर्छौं ।

    8तिनीहरू तल झारिनेछन् र ढल्‍नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं ।

  • 16परमप्रभुको दाहिने बाहुली उच्‍च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।

  • 1¶ हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।

  • 3फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।

  • 13तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।

  • 11सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला

  • 7मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ ।

  • 2तपाईं मेरो करारको विश्‍वस्‍तता र मेरो किल्‍ला हुनुहुन्‍छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्‍छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्‍छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।

  • 3किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्‍ने बलियो धरहरा हुनुभएको छ ।

  • 8परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

  • 3परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।

  • 6उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्‍दित भयौं ।

  • २ शमू 22:48-49
    2 पदहरू
    69%

    48उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ जसले मेरो बदला लिनुहुन्‍छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ ।

    49मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।

  • 2मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,

  • 4मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।

  • 11परमेश्‍वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र?

  • 11आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्‍यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”

  • 6हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्‍यस्‍तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्‍ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।

  • 10तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।

  • 47मेरो निम्ति बदला लिनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।

  • 12तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।