भजनसंग्रह 73:26

अनलक शाब्दिक बाइबल

मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्‍वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 18:2 : 2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।
  • भजन 84:2 : 2 परमप्रभुको चोकको निम्‍ति म उत्कट इच्‍छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ ।
  • भजन 16:5-6 : 5 हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्‍नुहुन्छ । 6 रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन् । निश्‍चय नै मनोहर उत्तराधिकार मरै हो ।
  • यशा 40:29-31 : 29 उहाँले थकितहरूलाई बल दिनुहुन्छ । अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ । 30 जवान मानिसहरू पनि थकित र हैरान हुन्‍छन्, अनि जवानहरूले ठेस खान्‍छन् र ढल्‍छन्: 31 तर परमप्रभुमा आशा गर्नेहरूले आफ्‍नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।
  • भजन 40:12 : 12 अनगिन्‍ती कष्‍टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
  • भजन 63:1 : 1 ¶ हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । उत्‍सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्‍खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्‍छ ।
  • विलाप 3:24 : 24 मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।
  • २ कोरि 4:8-9 : 8 हामी सबैतिरबाट कष्‍टित भएका छौँ, तर निराश भएका छैनौँ । 9 हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ । 10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ ।
  • २ कोरि 4:16-18 : 16 त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ । 17 किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ । 18 किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।
  • २ कोरि 12:9-9 : 9 अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु । 10 त्यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।
  • फिलि 1:21 : 21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।
  • २ तिमो 4:6-8 : 6 म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ । 7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु । 8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।
  • २ पत्रु 1:14 : 14 किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्‍ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्‍टले यो मलाई देखाउनुभएको छ ।
  • प्रका 21:3-4 : 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ । 4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
  • प्रका 21:7 : 7 जसले विजय प्राप्‍त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्‍वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
  • भजन 27:14 : 14 परमप्रभुको आसा गर । बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस् । परमप्रभुको आसा गर ।
  • भजन 119:57 : 57 परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु ।
  • भजन 119:81-82 : 81 तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु । 82 तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ?
  • भजन 138:3 : 3 मैले तपाईंलाई पुकारा गरेको दिन तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी बनाउनुभयो र मेरो प्राणलाई बलियो पार्नुभयो ।
  • भजन 142:5 : 5 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ ।
  • अय्यू 13:15 : 15 हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 25स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्‍वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन ।

  • भजन 38:8-10
    3 पदहरू
    78%

    8म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।

    9हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्‍नुहुन्छ र मेरा सुस्‍केराहरू तपाईंबाट लुकाइएका छैनन् ।

    10मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।

  • 24मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।

  • 27तपाईंदेखि टाढा हुनेहरू नष्‍ट हुनेछन् । तपाईंप्रति विश्‍वासयोग्‍य नहुनेहरूलाई तपाईंले नष्‍ट पार्नुहुनेछ ।

  • भजन 31:9-10
    2 पदहरू
    74%

    9हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।

    10किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।

  • 7परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्‍दित हुन्‍छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।

  • 9मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस् ।

  • 9यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु ।

  • 24उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।

  • 28शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।

  • 2परमप्रभुको चोकको निम्‍ति म उत्कट इच्‍छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ ।

  • 18त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”

  • 4सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।

  • 5हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्‍नुहुन्छ ।

  • 4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।

  • 32कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ ।

  • भजन 62:6-7
    2 पदहरू
    71%

    6उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म डग्‍नेछैन ।

    7मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ ।

  • 21किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ ।

  • 33परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ ।

  • भजन 18:1-2
    2 पदहरू
    71%

    1¶ हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।

    2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।

  • 5हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ ।

  • 12के मेरो बल ढुङ्गाहरूका बल हो र? अर्थात् मेरो मासु काँसाबाट बनेको छ?

  • 26यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।

  • 4मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु ।

  • 24ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।

  • 10मैले भनें, “यो मेरो कष्‍ट होः हामीप्रति सर्वोच्‍चको दाहिने बाहुलीको परिवर्तन हो ।”

  • 2तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्‍ले ।

  • भजन 16:1-2
    2 पदहरू
    70%

    1¶ हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।

    2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।

  • 15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।

  • भजन 56:3-4
    2 पदहरू
    70%

    3जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु ।

    4परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्‍वरमा मैले आफ्‍नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?

  • 23उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ ।

  • 19हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।

  • 4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।

  • 1¶ परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।

  • 23तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ ।

  • 4मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।

  • 2हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।

  • 12अनगिन्‍ती कष्‍टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।

  • 1¶ परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ ।

  • 14तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।”

  • 14परमप्रभुको आसा गर । बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस् । परमप्रभुको आसा गर ।

  • 57परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु ।

  • 1¶ परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु?