भजनसंग्रह 78:9

अनलक शाब्दिक बाइबल

एफ्राइमीहरू धनुले सुसज्‍जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 1:41-44 : 41 तब तिमीहरूले मलाई जवाफ दियौ, 'हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ । हामी माथि उक्लेर लडाइँ गर्ने छौँ, र परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ । तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ । 42 परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।' 43 मैले तिमीहरूलाई यसरी नै भनेँ, तर तिमीहरूले मेरो कुरा सुनेनौ । तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ । तिमीहरू हठी भयौ र त्यस पहाडी देशलाई आक्रमण गर्न गयौ । 44 तर त्यस पहाडी देशमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा आएर तिमीहरूलाई मौरीलाई झैँ लखेटे अनि सेइरदेखि होर्मासम्मै तिमीहरूलाई प्रहार गरे ।
  • यहो 17:16-18 : 16 योसेफका सन्तानहरूले भने, “पहाडी देश हामीलाई पर्याप्‍त हुँदैन । तर बेथ-शान र यसका गाउँहरू अनि यिजरेलको बेँसी दुवैमा बस्‍ने कनानीहरूसँग फलामका रथहरू छन् । 17 त्यपछि यहोशूले योसेफका घराना एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू धेरै सङ्ख्यामा भएका मानिसहरू हौ र तिमीहरूसँग धेरै शक्ति छ । तिमीहरूसँग एक भाग मात्र हुनुहुँदैन । 18 पहाडी देश पनि तिमीहरूको नै हुने छ । तथापि यो जङ्गल हो, तिमीहरूले यसलाई फँडानी गर र यसलाई र यसका टाढा-टाढाको सिमानासम्म अधीन गर । तिमीहरूले कनानीहरूलाई धपाउने छौ, तथापि तिनीहरूसँग फलामका रथहरू छन् र तिनीहरू बलिया छन् ।”
  • न्या 9:28 : 28 एबेदका छोरा गालले भने, “अबीमेलेक को हो, र शकेम को हो, कि हामीले त्यसको सेवा गर्नुपर्ने? के त्यो यरूब-बालको छोरा होइन? के जबूल त्यसको अधिकारी होइन? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने?
  • न्या 9:38-40 : 38 अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्? तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?’ तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड ।” 39 गाल बाहिर निस्के र तिनी शकेमका मानिसहरूका अगि-अगि गए, र तिनले अबीमेलेकसँग युद्ध लडे । 40 अबीमेलेकले तिनलाई खेदे र गाल तिनको सामुबाट भागे । सहरको ढोकामा धेरै जना घाइते भएर मरे ।
  • न्या 20:39 : 39 त्यो चिन्ह पठाएपछि इस्राएलका सेनाहरू युद्धबाट फर्कनुपर्थ्‍यो । बेन्यामीनीहरूले आक्रमण गर्न थाले र तिनीहरूले इस्राएलका तिस जना जति मानिसलाई मारे, र तिनीहरूले भने, “पहिलो युद्धमा झैं तिनीहरू निश्‍चय नै हामीबाट परास्त भएका छन् ।”
  • १ शमू 4:10 : 10 पलिश्तीहरूले यद्ध लडे, र इस्राएल पराजित भयो । हरेक मानिस आफ्नो घर भाग्‍यो र ठुलो नरसंहार भयो । किनकि इस्राएलका तिस हजार पैदल सिपाहीहरू मरे ।
  • १ शमू 31:1 : 1 ¶ यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्‍तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
  • १ इति 12:2 : 2 यिनीहरू धनुहरू बोक्‍थे, अनि घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे । यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए ।
  • भजन 78:57 : 57 तिनीहरू अविश्‍वासयोग्य भए र आफ्‍ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए ।
  • लू 22:33 : 33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 57तिनीहरू अविश्‍वासयोग्य भए र आफ्‍ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए ।

  • 8तब तिनीहरू आफ्‍ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित र विश्‍वासयोग्य थिएनन् ।

  • 10तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।

  • 12किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्‍नो धनुमा तान्‍नुहुनेछ ।

  • 13किनभने मैले यहूदालाई मेरो धनुझैँ बङ्गाएको छु । मैले मेरो तूणलाई एफ्राइमले भरेको छु । ए सियोन, मैले तेरा छोराहरूलाई ग्रीसका छोराहरूको विरूद्ध उक्साएको छु, र सियोन, मैले तँलाई योद्धाको तरवारझैँ बनाएको छु!”

  • 16तिनीहरू फर्कन्छन्, तर म, अर्थात् सर्वोच्‍चतिर भने फर्कंदैनन् । तिनीहरू धोका दिने धनुझैं छन् । आफ्ना जिब्रोको निर्लज्‍जताका कारणले, तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् । मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ ।

  • गिन 1:32-33
    2 पदहरू
    70%

    32योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    33एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।

  • 42यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्‍थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।

  • 12तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।

  • नहे 9:16-17
    2 पदहरू
    69%

    16तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।

    17तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन ।

  • 1¶ एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।

  • 15किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।

  • 9“ए इस्राएल, तैंले गिबाको दिनदेखि नै पाप गरेको छस् । तँ अहिले त्‍यहाँ नै बसेको छस् । के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र?

  • 30एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्‍ना पिताका परिवारमा प्रसिद्ध थिए ।

  • न्या 12:4-5
    2 पदहरू
    69%

    4यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गराए र एफ्राइमको विरुद्ध युद्ध लडे । गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने, “तिमीहरू, गिलादीहरू एफ्राइम— एफ्राइम र मनश्शेमाबाट भागेर गएकाहरू हौ ।”

    5गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे । जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्,” गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइनँ” भन्यो भने,

  • 9न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु ।

  • 10इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।

  • 6त्यसैले फौज गाउँमा इस्राएलको विरुद्ध लड्न गए । लडाइँ इफ्राइमको जङ्गलमा फैलियो ।

  • 14एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ । यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्‍यसैलाई फर्काउनुहुनेछ ।

  • 4शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर-पेटीझैं लगाउँछन् ।

  • 9त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए ।

  • 17मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।

  • 17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”

  • 6ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।

  • 27किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे ।

  • 21मनश्‍शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्‍शेलाई भस्म गर्नेछ । तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।

  • 13मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्‍या गर्नेछ ।”

  • 10यसैले एफ्राइमबाट आफूकहाँ आएका फौजलाई अमस्‍याहले अलग गरे । तिनीहरूलाई तिनले फेरि घर पठाइदिए । यसैले यहूदाप्रतिको तिनीहरूको क्रोध धेरै भयो, र रीसले चूर भएर तिनीहरू घर फर्के ।

  • 22एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे ।

  • 9गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।

  • 22जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्‍तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे ।

  • 14जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्‍नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्‍ना तुरहीहरू फुके ।

  • 5म यहाँ के देख्दैछु? तिनीहरू त्रासले भरिएका छन्, र टाढा भाग्दैछन्, किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन् । सुरक्षाको लागि तिनीहरूको भाग्दैछन्, र पछाडि फर्केर हेरिरहेका छैनन् । त्रास चारैतिर छ, यो परमप्रभुको घोषणा हो—

  • 7मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्‍चित गरेका छन् । तिनीहरूले सर्वोच्‍चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन ।

  • 66उहाँले आफ्‍ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो ।

  • 13तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।

  • 2यिनीहरू धनुहरू बोक्‍थे, अनि घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे । यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए ।

  • 34इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्मान गर्न सम्‍झेनन्, जसले तिनीहरूलाई आफ्‍ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो ।

  • 39यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।

  • 7अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!