भजनसंग्रह 75:9

अनलक शाब्दिक बाइबल

तर तपाईंले भन्‍नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्‍वरको स्तुति म गाउनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 9:14 : 14 जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्‍दित हुनेछु ।
  • भजन 40:10 : 10 आफ्‍नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्‍वस्‍तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।
  • भजन 104:33 : 33 आफ्‍नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्‍जेल आफ्‍नो परमेश्‍वरको स्‍तुति गाउनेछु ।
  • भजन 145:1-2 : 1 ¶ हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु । 2 हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 89:1-2
    2 पदहरू
    78%

    1¶ म परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।

    2किनकि मैले भनेको छु, “करारको विश्‍वस्‍तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्‍नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।”

  • 2मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । म रहेसम्म परमप्रभुको प्रशंसा म गर्नेछु ।

  • 33आफ्‍नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्‍जेल आफ्‍नो परमेश्‍वरको स्‍तुति गाउनेछु ।

  • 1¶ हाम्रो बल परमेश्‍वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्‍वरको निम्ति जयजयकार गर ।

  • 18तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्‍यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।

  • 1¶ हरबखत म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा सधैं मेरो मुखमा हुनेछ ।

  • 9हे परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु । दस तारे वीणासँगै म तपाईंको स्‍तुति गाउनेछु,

  • 10उहाँ भन्‍नुहुन्छ, “दुष्‍टहरूका सबै सिङलाई म काट्‍नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”

  • भजन 145:1-2
    2 पदहरू
    73%

    1¶ हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।

    2हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।

  • 17परमप्रभुको न्यायको निम्ति म उहाँलाई धन्यवाद दिनेछु । सर्वोच्‍च परमप्रभुको निम्ति म प्रशंसाको गीत गाउनेछु ।

  • 17म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन् ।

  • 9हे परमप्रभु, म तपाईंलाई मानिसहरूको माझमा धन्यवाद दिनेछु । जातिहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु ।

  • 8तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्‍नो भाकल पुरा गर्न सकौं।

  • 10परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 10परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,

  • भजन 9:1-2
    2 पदहरू
    72%

    1¶ हे परमप्रभु, म तपाईंलाई आफ्‍नो सारा हृदयले धन्यवाद दिनेछु । तपाईंका सबै अचम्‍मका कामहरूको वयान म गर्नेछु ।

    2तपाईंमा म खुसी र आनन्‍दित हुनेछु । हे सर्वोच्‍च, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु ।

  • 30म आफ्‍नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।

  • 12त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन । हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।

  • भजन 71:14-15
    2 पदहरू
    72%

    14तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु ।

    15मैले तपाईंको धार्मिकता र तपाईंको मुक्‍तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्‍नेछ ।

  • 22हे मेरो परमेश्‍वर, तपाईंको सत्‍यताको निम्‍ति वीणा बजाएर म तपाईंलाई धन्‍यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।

  • 22तपाईंको नाउँ म आफ्‍ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु ।

  • 11परमप्रभुको स्‍तुति गाओ, जसले सियोनमा राज्‍य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन ।

  • 49यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु ।

  • 17म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।

  • 16तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्‍टको समय तपाईं मेरो उच्‍च धरहरा र शरणस्थान हुनुभएको छ ।

  • 2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।

  • 1¶ करारको विश्‍वस्‍तता र न्यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्‍तुति गाउनेछु ।

  • 9तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछु । तपाईंका भक्‍तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आसा गर्नेछु, किनकि यो असल हो ।

  • 3किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु ।

  • 5जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”

  • 21मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।

  • 13यसरी हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं । तपाईंको प्रशंसा सबै पुस्तालाई हामी बताउनेछौं ।

  • 50यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।

  • 2तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्‌सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।

  • 20परमप्रभुले मलाई बचाउन लाग्‍नुभएको छ र हामीले परमप्रभुको मन्‍दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।”

  • 3हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्‍तुति गाउनेछु ।

  • 12हे परमप्रभु मेरो परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु ।

  • 3ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा गाउनेछु ।

  • 30गीत गाउँदै म परमश्‍वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्‍च पार्नेछु ।

  • 8किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र ‍यसलाई खन्याउनुहुन्‍छ । निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।

  • 1¶ हे परमेश्‍वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्‍तुति गाउनेछु ।

  • 1¶ आफ्‍नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु ।

  • 16मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।

  • 28तब म तपाईंको न्यायको बारेमा भन्‍नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु ।

  • 14जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्‍दित हुनेछु ।

  • 6तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु ।