भजनसंग्रह 87:5

अनलक शाब्दिक बाइबल

सियोनको बारेमा यसो भनिनेछ, “यिमध्‍ये हरेक त्‍यहाँ जन्मेका थियो । अनि सर्वोच्‍चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 48:35 : 35 सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ । त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्यहाँ हुनुहुन्छ ।”
  • यूह 1:12-14 : 12 तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो । 13 यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्‍मेका थिए, तर परमेश्‍वरबाट जन्‍मेका थिए । 14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
  • यूह 3:3-5 : 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।” 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त? 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन ।
  • रोमी 8:31 : 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
  • गलाती 3:26-28 : 26 किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ । 27 तिमीहरूमध्ये सबै जतिको ख्रीष्‍ट येशूमा बप्‍तिस्मा भयो, तिमीहरू आफैँले ख्रीष्‍टलाई पहिरिएका छौ । 28 अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्‍का, न पुरुष छ न स्‍त्री, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एक हौ ।
  • इब्रा 11:32-12:2 : 32 अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन । 33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए । 34 तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए । 35 स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे । 36 अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे । 37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो । 38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो । 39 यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन् । 40 हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो । 1 ¶ यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ । 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
  • १ पत्रु 1:23-24 : 23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट । 24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”
  • इब्रा 12:22-24 : 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ । 23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ । 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
  • मत्त 16:18 : 18 म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् ।
  • भजन 48:8 : 8 सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्‍वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला
  • यशा 44:4-5 : 4 तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् । 5 कसैले भन्‍नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्‍नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
  • यशा 60:1-9 : 1 ¶ उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ र परमप्रभुको महिमा तँमाथि उदाएको छ । 2 पृथ्वीलाई अँध्यारोले र जातिहरूलाई बाक्‍लो अँध्यारोले ढाके तापनि, परमप्रभु तँमाथि उदाउनुहुनेछ र उहाँको महिमा तँमा देखिनेछ । 3 जातिहरू तेरो प्रकाशमा आउनेछन् र राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन् । 4 वरिपरि चारैतिर हेर् र देख् । तिनीहरू सबै आफै भेला हुन्छन् र तँकहाँ आउँछन् । तेरा छोराहरू टाढाबाट आउनेछन् र तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्‍याउनेछन् । 5 तब तैंले हेर्नेछस्, प्रज्वलित हुनेछस्, तेरो हृदय आनन्‍दित हुनेछ र भरिएर पोखिनेछ, किनभने समुद्रको प्रशस्‍तता तँलाई खन्याइनेछ र जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन् । 6 ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्‍नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् । 7 केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्‍मा पारिनेछन् । नबायोतका भेडाहरूले तेरो आवश्यक्‍ता पुरा गर्नेछन् । तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन् । अनि आफ्‍नो महिमित भवनलाई म महिमित बनाउनेछु । 8 बादलझैं र ढुकुरहरू आफ्‍ना गुँडहरूमा गएझैं उड्ने यी को हुन्? 9 समुद्र किनारहरूले मेरो खोजी गर्छन् । टाढाबाट परमप्रभु तिमीहरूका परमेश्‍वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्‍व गर्छन्, किनभने उहाँले तँलाई इज्‍जत गर्नुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्‍नुहुन्छ, “यो त्‍यहाँ जन्मेको थियो ।” सेला

  • भजन 87:1-4
    4 पदहरू
    82%

    1¶ उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।

    2याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।

    3हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला

    4“मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्‍नेछन् 'यो त्यहाँ जन्मियो' ।”

  • 16परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ ।

  • 5परमप्रभु उच्‍च पारिनुभएको छ । उच्‍च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।

  • भजन 132:13-14
    2 पदहरू
    69%

    13निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।

    14“यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।

  • 5परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌‌‌ देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्‍वृद्धि देख्‍न सक्‍नेछौ ।

  • 2उहाँको पाल शालेममा छ । उहाँको बासस्‍थान सियोनमा छ ।

  • 35किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।

  • भजन 2:6-7
    2 पदहरू
    68%

    6“मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”

    7परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।

  • 21सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • भजन 48:2-3
    2 पदहरू
    67%

    2महान् राजाको सहरको उत्तरमा अवस्‍थित सियोन पर्वत उच्‍च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।

    3त्‍यसका दरबारहरूमा परमेश्‍वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।

  • 27मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्‍च पारिएको रूपमा पनि त्यसलाई म राख्‍नेछु ।

  • 11परमप्रभुको स्‍तुति गाओ, जसले सियोनमा राज्‍य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन ।

  • 2परमप्रभु सियोनमा महान् हुनुहुन्छ । उहाँ सबै जातिभन्दा माथि उचालिनुभएको छ ।

  • 3परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌ ‌‌देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

  • 8यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के देश एकै दिनमा जन्मन्छ? के जाति एकै क्षणमा स्थापित हुन सक्छ? तापनि सियोन प्रसवको वेथामा जाने बित्तिकै, त्यसले आफ्‍ना छोराछोरी जन्माउँछे ।

  • 31तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन् ।

  • 32जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन्? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्‍टमा परेका मानिसहरूले शरण लिनेछन् ।”

  • 1¶ परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।

  • 7म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।

  • 2सुन्दरताको सिद्धता सियोनबाट परमेश्‍वर प्रज्‍वलित हुनुभएको छ ।

  • 12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।

  • 3सियोनमा बाँकी छोडिएकाहरू, र यरूशलेममा रहनेहरू पवित्र भनिनेछन्, हरेक जो यरूशलेममा बसिरहेको भनेर लिखिएको छ ।

  • 2तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।

  • 10परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 16मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।

  • 18यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्‍म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।

  • 5त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ ।

  • 15तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु ।

  • 7तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।

  • 27सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्‍चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।

  • 8ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्‍नुहुन्छ ।

  • 6ए सियोनका बासिन्दाहरू हो, उच्‍च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।

  • 1¶ हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्‍न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?

  • 14तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्‍नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।”

  • 2इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन् ।

  • 2र तपाईंलाई सियोनबाट सहारा दिन पवित्र स्थानबाट सहायता पठाऊन् ।

  • 13तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ ।

  • 17तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।

  • 4म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला

  • 5हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 11अब धेरै जातिहरू तिमीहरूका विरुद्धमा एक भएका छन् । तिनीहरू भन्छन्, ‘त्यसलाई अपवित्र रहन देओ, हाम्रा आँखाले सियोनमाथि नजर लगाइरहून् ।’

  • 10“सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • 18हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्‍ति चिन्हहरू र आश्‍चर्य कामहरू हुन् ।