भजनसंग्रह 68:18

अनलक शाब्दिक बाइबल

तपाईं उच्‍चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 5:12 : 12 उठ, उठ दबोरा! उठ, उठ, एउटा गीत गाऊ! ए बाराक, ए अबीनोअमका छोरा, उठ, र आफ्ना कैदीहरूलाई समाऊ ।
  • भजन 47:5 : 5 परमेश्‍वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ
  • भजन 78:60 : 60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो ।
  • भजन 110:1 : 1 ¶ परमप्रभुले मेरो प्रभुलाई भन्‍नुहुन्छ, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्‍म मेरो दाहिने हातपट्टि बस ।”
  • प्रेरि 1:2-9 : 2 उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो । 3 उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्‍वरको राज्यको बारेमा बताउनु भयो । 4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्यौ 5 कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ । 6 तिनीहरू सँगै भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो?” 7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्‍नुभएको समय र ऋतुहरू जान्‍ने काम तिमीहरूको होइन । 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।” 9 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।
  • प्रेरि 2:4 : 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
  • भजन 24:3 : 3 परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ?
  • यूह 14:23 : 23 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”
  • यूह 16:7 : 7 म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।
  • प्रका 21:3 : 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।
  • यूह 16:13-15 : 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ । 14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ । 15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।
  • भजन 24:7-9 : 7 ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ । ए अनन्त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन् । 8 महिमाको यो राजा को हुनुहुन्छ? परमप्रभु, बलियो र शक्तिशाली । परमप्रभु, युद्धमा शक्तिशाली । 9 ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ । हे अनन्त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन् । 10 महिमाको यो राजा को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाको राजा हुनुहुन्छ । सेला
  • २ इति 6:18 : 18 तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?
  • भजन 7:7 : 7 देशहरू तपाईंको वरिपरि भेला हुन्‍छन् । तिनीहरूमाथि फेरि पनि आफ्‍नो उचित स्थान लिनुहोस् ।
  • कलस्सी 1:18-19 : 18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ । 19 किनकि आफ्ना सारा पूर्णता ख्रीष्‍टमा बास गरेकोमा,
  • कलस्सी 2:3 : 3 ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।
  • कलस्सी 2:9 : 9 किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ ।
  • १ तिमो 1:13-15 : 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ । 14 तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो । 15 यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।
  • तीत 3:3-7 : 3 किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ । 4 तर जब परमेश्‍वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्‍यो, 5 हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो । 6 परमेश्‍वरले हाम्रा उद्धारक येशू ख्रीष्‍टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो । 7 ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्‍का उत्तराधिकारीहरू भयौँ ।
  • इब्रा 1:3 : 3 उहाँ नै परमेश्‍वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
  • इब्रा 4:14 : 14 त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ ।
  • इब्रा 6:20 : 20 मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्‍नुभएको छ ।
  • इब्रा 8:1 : 1 ¶ अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्‍वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।
  • १ पत्रु 3:22 : 22 उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ ।
  • प्रका 1:20-2:1 : 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।” 1 ¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
  • प्रेरि 2:23 : 23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
  • प्रेरि 2:33-41 : 33 यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ । 34 दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस, 35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’ 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो । 37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?” 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।” 40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।” 41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
  • प्रेरि 9:17 : 17 त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”
  • रोमी 5:8 : 8 तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनकि हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो ।
  • १ कोरि 6:9-9 : 9 अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्‍वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, 10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् । 11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्‍वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ ।
  • १ कोरि 15:45-47 : 45 त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो । 46 तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो । 47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
  • २ कोरि 6:16 : 16 र परमेश्‍वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता? त्यसकारण, हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ, जसरी उहाँले भन्‍नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”
  • भजन 132:13-14 : 13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ । 14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।
  • नीति 1:22-23 : 22 “हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ? 23 मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु ।
  • यशा 55:7 : 7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ ।
  • यशा 57:15 : 15 उच्‍च र माथि उचालिले यसो भन्‍नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्‍छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्‍छु ।
  • यहे 48:35 : 35 सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ । त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्यहाँ हुनुहुन्छ ।”
  • मत्त 9:13 : 13 जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीहरूलाई पश्‍चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।
  • मर 16:9 : 9 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
  • लू 24:47 : 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
  • लू 24:49 : 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
  • लू 24:51 : 51 त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
  • यूह 14:16-17 : 16 अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो 17 सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
  • एफिसी 4:8-9 : 8 जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।” 9 “उहाँ उच्‍च स्थानमा जानुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो? 10 उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एफिसी 4:8-10
    3 पदहरू
    82%

    8जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”

    9“उहाँ उच्‍च स्थानमा जानुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो?

    10उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।

  • भजन 68:15-17
    3 पदहरू
    75%

    15बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो ।

    16हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ ।

    17परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।

  • 19परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ । परमेश्‍वर जो हाम्रो उद्धार हुनुहुन्छ । सेला

  • 5परमेश्‍वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ

  • २ शमू 22:49-50
    2 पदहरू
    69%

    49मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।

    50यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।

  • भजन 18:48-49
    2 पदहरू
    69%

    48मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।

    49यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु ।

  • भजन 68:6-7
    2 पदहरू
    68%

    6एक्‍लो व्‍यक्‍तिलाई परमेश्‍वरले परिवार दिनुहुन्छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ । तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन् ।

    7हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्‍थानमा हिंड्‍नुभयो, सेला

  • 13तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।

  • 9हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्‍च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्‍च हुनुहुन्छ ।

  • 7देशहरू तपाईंको वरिपरि भेला हुन्‍छन् । तिनीहरूमाथि फेरि पनि आफ्‍नो उचित स्थान लिनुहोस् ।

  • भजन 68:28-29
    2 पदहरू
    67%

    28हे इस्राएल, तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्‍वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।

    29यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन् ।

  • 6इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।

  • भजन 85:1-2
    2 पदहरू
    67%

    1¶ हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ । तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ ।

    2तपाईंले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुभएको छ । तपाईंले तिनीहरूका सबै पापहरू ढाक्‍नुभएको छ । सेला

  • 35हे परमेश्‍वर, तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ । इस्राएलको परमेश्‍वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ ।

  • 28तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । म तपाईंलाई उच्‍च पार्नेछु ।

  • 34दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस,

  • 1¶ हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।

  • 26सभाहरूमा परमेश्‍वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर ।

  • 39किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।

  • 4पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ ।

  • 11हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्‍न ।

  • 5परमप्रभु उच्‍च पारिनुभएको छ । उच्‍च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।

  • 5हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 9किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्‍चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।

  • 11हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 43मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।

  • 24हे परमेश्‍वर, पवित्र स्थानमा तपाईंको शोभा-यात्रा, मेरो राजा, मेरो परमेश्‍वरको शोभा-यात्रा तिनीहरूले देखेका छन् ।

  • 12तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।

  • 13तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्‍टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो र त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो । सेला

  • 14हे परमेश्‍वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्‍मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्‍तै गर्दैनन् ।

  • 19हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?

  • भजन 68:10-11
    2 पदहरू
    65%

    10तपाईंका मानिसहरू यसमा बसोवास गरे । हे परमेश्‍वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो ।

    11परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।

  • 35तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।

  • 14गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो?

  • 4परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।

  • 2परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्‍य गर्नुहोस् ।

  • 8हे परमेश्‍वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।

  • 9यसैले जसरी आँधी माथि जान्‍छ त्‍यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्‍ने बादलझैं हुनेछन् ।

  • 4धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला

  • 15आफ्नो महान् शक्तिले तपाईंले आफ्‍ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्‍नो विजय दिनुभयो । सेला