भजनसंग्रह 67:4

अनलक शाब्दिक बाइबल

जातिहरू खुसी होऊन् र आनन्दले गाऊन्, किनकि तपाईंले मानिसहरूको न्‍याय सत्यतामा गर्नुहुनेछ र पृथ्वीका जातिहरूमा शासन गर्नुहुनेछ । सेला

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 98:9 : 9 परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
  • प्रेरि 17:31 : 31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
  • रोमी 2:5 : 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
  • रोमी 15:10-11 : 10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।” 11 अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”
  • गलाती 4:27 : 27 किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”
  • प्रका 11:15-17 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।” 16 त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे । 17 तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्‍यो, किनकि तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ ।
  • भजन 138:4-5 : 4 हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् । 5 वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।
  • यशा 24:14-16 : 14 आफ्‍नो सोरलाई तिनीहरूले उचाल्‍नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् । 15 यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँलाई महिमा देओ । 16 हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्‍कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।
  • यशा 42:10-12 : 10 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ र पृथ्वीको अन्‍तिम छेउबाट उहाँको प्रशंसा गाओ । तिमीहरू जो तल समुद्रमा जान्छौ, र त्‍यसमा भएका सबैले, समुद्री किनारहरू र त्‍यहाँ बस्‍नेहरूले । 11 मरुभूमि र सहरहरूले सोर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन्! सेला काबासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् । 12 तिनीहरूले परमप्रभुलाई महिमा दिऊन् र समुद्र किनारहरूमा उहाँको प्रशंसाको घोषणा गरून् ।
  • यशा 54:1 : 1 ¶ “ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ ।
  • यशा 55:4 : 4 हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्‍डरको रूपमा राखेको छु ।
  • उत्प 18:25 : 25 धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?
  • व्यव 32:43 : 43 हे जातिहरू हो, परमेश्‍वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्‍चित्त गर्नुहुने छ ।
  • भजन 2:8 : 8 मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
  • भजन 9:8 : 8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ ।
  • भजन 82:6 : 6 मै भनें, “तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्‍चका छोराहरू हौ ।
  • भजन 96:10-97:1 : 10 जातिहरू माझमा भन, “परमप्रभुले राज्‍य गर्नुहुन्छ ।” संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ । 11 आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस् । 12 मैदानहरू र त्यसमा भएका सबै थोक आनन्‍दित होऊन् । वनका सबै रूखहरूले आनन्दले कराऊन्, 13 परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ । 1 ¶ परमप्रभुले राज्‍य गर्नुहुन्छ । पृथ्‍वी आनन्‍दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 5हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।

  • भजन 67:1-3
    3 पदहरू
    84%

    1¶ परमेश्‍वर हामीप्रति दयालु हुनुभएको होस्, र हामीलाई आशिष्‌‌‌ दिनुभएको होस्, अनि हामीमाथि आफ्‍नो मुहार चम्काउनुभएको होस् । सेला

    2ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्‍ति सबै जातिहरूमा प्रकट होस् ।

    3हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।

  • भजन 96:10-11
    2 पदहरू
    76%

    10जातिहरू माझमा भन, “परमप्रभुले राज्‍य गर्नुहुन्छ ।” संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ ।

    11आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस् ।

  • भजन 72:1-2
    2 पदहरू
    75%

    1¶ हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।

    2तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।

  • 4सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला

  • 9परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।

  • 31स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ ।”

  • 32हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको निम्‍ति गाओ । सेला पमरप्रभुको स्तुति गाओ ।

  • 8उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ ।

  • भजन 66:7-8
    2 पदहरू
    75%

    7उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्‍च नपारून् । सेला

    8हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।

  • 8हे परमेश्‍वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।

  • 1¶ परमप्रभुले राज्‍य गर्नुहुन्छ । पृथ्‍वी आनन्‍दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।

  • 9हे परमेश्‍वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो । सेला

  • भजन 47:7-8
    2 पदहरू
    74%

    7किन परमेश्‍वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।

    8परमेश्‍वरले जातिहरूमा राज्‍य गर्नुहुन्छ । परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।

  • 11तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्‍दित होऊन् ।

  • 6आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला

  • भजन 68:3-4
    2 पदहरू
    73%

    3तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्‍वरको सामु ज्‍यादै खुसी होऊन् । तिनीहरू आनन्‍दित होऊन् र खुसी होऊन् ।

    4परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।

  • भजन 7:7-8
    2 पदहरू
    73%

    7देशहरू तपाईंको वरिपरि भेला हुन्‍छन् । तिनीहरूमाथि फेरि पनि आफ्‍नो उचित स्थान लिनुहोस् ।

    8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु ।

  • 4किनकि तपाईंले मेरो न्‍यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्‍नुहोस्!

  • 4हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।

  • 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ ।

  • 11ताकि मानिसहरूले भन्‍नेछन्, “साँच्‍चै, धर्मी व्‍यक्‍तिको निम्ति इनाम छ । साँच्‍चै, परमेश्‍वर हुनुहुन्छ जसले पृथ्वीको न्याय गर्नुहुन्‍छ ।”

  • 19हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्‍न नपाऊन् । तपाईंको दृष्‍टिमा जातिहरूको न्याय गरियोस् ।

  • 1¶ ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार ।

  • 4राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्‍पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।

  • 7जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।

  • 8हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए ।

  • 15ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।

  • 4तपाईंको खोजी गर्नेहरू आनन्‍दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, “परमेश्‍वरको स्तुति होस् ।”

  • 4हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् ।

  • 2कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला

  • 27पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् ।

  • 2इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन् ।

  • 9तपाईंका पुजारीहरूले इमानदारीताको वस्‍त्र लगाऊन् । तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले कराऊन् ।

  • 24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।

  • 11परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,

  • 1¶ ए धर्मीहरू हो, परमप्रभुमा आनन्‍दित होओ । सोझाहरूले प्रशंसा गर्न सुहाउँछ ।

  • 1¶ हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन्!

  • 4उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्‍नुहुन्‍छ ।

  • 3हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्‍तुति गाउनेछु ।

  • 10धर्मी परमप्रभुको बारेमा खुसी हुनेछ र उहाँमा शरण लिनेछ । हृदयमा सोझा हुने सबै जनाले उहाँमा गर्व गर्नेछन् ।