भजनसंग्रह 89:37

अनलक शाब्दिक बाइबल

आकाशमा विश्‍वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ ।” सेला

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 1:14-18 : 14 परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् । 15 पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो । 16 परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो । 17 पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न 18 परमेश्‍वरले ती आकाशमा राख्‍नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
  • उत्प 9:13-16 : 13 कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ । 14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ 15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन । 16 परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”
  • भजन 72:7 : 7 उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।
  • भजन 104:19 : 19 उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो । सुर्यले आफ्‍नो अस्ताउने समय जान्दछ ।
  • यशा 54:9-9 : 9 किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु । 10 पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।
  • यिर्मि 31:35-36 : 35 परमप्रभु यसो भन्‍नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।” 36 यो परमप्रभुको घोषणा हो, “यी स्थायी थोकहरू मेरो दृष्‍टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 89:33-36
    4 पदहरू
    86%

    33तर त्यसबाट आफ्‍नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्‍वासी हुनेछैन ।

    34म आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।

    35सदाको निम्ति एकै पटक मैले आफ्‍नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः

    36त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।

  • भजन 89:27-30
    4 पदहरू
    81%

    27मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्‍च पारिएको रूपमा पनि त्यसलाई म राख्‍नेछु ।

    28म आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।

    29त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।

    30त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे र मेरा विधिहरूमा हिंडेनन् भने,

  • भजन 89:1-5
    5 पदहरू
    81%

    1¶ म परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।

    2किनकि मैले भनेको छु, “करारको विश्‍वस्‍तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्‍नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।”

    3मैले आफ्‍नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्‍नो दास दाऊदसँग सपथ खाएको छु ।

    4म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला

    5हे परमप्रभु, स्वर्गले तपाईंका आश्‍चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ ।

  • भजन 119:89-90
    2 पदहरू
    77%

    89हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।

    90तपाईंको विश्‍वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ ।

  • 14उसलाई म आफ्‍नो मन्‍दिर र मेरो राज्‍यमाथि सधैंको निम्‍ति राख्‍नेछु, र उसको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थापित हुनेछ ।”

  • 16तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”

  • भजन 132:11-12
    2 पदहरू
    73%

    11परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।

    12तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।”

  • 7आजको दिनसम्‍म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्‍यो भने, म उसको राज्‍य सदासर्वदाको निम्‍ति स्थापित गर्नेछु ।’

  • 2प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।

  • 12उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु ।

  • 7उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।

  • भजन 136:8-9
    2 पदहरू
    73%

    8उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्‍य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

    9रातमा राज्‍य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 7तिनी परमेश्‍वरको सामु सदासर्वदा रहनेछन् ।

  • 8विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।

  • 7तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ ।

  • 69उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।

  • 4परमप्रभुले शपथ खानुभएको छ र बद्‍लिनुहुन्‍नः “सदासर्वदाको निम्‍ति तिमी मल्कीसेदेकजस्‍तै पुजारी हौ ।”

  • 13त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।

  • 38तर तपाईंले इन्कार र अस्वीकार गर्नुभएको छ । आफ्नो अभिषिक्‍त राजासँग तपाईं रिसाउनुभएको छ ।

  • 23यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

  • 5सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।

  • 28तपाईंका सेवकहरूका सन्तानहरू निरन्‍तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।”

  • 45तर राजा सोलोमनचाहिँ आशिषित हुने छन्, र दाऊदको सिंहासन परमप्रभुको सामु सदाको निम्ति स्थापित हुने छ ।”

  • 5म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।'

  • 25त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

  • 6उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित पनि गर्नुभएको छ । उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन ।

  • 12मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।

  • भजन 89:24-25
    2 पदहरू
    70%

    24मेरो सत्यता र मेरो करारको विश्‍वस्‍तता त्यससँग हुनेछ । मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ ।

    25म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु ।

  • 19तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।

  • 11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्‍यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।

  • 6हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।

  • 36यो परमप्रभुको घोषणा हो, “यी स्थायी थोकहरू मेरो दृष्‍टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।”

  • 8तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सधैँभरि रहिरहने छ । तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ ।

  • 52सदासर्वदा परमप्रभुलाई धन्‍यवाद होस् । आमेन र आमेन ।

  • 8सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्‍वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला

  • 3उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।