भजनसंग्रह 88:4
मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।
मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3किनकि म कष्टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ ।
5म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्छन् ।
6तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्नुहुन्छ ।
10“मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ ।
11मैले भनें परमप्रभुलाई म देख्नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्नेछैन ।
12मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।
3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्यसले मलाई जमिनमा कुल्चेको छ । त्यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्न लगाएको छ ।
4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।
14हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
15मेरो जवान अवस्थादेखि नै म सधैं कष्टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु ।
16तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्दा कामहरूले मलाई नाश पारेका छन् ।
14पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्यो पग्लिन्छ ।
15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
6म कुप्रिन्छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्छु ।
10किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् ।
7हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।
12मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
8तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ ।
19उहाँले मलाई हिलोमा फाल्नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
6उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्न लगाउनुभयो ।
1¶ मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।
4मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’
5पानीले मेरा घाँटीसम्म नै भर्यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।
6पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्याउनुभयो ।
1¶ हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु ।
4म आफ्नो दायाँतिर हेर्छु र त्यहाँ एक जना पनि देख्दिनँ जसले मेरो वास्ता गर्छ । म बाँच्ने ठाउँ कहीं छैन । मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन ।
8म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्केरा हाल्छु ।
3मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें ।
6म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु ।
17किन मैले ठेस खान लागेको छु र म निरन्तर पीडामा छु ।
10मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
4मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।
11मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।
2म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्छन् ।
18त्यसैले म भन्छु, “मेरो धैर्य नष्ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”
3हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्नुभएको छ ।
53तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने,
54अनि मेरो शिर ढाक्ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।”
4किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्यादै गह्रौं भारी हुन् ।
5चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्यो ।
14मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।
16जब हामी धूलोमा फर्कन्छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र?
9मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्यसले तपाईंको विश्वासनीयताको घोषणा गर्छ र?
13मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने,
28अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु ।
6चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे ।
12अनगिन्ती कष्टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
16अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्टका धेरै दिनहरूले मलाई समातेका छन् ।
13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्तमा राख्नुहुन्छ, र त्यहाँ म रहने समय तपाईंले तोक्नुहुन्छ, र मलाई याद गर्नुहुन्छ ।
18किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्वस्तताको आशा गर्दैनन् ।